होली
रंगीन वसंत ऋतूको आगमन संगै आपसी मिलन र सदभावको सन्देश लिएर आउने हाम्रो एक प्रमुख उत्सव होली यसपाली पनि लोला रंग र पिचकारी खेलेर हर्षोल्लासका साथ मनाइदैछ।

किम्वदंती अनुसार हिरण्यकशिपु नामक दैत्यले उनका इश्वरभक्त पुत्र प्रल्हाद लाइ मार्न अनेक उपाय रच्ने क्रममा, ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी उसकी बहिनी “होलिका” लाइ प्रल्हादलाइ लिएर दनदनी आगो बलिरहेको अग्निकुंडमा पस्न लगाउदा, उनी आफै भस्म भएकी थिइन ।
त्यही समय देखि होलिका भस्म भएको दृष्टान्त लाइ असत्य र पापको पराजयको प्रतिकको रुपमा लिई “होली” मनाउने चलन चलेको मान्यता छ यो विशेष उत्सवमा देश विदेशमा रहनु भएका सबै नेपाली हरुलाई हार्दिक शुभकामाना !!ह्याप्पी होली!
इजरायलमा होली

इजरायली हरु पनि होली खेल्दा रहेछन भन्ने भ्रम मा नपर्नु होला यो होली जस्तै “पुरीम” नामको एक विशेष उत्सव हो जसमा केटाकेटी हरु विभिन्न प्रकारका रंगी चंगी वस्त्र लगाएर मनाउने गर्छन, यसले पनि वसंतको आगमनको संकेत गर्छ
पाँचौ साहित्य श्रृंखला अन्तर्गत श्रद्दान्जली सभा सम्पन्न

टोकियो, जनवरी ११
अन्तरराष्ट्रिय साहित्य समाज जापानले पाँचौ साहित्य श्रृंखला अन्तर्गत बरिस्ठ साहित्यकार स्वर्गिय रमेश बिकलको स्मरणमा श्रद्दान्जली सभाको आयोजना गर्यो ।
टोकियोको ओमोरी स्थित सेइयु भवनमा अयोजित उक्त समारोह नेपाली दुताबश टोकियोका उपनियोग प्रमुख तथा साहित्यकार डा.
दुर्गा सुबेदी छेत्री, शान्ती तथा लोकतान्त्रीक नेपाली मन्च जापानका अध्यक्ष भुशण घिमिरे, गैर आवाशिय नेपाली संघ जापानका कोशध्यक्ष शालिकराम भण्डारी, जापान स्थित नेपाली राजनैतीक पार्टीका भात्री संगठनका प्रतिनिधिहरु महेश कुमार श्रेष्ठ(जन संपर्क मन्च), सुर्य प्रशाद पाठक ( नेकपा एमाले प्रबाश कमिटी ), समुद्र पारी वेब पत्रीकाका प्रधान सम्पादक तिलक मल्ल, सितार समाज जापानका सुस्मा ओमाता , माझेरी डट कमका प्रधान सम्पादक कुमार बाबु सिम्खडा, मगर समाजका गम जुग्लाली मगर आदिको आतिथ्यमा मृत आत्माको चीर शान्ती को कामनाकोलागी एक मिनेट मौनधारण गर्दै सुरु भएको थियो ।

समाजका उपाध्क्ष दिनेश ज्ञवालीको सन्चालनमा सम्पन्न उक्त समारोहमा स्थापित र नबोदित सर्जकहरुको उल्लेख्य उपस्थितीबिच साहित्यकार दुबशु क्षत्री,छक्कु उदासी, शशी बिक, सुश्मा ओमाता,भिस्म सुबेदी, देबी बहादुर इङ्नाम, पुस्कर जङ थापा
आदी बाट श्रद्धन्जली रचना सुनाइयो । त्यस्तै गरी प्रकाश पौडेल माइलाले ” जापानी साहित्यमा हाइकु – मानयोशु काब्य सन्कलन देखी माचुओ बाशो सम्म” सिर्शकमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

त्यस्तै प्राप्त श्रद्दान्जली कबितामा साइतामा जापान बाट शोवना शारङी, निहारिका शाही, सन्तोष आचार्य,बेल्जियमबाट उशा गिरी, इज्रायल च्याप्टर बाट सुनिल सँगमको हाइकु तथा शुभकामना सन्देश, अनेसास केन्द्रिय समितीका अध्यक्ष डा. कुमार बस्नेत बाट शुभकामना सन्देशलाई बाचन गरेर सुनाइएको थियो ।

उक्त कार्यक्रममा रमेश बिकलको ब्यक्तित्व र कृतित्वका बारेमा बिभिन्न अतिथी बक्ताहरुले प्रकाश पार्दै कालजयी श्रस्ठाहरु साहित्य मार्फत अजर रहने बताउदै हार्दिक श्राधान्जली ब्यक्त गर्नुभएको थियो । त्यस्तै जापानी कला – साहित्यका नबप्रतिभाहरु तानाका रियुतारो र इवामी आसुकाबाट पनि नेपाली साहित्य र सर्जक बारे शुभकामना तथा श्रधान्जली मन्तब्य ब्यक्त भयो ।
मनिता श्रेष्ठको स्वागत मन्तब्य सँगै उपाध्यक्ष प्रकाश पौडेल माइलाले नागरिक स्तरबाट स्थापित र स्वर्गिय बिकलको अनुदानको भबनमा आरुबारी काठमाडौंमा स्थापित रमेश बिकल साहित्य प्रतिस्ठानलाई एकबद्दता स्वरुप आर्थिक सहयोग गर्ने बताउनु भयो । त्यस्तै अर्का बक्ता देबी इङ्नामले अनेसास जापानको आगामी प्रकाशनलाई रमेश बिकल स्म्रृती अंकका रुपमा तयार गरिने कुरा जानकारी गराउनु भयो । 
कार्यक्रममा महासचिब आलोक चालिसेले साहित्य आम जीबनको लागि भन्ने अती सामान्य तर मनन्योग्य विचारमा आजीवन बाचेँका श्रद्देय रमेश बिकलको बारेमा पारिवारिक सदस्यका नाताले भोगेको ब्यक्तित्व चित्रण गर्दै जीवन कालमा उहाले अफुलाई लेख्नुभएको अती समसामायिक र साहित्यिक भाबनामा बगेको पत्र पढेर सुनाउदा सम्पूर्ण उपस्थित सदस्यहरु अती भाब बिह्वोल हुनु भएको थियो ।

नेपाल दुताबासले गैर राजनैतिक ब्यक्तित्वको नागरिक सम्मन स्वरुप प्रथम पटक शोक पुस्तिका राखेको बताउदै उपनियोग प्रमुख छेत्रीले साहित्य र संस्कृतिको सम्बर्धनका लागि नयाँ कार्यक्रमको साथ् अगाडि बढ्ने पनि बताउनु भयो ।
तीज -
तीज -
सीता बराल
ूरम र झम तीजै आयो भन्छन्
कमाईदेउ राजै शिरफुल ।ू
हीन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकीदै छ । जन्मघरमा चेलीहरु जम्मा भएर वर्ष भरिका पिडा दुःख अनि बचनहरु गीत मार्फत पोखेर मन शान्त पार्ने दिन । तीजको ५ दिन चेलीहरुका लागि माईतको हक लाग्छ पनि भन्ने गरिन्छ ।
अहिलेको तीजको माईत नजाउ पियारी
९ सयको ल्याइदिउला राम्रो साडी
साडी पनि लाउली मीठो मीठो खाउली
तीजको मेला पनि हेर्न जाउली ।
साडी पनि लाईदैन मीठो पनि चाहिदैन
मेरो बाबा लिन आए रोक्न पाईदैन ।
जनै पूर्णिमाको लगत्तै तीजको रन्को छाएको हुन्छ चेलीहरुका मनमा । चेलीहरु माइत जाने तयारी गरिरहेका हुन्छन भने दाजुभाइ दिदीबहिनी लाई लिन जाने समय मिलाईरहेका हुन्छन् । वास्तवमा माइती पक्षले चेलीहरु प्रति गरेको प्रेम यो पर्वले देखाउछ । गाँउ पाखाु पखेरा र मेलापात भरि नै तीजको लयमा गीत गाउदै काम गरिरहेका हुन्छनः-
अरु देशका नारीहरु पुगी सके चँन्दमा
हाम्रेा देशका नारी अझै दारा घाँसमा ।
नबुझेर भन्थ्यौं हामी सिकि्र लाउन पाइएन
दासताको साङ्गो रैछ अब चाहिएन ।
यस्तै प्रकारका नारी स्वतन्त्रताका लागि गीतहरु गाइन्छन । अहिलेको सन्दर्भमा भन्नुपर्दा हामीहरु धेरै स्वतन्त्र छौं । हामीहरु हाम्रो संकुचित समाजबाट टाढा रहेका छौं । अहिले हामीहरु वास्तवमा भन्नेहो भने पर्दा पछाडीको स्वतन्त्र जस्तै भएको अवस्था छ । यस समयमा हामीहरु एकदमै संयमभ एर सोच्नुपर्ने हुन्छ । हाम्रो परिवार र समाजले हामीहरुलाई दिएको स्वतन्त्रताके दुरुपयोग गर्नुहुदैन । चरित्रले संस्कार देखाउछ भने संस्कारले चरित्र सिकाउट । त्यसैले परदेशी भूमीमा भएपनि हामै् गन्तब्य स्थान हाम्रै समाज हो । केहि समय पछि हाम्रो ठांउमा फर्कनु नै पर्छ । हामीहरु जहाँ र जस्तो स्वतन्त्र मुलुकमा भएपनि हाम्रो परिचय र चरित्र हामीसंगै रहेको हुन्छ । त्यसमा हामीले दाग लगाउन दिनुहुदैन । जसलाई विश्वास गरिन्छ त्यसमा अझ बढि जिम्मेवारी थपिएको हुन्छ भनने कहिल्यै नभूलौं । परिवार र समाजको ठूलो विश्वासले हामीहरु यहा सम्म आउन सफल भएका छौं । हाम्रो यहाँको चरित्र र व्यवहारले गर्दा महिलाहरु माथीको हेराइमा धमिलो पद आएर अब आउने दिनहरुमा हामीहरुले पाएको स्वतन्त्रतामा अर्को पिढी प्रति आशंका उत्पन्न भएर पुन बन्देज लगाउने दिन नआओस् ।
मुलुकको हरेक निती निर्माण तहमा समान सहभागिताको लागि महिलालाई ३३ होइन ५० प्रतिशत अधिकार दिइनु पर्छ । ती अधिकार कानुनमा लेखेर मात्र होइन व्यवहारमा पनि कार्वानयन हुनुपर्छ भनेर अधिकार को लडाई लडिरहेका हामी महिलाहरु आर्थिक दृष्टिकोणले मात्र नभई सुरक्षा र लैिगंक दृष्टिकोणले पनि पछाडी परिरहेका छौं ।
हिजो नारीहरुलाई घरको संघार काटेर बाहिर हिडेको र ब्यवहारमा अगाडी बढेको हेर्न नचाहने समाज सति सावित्री सीताको पवित्र चरित्रमा शंका गरेर शरीरमा आगो लगाइएको धार्मिक ईतिहास को छाप हामीहरुबाट धेरै टाढा छैन । आज त्यही समाजले समय दिएर मौका पाएं महिलाहरु पनि केही गरेर देखाउन सक्ने रहेछन् भन्ने विश्वास हामीले हाम्रा पवित्र कर्महरुबाट दिएर अझै स्वतन्त्रताको सिढी थप्न सक्छौं भने अधिकारको तडाईमा पनि सफल हुन सक्छौं ।
हामीहरुको महान पर्व हरितालिका तीजले हामीहरु माथि थपिएको जिम्मेवारी लाई पूर्णता पाओस् । समान अधिकारको हाम्रो लडाईले छिट्टै नै सफलता पाओस् । यहि नै शुभ-कामना छ ।
हरियो चुरीको कमाल
हरियो चुरीको कमाल
तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले तेल अभिभ तखाना अनि पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!
के हो यो हरियो चुरा,कता बाट आयो?
“फेशन नि कता बाट आउछ?आफै निस्केको नि!”छेउ मै बसेकी सुनीता थप्छिन ।
सिंगापुरमा भएका दिदी र भान्जीका लागि हरियो चुरा किन्न आएका प्रवीन र्राईले प्रेमिका सम्भिmए । भन्दैथिए, मैले त गर्ल फ्रेंडलाई अस्तिनै ३ दर्जन चुरा किनेर उपहार दिइसके ।’
त्यस्तै हङकङमा भएका साथीलाई उपहारका लागि किन्न आएकी सरिता मगरले हरियो चुराले टम्म भरिएको हात देखाउ“दै विक्रेता नसिमा खातुनलाई भनिन्- ‘यस्तै चुरी देखाऊ त ।’
१० वर्षो उमेरदेखि चुरी बेच्दै आएकी ४० वषर्ीया खातुनले भन्छिन्, ‘पहिला-पहिला मसिना नानी र विवाह नभएका केटीले कालो चुरा लगाउ“थे भने हरियो र रातो चुरा विवाह भएकाहरूले मात्र । आजकल त बच्चा, जवान र विवाहित सबैले हरियो लगाउ“छन् ।’
साडीमा मात्रै होइन, आधुनिक पहिरनमा समेत चुरी लगाउने चलन छ । टाइट जिन्स पाइन्ट होस् वा मिनिर्स्कर्ट लगाएका युवतीका हातमा हरिया चुरा, के विधि सुहाएको – यो फेसनलाई तपाई के भन्नुहुन्छ – म नराम्रो मान्दिन ।
दाहिने हातमा हरियो र पहेंलो गरी अर्ढाई दर्जन चुरा लगाएकी मञ्जु रेग्मी भन्छिन् ‘बोलबमको भाकल छ त्यसैले हरियोमा पहेंलो मिसाएर लगाएकी ।’ उनकी साथीलाई ब्याइप|mेन्डले चार दर्जन हरियो चुरा उपहार दिएको प्रसंग सुनाइएन् उनले । प्रतिमा श्रेष्ठ भने लजाउ“दै थिइन् । सबै साथीले लगाएको देखेर उनले हरियो चुरा र मेहेन्दी लगाएकी रैछन् ।
फेसनका रूपमा मौलाउ“दै गएको छ हरियो चुरा । हरियो चुरीको नातालाई कसैले श्रीमान्को आयुस“ग अर्थ लगाएका छन् त कसैले सफल प्रेमको प्रतीक मानेका । फेसनकै रूपमा मात्र अर्थ लगाउनेको पनि कमी छैन । मञ्जु र्राईका अनुसार हरियो चुरा इच्छा भएका जोकसैले लगाउ“दा हुन्छ । एकल महिलाले पनि नलगाउने कुरै छैन । भन्छिन्- ‘हर्ेनुस् न नानीहरू हरियो चुरा लगाउ“दा कस्तो खुसी भएका ।’
नारी र चुराको सम्बन्ध नया“ होइन । चुरा आफैंमा नारीको गहना हो । सुन, चा“दी, तामाजस्ता धातुको रूपमा चुरा प्रयोगमा आएको हामी पाउन सक्छौं । धातुबाहेक प्लास्टिक र का“चको चुरा पनि फेसन बनेको छ ।
साउनमा प्रेमीले प्रेमिकालाई मात्र नभएर भाइले दिदीलाई, मामाले भान्जीलाई, आमाबाबाले नानीलाई किन्दिने क्रमको जुन सुरुवात यसपटक देखिएको छ, त्यो सुखद संस्कार हो । चुरा लिने र दिनेबीचको सम्बन्धमा आत्मीयता थपिएको छ । प्रेममा मायाको गाढा रङ थप्ने माध्यम पनि बनेको छ चुरा ।
हरियो चुरालाई दर्जनको पन्ध्रदेखि बीस रुपैया“सम्म पर्छ । दुवै हातमा दर्ुइ दर्जनका हिसाबले लगाउ“दा पनि साठीदेखि असी रुपैया“भन्दा माथि जा“दैन । नानीहरूको दुवै हातमा हरियो चुरीले भर्ने हो भने पनि १५ रुपैया“ले पर्याप्त हुने रैछ ।
व्यापारीहरूका अनुसार यसपटक थुप्रै युवाले प्रेमिकाका लागि हरियो चुरा किने । सुशान्त राजउपाध्याय भन्छन्, ‘युवाहरूले प्रेमिकालाई चुरी उपहार दिनु नराम्रो हो र -’
विवाहित महिलाको साउने ब्रत र पतिको आयुस“ग जोडेर कतिपय एकल महिलाले हरियो चुरी लगाउने इच्छालाई नीच मारेको देखिन्छ । समाज एवं संस्कारको मनोवैज्ञानिक त्रास र हिन भावनाले कतिपय एकल दिदी बहिनीहरू ग्रस्त पनि भएका होलान् । हरियो चुरा लगाउ“दा के ब्रि्रन्छ र – रहरलाई किन मार्नुहुन्छ, लगाउनुुस् मज्जाले । हरेक कुरालाई श्रीमान् र उनको आयुस“गै जोड्नु पर्छ भन्ने केही बाध्यता छ र -
मेरो अनुभवमा कुनै पुरुषले श्रीमतीलाई मेरो लामो आयुका लागि भोकै बस भनेको थाहा छैन । बरु आफ्नै इच्छाले वा आमा, सासूहरूको उत्प्रेरणाले तीजजस्तो कठिन बर्त बस्छन् महिला ।
फेसन र आधुनिकताका नाममा परम्परागत सामाजिक मूल्य, मान्यता र संस्कारहरूको अवमूल्य गर्नुहु“दैन । जुन संस्कार र मान्यता अव्यावहारिक छ, पीडादायी छ त्यसलाई भने त्यागौं । परिमार्जन गरौं । र, राम्रा कुरालाई निरन्तरता दिऔं ।
प्रतिमा र्राई
तीज र ऋषी पंचमी
हिन्दु महिलाहरुको महान चाड तीज फेरी आउदैछ
कसरी सुरु भयो त तीजको पर्व? यस विषयमा ज्योतिष पण्डितहरुका अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्री महादेव स्वामी पाउँ भनी मनमनै कामना गरिरहेको बेला पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाउँ भनी निर्जला व्रत बसेको हुनाले सो व्रतलाई हरितालिका तीज भन्ने गरेको पुराणमा वर्णन गरिएको छ ।
भाद्र शुक्ल पूणिर्माको तृतीयाको सो दिन माता पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसी शिवजीलाई पति पाएकोले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन कुमारी केटीले पनि व्रत बस्ने गरेको देखिन्छ । स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक र आख्यानलाई आत्मसात् गर्दै साँस्कृतिक संजीवनीले ओतप्रोत छ ।
तीजमा महिलाहरु रातो पहिरनमा राम्रो राम्रो श्रीड्गार गर्ने, नयाँ नयाँ कपडा लगाउने, टाढा टाढा रहेका चेलीबेटी लिनजाने चलन र सबै जम्मा भई रमाईलो गरेर मनाउने चलन छ । बिषेश गरी बिबाहित महिलाहरुमा लोकपिय रहेपनि अबिवाहीत महिलाहरुले पनि मनाउने गरेको पाईन्छ ।
तीन दिनको यस पर्बमा पहिलो दिन दर खाने गरीन्छ । दर खाने भन्नाले आ-अफ्नो माईतिमा जम्मा भएका चेलीबेटीले राति अवेर सम्म विभिन्न मिठा मिठा खानेकुरा खाने, नाच गान गर्ने चलन छ । अनि दोस्रो दिन उपवास बसी आफ्नो नजिकको शिवालय वा मन्दिरमा जम्मा भई पूजा-आजा गर्ने संगी साथी मिली नाच-गान गर्ने र दिन भरी नै भोकै बस्ने चलन छ । अन्तिम ऋषि पन्चमीको दिन बिहानै नजिकको खोला तलाउमा बिभिन्न जडीबुटी प्रयोग गरी बिषेश स्नान गर्ने र त्यसपछी नजीकको शिवालय वा पिपलको फेदमा जम्मा भई पुजा आजा गर्ने चलन छ ।
हिन्दु महिलाहरुको तीज पर्व एक पुर्ण वैज्ञानिक प्रकृया जस्तो देखिन्छ । जसमा नाच गान, घोच- पेच, उपवास, आफ्नो पतिको लागि निराहार व्रत देखि बिषेश स्नान र पूजा-आजा पर्ने गर्दछ । एक बर्ष सम्म आफ्नो अवचेतनमा जम्मा भएका कुन्ठा र दमित भएका बिभिन्न भावनालाई गीत, नाच-गान र ब्यङ्ग्यको माध्यमबाट प्रकट गरि थोरै भएपनि तनाव वाट मुक्त हुने उपवास गरी श्रद्धा र आस्था प्रकट गर्ने बिषेश स्नान गरी शरीर शुद्ध र पूजा गरी आत्म शान्ति गर्ने जुन तिजको प्रकृया छ त्यो एकदम वैज्ञानिक र जिवन उपयोगी जस्तो देखिन्छ । आजको अति ब्यस्त र अति तनावपूर्ण जिवन गुजारिरहेका महिलाको लागि यो अति उपयोगी र अति आवश्यक देखिन्छ ।

प्रतिभाद्वारा तीज सांस्कृतिक कार्यक्रम
हिंदू नारीहरु को महान पर्व हरीतालिका तीज को अवसर पारेर कला साहित्य र संस्कृति को लागि स्थपित प्रतिभा समूह इजरायल ले एक भव्य सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ ।
नियमित साप्ताहिक बिदा बाहेक इजरायलमा काम गर्ने कामदारको लागि आ आफ्नो परम्परा र संस्कृति अनुसार राष्ट्रिय चाड पर्व को छुट्टी दिईंछ त्यसैले विदेश मै रहेर पनि नेपाली हरु हरेक चाड पर्व धूमधाम संग मनाउन पछि पर्दैनन तिहारमा भाई टिका गर्ने दशैं मा आफन्त को हात को टिका लगाउने वा तीज मा दर खाने व्रत बस्ने र नाच गान गर्ने ….
तीजको बेला इजरायलको मुख्य शहर तेल अभिवमा नेपाली दीदी बहिनीहरु राताम्य भएर साडी र चुरा पोते मा सजिएर नाच गान गर्दै गरेको दृश्य हामी देख्न सक्छौं, यो सांस्कृतिक मोहलाई पछ्याउदै बिभिन्न संस्था हरु ले बिगत मा पनि बिभिन्न कार्यक्रम गर्दै आएका थिए, हाम्रो समूह को भने यसपाली पहिलो प्रस्तुति हो, कार्यक्रम सेप्टेम्बर ५ तारीख शुक्रवार सांझ हागना को बेत बार्बौर सांस्कृतिक भवनमा हुदैछ ।
प्रतिभा समूह नितांत लेखक कलाकारको सामूहिक संस्था हो त्यसैले पनि बिगत को भन्दा यसपाली को कार्यक्रम अलि भिन्न हुने कुरा समूहका अद्यक्ष सुनील संगम ले बताउनु भयो भाषण र आसन का कुराहरु लाइ अलि पर राखेर यसपाली विशुद्द मनोरंजनात्मक सांस्कृतिक प्रस्तुति मात्र पस्कने कुरा उहाले बताउनु भयो ।

prativanepal
हरियो चुरीको कमाल
तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले तेल अभिभ तखाना अनि पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!
के हो यो हरियो चुरा,कता बाट आयो?
“फेशन नि कता बाट आउछ? आफै निस्केको नि!”छेउ मै बसेकी सुनीता थप्छिन ।
१० वर्षो उमेरदेखि चुरी बेच्दै आएकी ४० वषर्ीया खातुनले भन्छिन्, ‘पहिला-पहिला मसिना नानी र विवाह नभएका केटीले कालो चुरा लगाउ“थे भने हरियो र रातो चुरा विवाह भएकाहरूले मात्र । आजकल त बच्चा, जवान र विवाहित सबैले हरियो लगाउ“छन् ।’
साडीमा मात्रै होइन, आधुनिक पहिरनमा समेत चुरी लगाउने चलन छ । टाइट जिन्स पाइन्ट होस् वा मिनिर्स्कर्ट लगाएका युवतीका हातमा हरिया चुरा, के विधि सुहाएको – यो फेसनलाई तपाई के भन्नुहुन्छ – म नराम्रो मान्दिन ।
दाहिने हातमा हरियो र पहेंलो गरी अर्ढाई दर्जन चुरा लगाएकी मञ्जु रेग्मी भन्छिन् ‘बोलबमको भाकल छ त्यसैले हरियोमा पहेंलो मिसाएर लगाएकी ।’ उनकी साथीलाई ब्याइप|mेन्डले चार दर्जन हरियो चुरा उपहार दिएको प्रसंग सुनाइएन् उनले । प्रतिमा श्रेष्ठ भने लजाउ“दै थिइन् । सबै साथीले लगाएको देखेर उनले हरियो चुरा र मेहेन्दी लगाएकी रैछन् ।
फेसनका रूपमा मौलाउ“दै गएको छ हरियो चुरा । हरियो चुरीको नातालाई कसैले श्रीमान्को आयुस“ग अर्थ लगाएका छन् त कसैले सफल प्रेमको प्रतीक मानेका । फेसनकै रूपमा मात्र अर्थ लगाउनेको पनि कमी छैन । मञ्जु र्राईका अनुसार हरियो चुरा इच्छा भएका जोकसैले लगाउ“दा हुन्छ । एकल महिलाले पनि नलगाउने कुरै छैन । भन्छिन्- ‘हर्ेनुस् न नानीहरू हरियो चुरा लगाउ“दा कस्तो खुसी भएका ।’
नारी र चुराको सम्बन्ध नया“ होइन । चुरा आफैंमा नारीको गहना हो । सुन, चा“दी, तामाजस्ता धातुको रूपमा चुरा प्रयोगमा आएको हामी पाउन सक्छौं । धातुबाहेक प्लास्टिक र का“चको चुरा पनि फेसन बनेको छ ।
साउनमा प्रेमीले प्रेमिकालाई मात्र नभएर भाइले दिदीलाई, मामाले भान्जीलाई, आमाबाबाले नानीलाई किन्दिने क्रमको जुन सुरुवात यसपटक देखिएको छ, त्यो सुखद संस्कार हो । चुरा लिने र दिनेबीचको सम्बन्धमा आत्मीयता थपिएको छ । प्रेममा मायाको गाढा रङ थप्ने माध्यम पनि बनेको छ चुरा ।
हरियो चुरालाई दर्जनको पन्ध्रदेखि बीस रुपैया“सम्म पर्छ । दुवै हातमा दर्ुइ दर्जनका हिसाबले लगाउ“दा पनि साठीदेखि असी रुपैया“भन्दा माथि जा“दैन । नानीहरूको दुवै हातमा हरियो चुरीले भर्ने हो भने पनि १५ रुपैया“ले पर्याप्त हुने रैछ ।
व्यापारीहरूका अनुसार यसपटक थुप्रै युवाले प्रेमिकाका लागि हरियो चुरा किने । सुशान्त राजउपाध्याय भन्छन्, ‘युवाहरूले प्रेमिकालाई चुरी उपहार दिनु नराम्रो हो र -’
विवाहित महिलाको साउने ब्रत र पतिको आयुस“ग जोडेर कतिपय एकल महिलाले हरियो चुरी लगाउने इच्छालाई नीच मारेको देखिन्छ । समाज एवं संस्कारको मनोवैज्ञानिक त्रास र हिन भावनाले कतिपय एकल दिदी बहिनीहरू ग्रस्त पनि भएका होलान् । हरियो चुरा लगाउ“दा के ब्रि्रन्छ र – रहरलाई किन मार्नुहुन्छ, लगाउनुुस् मज्जाले । हरेक कुरालाई श्रीमान् र उनको आयुस“गै जोड्नु पर्छ भन्ने केही बाध्यता छ र -
मेरो अनुभवमा कुनै पुरुषले श्रीमतीलाई मेरो लामो आयुका लागि भोकै बस भनेको थाहा छैन । बरु आफ्नै इच्छाले वा आमा, सासूहरूको उत्प्रेरणाले तीजजस्तो कठिन बर्त बस्छन् महिला ।
फेसन र आधुनिकताका नाममा परम्परागत सामाजिक मूल्य, मान्यता र संस्कारहरूको अवमूल्य गर्नुहु“दैन । जुन संस्कार र मान्यता अव्यावहारिक छ, पीडादायी छ त्यसलाई भने त्यागौं । परिमार्जन गरौं । र, राम्रा कुरालाई निरन्तरता दिऔं ।
काठमाडौंमा इजरायली चलचित्र
काठमाडौंमा इजरायली चलचित्र
काठमाडौं, जेरुसलम निवासी अमेरिकी युवती रेबिका आफ्नो मंगनी तोडेर निस्कन्छिन् । उनको भेट ट्याक्सी चालिका हानास“ग हुन्छ । त्यसपछि कथाले रमाइलो मोड लिन्छ । मंगलबार राजधानीको रसियन कल्चर सेन्टरमा यही कथाको रमाइलो बटुल्दै थिए दर्शक । इजरायली चलचित्र महोत्सवको दोस्रो दिन आमोस गिताई निर्देशित चलचित्र ‘प्रिm जोन’ देखाइएको थियो ।
नब्ब्ो मिनेट लामो ‘प्रिm जोन’ कमेडी ड्रामामा आधारित चलचित्र हो । सन् २००५ मा रिलिज भएको यो चलचित्र अत्याधिक रुचाइएको इजरायली चलचित्र मध्ये पर्छ । यही चलचित्रमार्फ अभिनेत्री हाना लास्ज्लोले कान्स फिल्म महोत्सव २००५ मा उत्कृष्ट अभिनेत्री पुरस्कारसमेत पाइन् ।
मंगलबारै इप्राहिम किशोन निर्देशित चलचित्र ‘सल्लाह सवाती’ पनि देखाइयो । यो ओस्कारमा मनोनीत हुने पहिलो इजरायली चलचित्र हो । सन् १९६४ को ओस्कारमा यो ‘उत्कृष्ट विदेशी भाषाको चलचित्र’ विधामा मनोनीत भएको थियोे । कमेडी चलचित्र सलाह सवाती नामक पात्रबाट सुरु हुन्छ । इजरायली शिविरमा बस्न पुगेका
सवाती र उनको परिवारको चाहना र परिस्थितिलाई चलचित्रमा उधिनिएको छ । चलचित्रमा तत्कालीन इजरायली समाज र राजनीतिमाथि व्यांग्यसमेत गरिएको छ ।
महोत्सवको सोमबार सा“झ इजरायली राजदूत डन स्टभ र पत्न्ाी गिली स्टभले उद्घाटन गरेका थिए । इजरायली समाजका अनेक पक्ष उजागर गर्ने ध्येयले तीन वर्षेखि राजधानीमा इजरायली चलचित्र महोत्सव हु“दै आएको छ । ‘इजरायली संस्कृतिबारे बुझ्न सजिलो हुन्छ,’ उद्घाटन अवसरमा राजदूत डनले भने ।
बिहीबारसम्म जारी रहने महोत्सवमा बुधबार ‘जोय’ र ‘सम वान टु रन विथ’ को पालो छ । अन्तिम दिन ‘दी सिरियन ब्राइड’ र ‘अभिभा माई लभ’ देखाइनेछ ।
सपनाको सपना
सपना मल्ल प्रधानले दिल्ली युनिभरसिटीबाट कानुनमा स्नातकोत्तर गरेपछि ‘कम्पनी वकिल’ भएर राम्रो आर्जनको सपना पालेकी थिइन् । जब उनको व्यावसायिक यात्रा सुरु भयो, गन्तव्य नै फेरियो । उनी कानुनको अभावमा न्याय नपाएका महिलाको पीडाको वकालत गर्नतिर लागिन् ।
सभासदसमेत भएकी अधिवक्ता प्रधान ‘गु्रबर अन्तर्रर्ााट्रय महिला अधिकार पुरस्कार’ जितेर कर्मको फल पाएकी छन् । साढे तीन करोड रुपैया“का अति सम्मानित उक्त पुरस्कार उनीसहित तीन अधिकारकर्मीले पाएका हुन् ।
अमेरिकाको गु्रबर फाउन्डेसनका अध्यक्ष स्वयंले टेलिफोन गरी आफूलाई पुरस्कृत गरिएको सुनाउ“दा सुरुमा उनलाई सपनाजस्तै लाग्यो । त्यसबारे विस्तृत जानकारी पाएपछि भने उनमा उत्साहको सीमा रहेन ।
‘लैंगिक असमानता र विभेद सम्बोधन गर्न नेपालमा भइरहेको कामप्रतिको यो अन्तर्रर्ााट्रय पहिचान र र्समर्थन हो,’ उनी भन्छिन्- ‘पैत्रिक सम्पत्तिमा समान अधिकार, गर्भपतनका र वैवाहिक बलात्कारसम्बन्धी असमान कानुन सुधारमा हामीले गरेको योगदानको कदर भएको छ ।’ वैवाहिक बलात्कारको मुद्दा उठाउ“दा आएको धम्की र खतरालाई उनले भुलेकी छैनन् । ‘त्यतिबेला मलाई होइन,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यम र अधिकारकर्मीले साथ दिए । म के मुद्दा उठाइरहेकी छु र के उठाउनर्ुपर्छ भन्नेमा प्रस्ट छु ।’
असमान कानुन र हिंसापीडित महिलाको मुद्दा हर्ेदा उनीहरूको पुनर्स्थापनाका लागि सुविधासम्पन्न पुनर्स्थापना केन्द्र बनाउने धोको उनमा पलाएको छ । ‘सेल्टर, औषधोपचार, मनोवैज्ञानिक परामर्श, आवास सबै सुविधा हुनेछ,’ उनी भन्छिन्- ‘यसको सबै खर्च मैले गर्नु पर्दैन । ‘सिड मनि’ राखेर थप रकमका लागि अरू अधिकारकर्मी र दाताहरूलाई आग्रह गर्छर्ुसहयोग गर्न इच्छुकहरू धेरै हुनुहुन्छ ।’
सन् २००३ मा यो पुरस्कार पाएका दक्षिण कोरियाली जर्ज नवीनथम पिया अन्तर्रर्ााट्रय फौजदारी अदालत -आईसीसी) का न्यायाधीश छन् । यस्तो सम्मानित पुरस्कार नेपाली अधिकारकर्मीले पाउनुको पछाडि सञ्चारमाध्यम, महिला आन्दोलनकर्मी, नागरिक समाज र दलहरूको योगदान रहेको उनी बताउ“छिन् ।
‘व्यवस्थापिका नभएका बेला अदालती सक्रियताबाट समेत कानुन सुधार गर्न सकिएको छ,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यमले र्सवसाधारणका घरमा नपुर्याएको भए यो अभियान सफल हुने थिएन ।’ लैंगिक समानतासम्बन्धी कानुनलाई व्यवस्थापिकाबाट छिटो पारित गराउन तत्कालीन सभामुख सुवास नेम्वाङ र दलहरूले गरेको योगदानको स्मरण गर्दै उनी भन्छिन्- ‘हामीले गरेको मस्यौदालाई सरकारले सदनमा लान सहयोग गरेको थियो । अदालती सक्रियताबाट मात्रै पनि ६४ असमान कानुन परिवर्तन भएका छन् ।’
नवलपरासीको कसिया गाउ“मा जन्मिएकी प्रधान निम्नमाध्यमिक शिक्षाका लागि राजधानी आएकी थिइन् । विभेदविरुद्ध उभिएपछि आफू वामपन्थी भएको उनी बताउ“छिन् । सामाजिक न्याय र समनताका आन्दोलनका अग्रणी अधिकारकर्मी मल्ललाई एमालेले समानुपातिक सिटबाट संविधानसभाको सदस्य बनाएको छ । सभासद पाएपछि बढेको व्यस्ततामा पुरस्कारको घोषणापछि उनलाई बधाई थाप्न पनि भ्याइनभ्याई भएको छ ।










