Posted on by prativanepal
दोष
नजर बदल्नु उसको दोष
हैन,
बादल अडिक नरहनुम उसको
दोष होइन
उनिहरुपनि
प्रक्रितिको अगाडि
नतमस्तक छन्,
जसरी तिम्रो खोक्रो
जीवनलाई हेरी
उसले सांसारीक रुपमा
नजर बदल्यो !
तिम्रो जीवन खोक्रिएको
नै रहने छ,
किनभने खोक्रो मानिसले
कहिल्यै केहि कुराको
पनि आँट गर्दैन।
त्यो मन्दिर अनि त्यो
गल्ली जस्ताको त्यस्तै
रहनेछ,
किनभने तिमी सजिव नै
निर्जिव भएपछि
त्यो निर्जिवको स्वरुप
यथावत् रहनुमा के दोष !!
तिम्रो जीवनमा ग्रहण
लागिसकेको छ
झुठो बिहानीमा भुल्ने
नगर,
किनभने यथार्थ यही
होकी
जुनकिरीले सूर्यलाई
बत्ति देखाउन सुहाउदैन
!!!
अस्मिता त्रिपाठी
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
कबिता - ” जीवन ”
धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।
घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।
सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।
हांसै हांसो मात्र [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
लबुटी शेर्पा
जेरुसलायम इजरायल ।
एकचोटी सोच !
१
अरे फूल बनी फुल्न चाहानेहरु हो ।
आएर कोही राप वनी ओइलाई देला ॥
सुन खुगी वनी वाच्च्न चाहानेहरु हो ।
कतै आँशु दिई रुवाई देला ॥
एक चोटी सोच प्रेमी वनी रमाउन चाहानेहरु हो ।
धोका दिई विश्वासघात गरी देला ।
अनि जीन्दगी बनी बाँच्न चाहनेहरु हो ।
जीउदो लाश बनाई छाडी जाला ॥
२
जहाँ केही छैन
जहाँ [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
——————-अदुरदर्शी —————
दौडिनु पर्छ पुर्व मेचीदेखी -खुलेर पश्चिम महाकाली सम्म ।
लगाउनु पर्छ नजर कांगडा तिर - पुर्वमा तिस्ठा सम्म ।।
दौडेर राजा हुने दिन गय - आय दिन दुखीका घुमेर अचम्म ।
दौडेर हुने भय दौडिन्थे पारस पनि-चेपे किनर देखी लिगलिग कोटसम्म ।।
बदलियो जमाना गजबले-समयसंगै दौडिनु बेस छ ।
मपाइत्वको सागरमा डुब्नु भन्दा त -दुनियाँको [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
जब तिमीलाई भेटछु..
जब तिमीलाई भेटछु..
झुक्छ आँखा,रोकिन्छ सास र पनि,
दर्द अधुरै-अपुरै हुन्छ,
खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,
दिल भित्रै रहन्छ!
जब तिमीलाई भेटछु..
म जे चाहन्छु तिम्रो पनि त्यहि चाहना छ र पनि,
भन्न सक्दैनौं किन?
आखिर एउटैं ईच्छा र लक्ष छ हाम्रो र पनि,
एउटै मुटु हुदैन किन?
सायद मायाँमा यस्तै हुन्छ होला र पनि,
तिमिलाई [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
माइली नाना र हामी
एक छलांग
रगत को रातो छाल
आँखै अगाडी छल्किएर बग्छ
स्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरि
रॉकेट का घाट हरु दुख्दै जान्छन ।
अनि तिम्रो देशको धर्म
तिम्रो देशको समाचार
तिम्रो देशको साहित्य
तिम्रो छातीभरि भातृत्व माथी बिरोध सल्काउछ ।
र तिम्रो आँखा भरी भरी आगोका कोपिला हरु उमार्छ
र तिम्रो देश इजरायल आगो जस्तै रापिदै जान्छ ।
बिस्फोटन संग तर्सिएर
फेरी अर्को [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
हाङयुग अज्ञात (हाल- हङकङ)
शहीदहरू रून थालेका छन्
ओ ! माओ जे दोङ
तिम्रा कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।
रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो
जीर्ण शब्दहरूले बुनेको रातो इश्वरमा पनि
अब केवल मुट्ठीभर सास मात्र बाँकी छ
तेसैले बाटोमा हिँड्दाहिँडदै
जतिबेला पनि ढल्न सक्छ
निर्माणाधीन् कुनै टावरबाट
खुट्टा चिप्लेर पनि खस्न सक्छ
कुनै सिकारू डाक्टरका हातबाट
वैधानिक रूपमै मारिन पनि सक्छ
तेसैले, ओ ! [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
आफ्नै देशभित्र हराए कोही
बचाउ भन्दै रोए कराए कोही
औँला ठड्याउने बङ्गारा भाच्नेसंग
लग लग काम्दै डराए कोही
जिब्रो र मष्तिकमा अझै घाउ नै घाउ
दु:खीरहे कोही चराए कोही
उर्दी गर्ने हुकुम चलाउनेले मनपरी
पन्छाए कोही मन पराए कोही
राकेश कार्की
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
मानिसहरुको जंगल
शिव प्रकाश
बस्ती छैन
उजाडिसकेको छ
मान्छे छैन
मरिसकेको छ
मानिसहरुमात्र उम्रिरहेछन्
मानिसहरुको जंगलमा ।
मान्छे बिनाको बस्ती
बस्ती हुदैन
र बस्तीमा जहाँ मान्छे हुदैन
त्यो जंगल हुन्छ
मानिसहरुको जंगल !
चितुवाहरु
ब्वाँसाहरु
बाघहरु
भालुहरु
गोहीहरु
अजिङरहरु
छेपाराहरु
सबै छन् त्यो जंगलमा
मानिसहरुको जंगलमा ।
फरक छ
मान्छे र मानिसमा
मानिस यावत् छन्
मान्छे थोरै
गान्धी मान्छे भए
टाल्सटाय मान्छे भए
मान्छे कृष्ण ईश्वर भए
म
न गान्धी, [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन्
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याइने छैन
के के होला त त्यो किताबमा ?
-(अरु पढ्नुहोस )>
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
खबरदार !!!
सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछि
जनताको छातिभित्र आन्दोलन जलेपछि ।
भत्कनेछ खंडहर झै सामंती संरचना
दरबरिया नीरंकुशे बंधन जलेपछि ।
फ़र्किनेछन आगोका लपकाहरु आफैतिर
सचेत नागरिकमाथीको दमन जलेपछि।
बिर्सियौ की इतिहास कोरिन सक्छ भन्ने
क्रांतिमा जनताको जिउधन जलेपछि ।
मजदूरी गर्न छाडी कैयौ ‘सेतु’हरु आउछन
शासकले आगो बाल्दा मन जलेपछि ।
र यसबेला म यो ग़ज़ल लेखि रहेको छैन , म ती लोकतान्त्रिक, आन्दोलन का [...]
Filed under: कविता गीत गजल, लेख रचना | Comments Off
Posted on by prativanepal
सिमास्तम्भ
कृष्ण थापा, इजरायल
मध्यपूर्वको यो समृद्ध इजरायल
उत्तरको सुंदर पहाडी वस्ति हाइफा
जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर
म लेबनान माथिको बादल नियाल्छु
जो भर्खर चांदी र सुनौलो हुदै
सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।
बादलको रंग बद्लिनु
यो शुभ संकेत हो,
स साना बंदरगाह साथै जहाजका तांती लिएर
शान्तिको निलो रंगमा तरंगित यी छालहरू
समय का बगारहरू मा स्पर्श गर्दै -यही भन्छन ।
ध्वस्त भएका खंडहर [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
तृप्ति र प्यास
मित्र ,
तिम्रो मृतसागर मा
म मृत्यु को कथा सुन्न आएको होइन
न ता यी बगर हरुमा लुकेका
प्यालेसताइन का प्यासहरु
अनुभव गर्न नै ।
तिमी भन्छौ यो प्यास कहिले मेटिंछ?
भो नसोध
तृप्ति र तृष्णा का परिभाषा हरु
तिम्रो युद्ध्मा यतिखेर आफैसंग अर्थहिन् बनेका छन ।
बलुवाले होइन
युद्ध को ताप ले मरुभूमि बनेको
तिम्रो देश को फोस्रो माटो
अझै पनि प्यासी नै छ ।
जसको [...]
Filed under: कविता गीत गजल | Tagged: israel, nepal, poem | Comments Off
Posted on by prativanepal
राष्ट्रपति कसलाई???
सबै दलमा लुछा-चुडी,राष्ट्रपति कसलाई?
सबै मिलि छान्नु पर्छ,योग्य ब्यक्ति जसलाई!
पद अनि कुर्शी खोज्दै,हाना-थाप किन?
दलहरूकै हाना-थापले,बित्यो धेरै दिन!!
काँग्रेसलाई गिरिजा रे,अर्कै एमालेलाई,
जन-मत र जन-कदर छ रे,प्रचन्ड लाई!
मधेश बाट मधेशी रे,पहाडीलाई अर्को,
यस्तै ब्यबहार देख्दा-देख्दै,लाग्न थाल्यो झर्को!!
ठूला दलले गठन गरे,एउटा छुट्टै टोली,
मिटिङ पछि भन्ने गर्छन,निचोड हुन्छ भोली!
त्यस्ता भोली निकै गयो,अझै निश्चित छैन,
चुनाब भाको २ महिना भो,केही नयाँ भैन!!
“शान्ती-बिकास-गणतन्त्र”,लिउँ एकै [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
हामीले रच्ने गज़लको किन बिषय यस्तै हुन्छ?
रगत युद्द र मृत्यु आशय यस्तै हुनछ|
|
पोखरी मासानो माछा सधै त्रासमा बाचेको छ
के मान्छे बिच पनि परिचय यस्तै हुन्छ?
|
मृत्यु पढछु ख़बर भरि दर्ज़नौ हताहत छन
सदै युद्द -द्वन्द सायद प्रलय येस्तै हुन्छ .
|
आज पनि कर्फ्यू छ की दागिने पो हो की छाती
हरेक को मनमा किन भय यस्तै हुन्छ
खै कस्लाई जीतें [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
गजल
तिमीलाई खुशी दिने बाचा जती सबै हारें
आफुलाई नुनिलो आशुको सागर तारें
यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो
यसैले त यो मन्लाई सधैं अध्यारोमा पारे
के को रहर थियो र ? अरुलाई चोट दिने
त्यही आत्माग्लानिले आशु मैले सधैं झारे
के सोचे के भयो आफुसंगै पराइ बने
उदासि नै साथी हुँदा आफ्नो मनलाई नै मारे
प्रभा आचार्य
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
गजल
इज्ज्याक
म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोट खाइखाइ छुरा भएछु।
<संकेत>
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
आकाशमा बेलुन उडायो लौ हेर
पछाडी बाट गोजी लुटायो लौ हेर
विश्वास गर म देश बनाउछु भन्दै
केटाकेटीलाई सडकमा जुधायो लौ हेर
गर्दिन अब भन्थे बम बारुदको खेती
बन्दुक देखाई मत जुटायो लौ हेर
समानताको परिधिमा बाँधौला भन्दै हिँडे
समावेसी पस्कँदै जात फुटायो लौ हेर
फेरी ‘स्वयंम्बर’ को सपना देखाई
जन्तालाई थाङनामा सुतायो लौ हेर
-स्वयंम्बर सिंह लामा
कतार
Filed under: कविता गीत गजल | No Comments »
Posted on by prativanepal
भुपेन्द्र महत
कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ
दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ
तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ
आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ
निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन [...]
Filed under: कविता गीत गजल | No Comments »
Posted on by prativanepal
जाने बेला भैसक्येा हेर
नझार्नु आंसू हामीलाइ सम्झेर ।।
हुने हार दैब नटार ,नमरी स्वर्ग देखिन्न
जे जति सुबिधा भएनि यहाँ नेपाललाइ भुल्न सकिन्न ।।।
उडी जाने पुतलीको पानि माथी छाँया
सबै भन्दा ठूलो रे छ पारीवारीक माया ।।।
जात ,धर्म,भाषा हाम्राे जे भएपनि
नबिर्सनु हाम्लाइ कबै जहाँ गएपनि ।।।
भुल भए माफ गर्नुस
नत्र मिठो जबाफ दिनुस ।।
सम्झना छ भनिदिनुस मेरी उनिलाइ
अमर प्रेम [...]
Filed under: कविता गीत गजल | 2 Comments »
Posted on by prativanepal
अन्त्यहीन रगतको कथा
हरेक बर्ष
शरद को पहिलो बर्षापछि
तेल हाजिका का ढुंगे ढिस्काहरुमा
भन्थे सुवर्णपल्लव हरु उम्रन्छ्न
साच्चै चट्टानका पत्रहरु भित्रबाट
गाढा पहेला फूलहरु फक्रिदै फक्रिदै आएको देख्छु
गोलान हाइट्समा यस्ता धेरै पत्थरहरु छन
जस माथी क्रांति जस्तै एक एक गर्दै छ्पक्कै
त्यस पछिका प्रत्येक प्रभातहरुले
मेरो दृश्यभरी स्वर्णिम रंग पोतिरहेका हुन्छन्
त्यही ढुंगाको छातीमा
भक्कानो बनेर आजसम्म
१९७३ को नामिठो सम्झना अल्झिरहेकै छ
जहाँ निर्दयी सिरियाली सैनिक [...]
Filed under: कविता गीत गजल | Comments Off
Posted on by prativanepal
गणतन्त्र कि कुर्सी तन्त्र
गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गार्हो भो
राजकाल भन्दा पनि आजकाल सार्हो भो!
नेता जति सबै ब्यस्त सबै जेशा-जेशमा
सबै आज लागेका छन कुर्सी खोसा-खोसमा!!
चुनाब पहिले गरिबको टाउँको गन्दै जान्थे
हाम्लाई भोट दियौं भने बिकाश गर्छौँ भन्थे!
तर आज सबै नेता लागे कुर्सी तिर
त्यसैले त जनतालाई पर्यो सारो पिर!!
अझै काटमार बन्द भैन अपहरण दिन्-दिन
अझै शान्त छैन [...]
Filed under: कविता गीत गजल | Comments Off