Posted on by prativanepal
शरद ऋतू ! सफा अकास, स्वछ हावापानी, छंगछंग गर्दै बग्ने नीला नदिनाला, करेसा बारीमा मुस्कुराउँदै फुलेका मखमली र सयपत्रिका रंगिबिरंगी फुलहरु अनी तेस्को मज्जा लिंदै गरेका भमरा र पुतलिहरू/ सेतो कमेरो र रातो माटोले लिपेका घरका भात्ताहरू र हरियो गोबरले लिपेको भुईले घरबस्तीहरु बिबाहमा सिगारियेकी दुलईझै सुन्दर र गमक्क देखिन्छन/ फुलहरु सुगंध छर्नमै मस्त छन, [...]
Filed under: कथा, अनुभव साहित्य | No Comments »
Posted on by prativanepal
—————-स्वर परिक्षा ——–(कथा)
पुरुशोत्तम सुबेदी -बेल्जियम
साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित हुन्छ । लय बिनाको साहित्य बिधा अलिक बेरसिलो हुन्छ । हरेक [...]
Filed under: कथा, अनुभव साहित्य | Comments Off
Posted on by prativanepal
गणतन्त्र
प्राक्रितिक सुन्दरताले भरिपुर्ण रमणिय गाउँमा जन्म लिन पुगेकिमा नदिका सार्है खुशी थिन्।बाल्यकाल कत्ति छिट्टै बिताएर् किशोरावस्थामा पुगिएछ थाहै नभै।हुनत बाबु-आमालाई छोरी कहिले
ठूली होलिन् र हाम्रो साहारा बन्लिन् भन्ने जस्तो लाग्दथ्यो। उनिलाई भने परिवार साथी भाइ लगाएत आफ्ना सम्पूर्ण छर छिमेकको माया पाएर होला आफ्नो दिनहरु छिट्टै [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
इजरायलमय नेपाल……………………………(सत्य घटना)
आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो [...]
Filed under: इजरायल गतिबिधि, कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा–
देशमा जनयूद चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युबा शक्ती बाहिरि रहेको अबस्थामा म पनि खाडिरास्ट्रमै भएपनि जाने सोचमा थिए।यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। “कुवेतमा रोजगार,फ्रि-भिसा अनि इन्टर्भियूमा सेलेक्टभए १५ दिनमा फ्लाईट” के खोज्छस कानो [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
स्मरणः
नयन्द्र चेम्जोङ्ग
मौनावुधुक ३ धनकुटा
हालः तेल अभिव इजरायल ।
मोड
उहिल्यै जंगबहादुर राणाको शासनकालमा एक जना सारै घुस्याहा सुब्बा रहेछ जनता जनार्दनलाई घुस लिएर हैरान पारे पछि धेरै पीडित प्रजाहरु मिलेर सुब्बालाई कारवाही गर्नु पर् यो भनी श्री ३ महाराजाका विन्ति विसाएछन । श्री ३ महाराजाबाट पनि प्रजाको चाहना मुताविक प्रजालाई त्यो सुब्बाको घुस आतँकबाट मुक्त दिलाउन राती तारा [...]
Filed under: कथा, अनुभव साहित्य | No Comments »
Posted on by krishna thapa
प्रकरण १
जनवरी १५ इजरायल तेल अभिभ
कारमेन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा यस्तो लाग्थ्यो भूमध्य सागरको तटीय जलबायुले यसपाली झरीको निम्तो अली छिटो दियो क्यार! (इजरायलमा हिउदमा बर्षा हुन्छ) झरी पर्ने क्रम बढ़दै गए पछि उत्तरी भेग तथा जेरुसलमतिर त तापक्रम शून्य बाट ताल सम्म झर्ने गर्छ। यहाँ [...]
Filed under: कथा, अनुभव साहित्य, कला र शैली, लेख रचना | Comments Off
Posted on by prativanepal
तिमी बाँच्नु पर्थ्यो (कथा)
मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ ? यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको । बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त [...]
Filed under: कथा, अनुभव साहित्य | Comments Off
Posted on by prativanepal
कथा:
बलात्कृत छन् आत्माहरु
-अप्सरा लावती
आज गुरुकुलमा कथा वाचन कार्यक्रम थियो । विशेष साहित्यमा रुची भएकोले दर्शक स्रोताको रुपमा मन्च अगाडि गएर अरु सँगै नारिएर म पनि बसें । नारी सम्बन्धी कथा वाचनमा नारीहरुको मात्र सहभागीता थियो । धेरै जना कथाकारहरुले आआफ्नो कथा वाचनगर्दै जाने क्रम भयो । कार्यक्रम सन्चालकले स्रोताहरुलाई बीचबीचमा सम्बोधन गरिरहिन् । कथा क्रान्तीकारी [...]
Filed under: कथा, अनुभव साहित्य | Comments Off
Posted on by prativanepal
स्मरणः प्रीय वाइद…………॥
नयन्द्र चेम्जोङ्ग
मौना वुधुक ३ धनकुटा
हालः तेल अभिभ इजरायल ।
जुन शुखद भविष्यको अनुभुतीको कल्पना गरेर शुरु गरेको मलेसियाको यात्रा अघिल्लो दिनको कष्टकर यात्राको स्मरणले मेरो मनको अन्तरवेदनामा एउटा पिडादायक यात्राको स्मरणको बावजुद म आफ्नो भावनामा डुवेर वर्तमान र भविष्यको मेरो जीवनको गन्तव्यको योजनाहरु कोर्दै थिए हामीलाई ल्याएर राखिएको घरमा वसेका मान्छेहरुले ूचिया खाने हो [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
कृष्ण बजगाईं
प्रमुख समाचार
- केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
- शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
- धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
- राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
- राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न [...]
Filed under: कथा, अनुभव साहित्य | Comments Off
Posted on by krishna thapa
भत्किएका पत्थरहरु
कृष्ण थापा इजरायल
……।
……। आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचिसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
-प्रभा आचार्य
एकदिन संजोग्बस घरमा पहुनाहरु आए । पाहुनाहरुको लागी पनी खाना पका भनेर सासूले भन्नु भयो मैले खाना थपेर पकाए । ती पाहुनाहरू एक जना हाम्रै अधियार खेती गर्ने धने बिस्वकर्मा दाई र अर्को हाम्रै खेती को जग्गा माँ बसेर हाम्रो लुगा बालिमा सिलाउने सन्त दमाई दाई हुनुहुन्थ्यो । साँझको यस्तै आठ बजेको हुदों होसासूले [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
गैर जिम्मेवार
(गीत)
पुरुशोत्तम सुबेदी -बेल्जियम
नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की ब्रान्डी ।।
———————————————————————————-
कोही झुप्रोमा खोले छैन - कतै भोज भातेर छ -
सधैं धन को पछी कुद्ने - जन ले कसलाइ टेर्छ -
शोषक जती पाखा सरे - मुर्ख अघी सरे -
कायर जती सबै भागे - सत्जन सबै मरे -
बिर्सि [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
- सन्जु बजगाईं ‘नेपाल’
बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुईमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ - फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको - दुवैलाई भित्र डाकें । “बज्यै के पिउने - चिया [...]
Filed under: कथा, अनुभव साहित्य, लेख रचना | Comments Off
Posted on by prativanepal
सस्मरण
लक्की नम्बर ९
नयन्द्र चेम्जोङ
हिजोआज नेपाल चौतारी मासिक पत्रीकाको नियमित प्रकाशनले निकै ब्यस्त पाएको छु मैले म आँफैलाई । पत्रीका बाहेकको काममा प्राय दिनभरी नै कम्प्युटर खोलेर बिभिन्न वेब साइट हरु चाहर्नु नै मेरो दिनचर्या बनेको छ । डिसी नेपाल डट कममा गयर ताजा समाचारहरुको जानकारी, मनोरञ्जन र संगितको आनन्द लिन पाएको क्षण बेलाबेलामा मैले म [...]
Filed under: कथा, अनुभव साहित्य | Comments Off