Category Archives: गतिविधि विविध

 minister-council-muktinath-bhatt-haaiku-padhdai

नेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायल को तेल अभिभ मा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।नेपाली राजदुतावस इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्टज्युबाट ३ हरफे कविता “हाइकु” वाचन गरेर सो सम्मेलनको समुदघाटन भएको थियो ।

कार्यक्रममा स्वागत मंतव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नया प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरि आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा साहित्यप्रेमी हरुलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो ।साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिशहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै श्री भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त  इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्नु भयो । सो कार्यक्रममा उहाले प्रेम र् शान्तीको सन्देश लिएर विभिन्न मुलुक भ्रमण गर्दै इजरायल आइपुग्नु भएका विश्व साइकल यात्री पुष्कर शाहलाई अनेसासको तर्फबाट प्रशंशा पत्र पनि प्रदान गर्नु भएको थियो । सोही अवसरमा साइकल यात्री शाहले आफ्नो कृति “एकादेशको एउटा मान्छेको कथा” बाट “प्यारी भान्जी लाई चिट्ठी ” शिर्शकको कविता वाचन गर्नु भएको थियो ।१४२ राष्ट्र को भ्रमण गरिसक्नु भएका शाहले यात्राका अविश्मरणिय क्षणहरु सुनाउदै आफुपनी साहित्यप्रेमी भएको नाताले इजरायलको यो साहित्य सम्मेलनमा  सहभागी हुँदा खुशी लागेको बताउनु भयो ।

बिभिन्न संघ संस्था हरुको उपस्थिती रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्न्वय परिषद इजरायलका अध्यक्ष भुवन्सिङ्ह कुँवर,आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नयन्द्र कुमार चेम्जोङ ,नेपाली कृषि कामदार सहयोगी समितीका अध्यक्ष श्री खोजराज कटुवाल, राजदुतवासका थान् प्रसाद शर्मा, झापाली एकता परिवारका केशव कुमार श्रेष्ठ कानुनविद तथा अनेसास इजरायलका सलाहकार श्याम रोक्का ,नेपाली समाज इजरायलका नबिन बस्नेत लगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै नेपाली भाषा र साहित्यकोलागी स्थापित यस्तो प्रकृतिको सम्मेलन इजरायल मै पहिलो पटक शुरुवात भएको भन्दै यस्को उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

दुई चरणमा विभक्त सो कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी ज्यु द्वारा अमेरिकाबाट प्राप्त कवितात्मक शुभकामना वाचन गरेर लेख रचना वाचन को श्रृंखला प्रारम्भ गरिएको थियो । बेन गुरियन विश्वविद्यालयका इजरायलका डा बिष्णु चापागाइ, सन्युक्त राष्ट्र संघका डा ध्रुव कोइराला, साहित्यकार रमेश इखालु(कतार्), कृष्ण बजगाई (बेल्जियम्), रिचा शर्मा(नेपाल) विश्व्दिप तिगेला (यु के), धर्मेन्द्र विक्रम नेम्बाङ (नेपाल ) विश्व पौडेल (अमेरिका) लगायत ले शुभकामना दिनु भएको सो साहित्य सम्मलेन प्राप्त शुभ कामना सहित कार्यक्रमका संयोजक तथा आयोजक संस्था अनेसास इजरायलका महसचिव कृष्ण थापाले सन्चालन गर्नु भएको थियो ।

सम्मेलनमा इजरायलका कला राइ , श्याम रोक्का, नयन्द्र कुमार चेम्जोङ्, शंकर पौडेल, टिका खरेल, बिजी श्रेष्ठ ,आचार्य नवराज, टासी ग्यल्मो शेर्पा, बी आर लामा, संगिता घिमिरे, सरस्वती विष्ट, ऋतू गिरी, सुनिल सँगम तथा कृष्ण थापाले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।

इजरायल बाहिर आचार्य प्रभा ( अमेरिका ), सविना सिन्धु ( नेपाल ), अनोज श्रेष्ठ (यु ए ई), एन्टोनी क्लाउद (क्यानडा), प्रवेश पौडेल (नेपाल ), रमेश गेलाल (कतार्), कृष्ण बजगाइ (बेल्जियम्), प्रकाश पौडेल माईला (जापान्), धीरज साप्कोटा (चिन ), केशव आचार्य(अमेरिका), होमनाथ सुबेदि(अमेरिका), भुपेन्द्र महत्(अमेरिका), ले लेख रचना पठाएर सम्मेलनमा सहभागीता जनाउनु भएको थियो ।

अनेसास का अध्यक्ष सुनील संगम को सभापतित्वामा संपन्न भएको सो कार्यक्रमको समापन को क्रममा उहाले अनेसासको परिचय दिदै यो  नेपाली भाषा साहित्य र संगीतप्रेमी नेपालीहरुको अंतर्राष्ट्रीय साहित्यिक मंच भएको बताउनु भयो, यसको उद्देश्य साहित्यको माध्यमबाट प्रवासमा रहेका नेपालीहरु बिच भावनात्मक संजाल निर्माण गरि नेपाली साहित्य लाइ विश्वस्तर मा पुरयाउन मद्दत गर्ने रहेको कुरा प्रश्ट्याउनु भयो , उहाँ अनेसासद्वारा प्रकाशन हुने साहित्यिक पत्रिका अंतर्दृष्टिका अंतर्राष्ट्रीय संपादक पनि हुनुहुन्छ ।

kkkनेपाली राजदुतावास इजरायलले वैैशाख ११ गते २०६६ का दिन तेस्रो लोकतन्त्र दिवसको अवसरमा तेलअभिवस्थीत नेपाली राजदुतावासको सभाकक्षमा एक समारोहको आयोजना गरी लोकतन्त्र दिवस भव्यताका साथ मनाएको छ । नेपाली राजदुतावासका महामहिम् राजदुत श्री बैजनाथ थपलियाज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सचालन राजदुताबासका मिनिस्टर काउन्सेलर श्री मुक्तिनाथ भट्टले स्वागत मन्तव्य दिदै गर्नु भएको थियो । कार्यक्रममा इजरायलस्थित विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु व्यवसायी तथा विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।

सो अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार डा।विष्णु चापागाईंले विगतका दिनमा राजदुतावास नहुँदा भोग्नु परेको तितो अनुभव व्यक्त गर्दै राजदुतावासले अविभावकको भूमिका खेल्नु पर्ने कुरामा जोड िदंदै लोकतन्त्र दिवसको बारेमा शुभकामना मन्तव्य राख्नु भएको थियॊ ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष श्री भुवन िसंह कुँवरले लोकतन्त्र आउँदैमा जनताको मौलिक हक अधिकार सुरक्षित नहुने कुरामा जोड िदंदै गैर आवासिय नेपालीहरुको भावनालाई समेटेर नेपाली राजदुतावासले विदेशमा रहेका नेपालीहरुको समस्यालाई सरल र सहज रुपमा समाधान गर्न सहयोग पुर् याओस् भन्ने शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा शान्तिको सन्देस फैलाउँदै विश्वका १४२ देशको सफल भ्रमण पूरा गरी साइप्रस जाने क्रममा दोस्रो पटक इजरायलमा आइपुग्नु भएका नेपाल आमाका बीर सपुत विश्व साइकलयात्री श्री पुष्कर शाहको पनि उपस्थिति रहेको थियो । वहाँले शुभकामना दिने क्रममा देशमा प्रजातन्त्र स्थापनाको लागी २०४६ सालको जनआन्दोलनमा हातमा गोली लागी बीर अस्पतालमा भर्ना भै उपचार गरीरहेको अवस्थामा आफूलाई दोलखा मकैबारीका आन्दोलनकारी शहिद पुष्कर शाह भनेर समाचार छापि प्रजातन्त्रका लागी बलिदान दिने शहिदको रुपमा श्रद्धान्जली दिएको ज्यादै रोचक प्रसङ्ग सुनाउनु भएको थियो । शाहले जबसम्म शासकहरुमा राष्ट्रि्रय चिन्तन हुँदैन तबसम्म जुनसुकै शासन व्यवस्था आए पनि देश विकास नहुने कुरामा जोडदिनु भएको थियो ।

अन्तमा महामहिम् राजदुतज्यूले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई जोगाउँदै लोकतान्त्रिक अभ्यासबाट देशमा शान्ति सुरक्षा राजनीतिक स्थिरता आर्थिक सम्पन्नताका लागी सबैले आ-आफ्नो स्थानबाट योगदान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । नयाँ वर्ष २०६६ सालको पावन अवसरमा सबैलाई शुभकामना सहित कार्यक्रमको समापन गरी उपस्थित सबैलाई जलपान कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको थियो।

भुवन िसंह कुँवर
तेल अभिव इजरायल
अप्रिल २५ २००९

प्रवासमा रहेका आदिवासी जनजातिहरुको भाषा धर्म संस्कृति परम्परा तथा हक़ हित र अधिकारको संरक्षण संबर्धन तथा विकासका लागी यही मिति ११ अप्रील २००९ का दिन इजरायलको तेल अभिभमा उपस्थित  भएका जनजातीहरुको दोश्रो बृहद भेलाले “आदिवासी जनजाति महासंघ इजरायल” को स्थापना गरेको छ ।

नयन्द्र चेम्जोङ्गको संयोजकत्वमा मिति ४ अप्रील २००९ मा बसेको जनजातीहरुको अघिल्लो भेलाले  ७ सदस्यीय जनजाती महासंघ इजरायलको तदर्थ समिति गठन गर्ने निर्णय अनुसार श्री नयन्द्र चेम्जोङ्गको अध्यक्षतामा आवस्यकता अनुसार थपघट गर्ने गरी हाललाई बढीमा २१ सदस्यिय तदर्थ समिति गठन गर्ने र तदर्थ समितिले विधान निर्माण गरी लागु गरेको मितिबाट सोही समितिलाई स्वतः कार्य समिति स्वीकार गर्ने निर्णय गरेको हो  ।
जस अनुसार तदर्थ समितिका अन्य पदाधिकारीहरुमा यम गुरुङ्ग उपाध्यक्ष,वि.आर. लामा महासचिव,हरि चौधरी सचिब,तेन्जीङ्ग शेर्पा कोषाध्यक्षका साथै अन्य सदस्य हरुमा तेन्जी शेर्पा,राम बहादुर तामाङ्ग,प्रभात गुरुङ्ग,चित्र लाल गुरुङ्ग,इन्द्र घले,शेर बहादुर घले,शेर बहादुर घले,जय कला राई,दोर्जे शेर्पा र बसन्त गुरुङ्ग रहनु भएको छ।

सो कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्री नयन्द्र कुमार चेम्जोंगले आफ्नो धारणा राख्ने क्रममा यो संस्था आदिवासी दलित तथा अल्प संख्यक पिछडिएका सबै जनजातिहरु बिचको एकताको प्रतिक हुनेमा विश्वस्त हुदै जुनसुकै राजनितिक लक्ष्य उद्धेस्य भएता पनि सबै संग सहकारी गरि जनजातिको हक़ हितका लागी आवाज़ उठाउने तथा यस् बिषयमा सरकारलाइ घचघच्याउने  कुरा औल्याउनु भयो ।कार्यक्रममा समितिका नया पदाधिकारी लगायत अन्य बिभिन्न वक्ताहरुले आ आफनों धारणा राख्नु भएको थियो।

कार्यक्रम संघका महासचिव श्री बी आर लामाले सञ्चालन गर्नु भएको थियो, उहाँ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका सदस्य तथा नेपाली समाज इजरायलका सचिव हुनुहुन्छ ।

कृष्ण थापा
इजरायल

 

नेपाली नयाँ बर्ष २०६६ को पावन अवसरमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायलद्वारा यही अप्रिल २५ तारिख शनिबारका दिन इजरायल स्थित तेलअभिभ शहरमा साहित्य सम्मेलन आयोजना हुन गइरहेको छ । उक्त सम्मेलनमा सहभागी हुन इच्छुक इजरायलमा रहेका साहित्यकारहरुले अप्रिल २२ तारिख भित्र अनेसास इजरायलका पदाधिकारीहरु मार्फत सम्पर्क गरि आफ्नो मौलिक रचनाहरुको साथमा रचना वाचनको लागि स्वयं उपस्थित हुनसक्नेछन् । रचना नेपाली भाषामा लेखिएको अप्रकाशित र मौलिक हुनु पर्नेछ । इजरायल बाहिर रहनु भएका साहित्यकारहरुको रचना समेत वाचन गरिने कार्यक्रम रहेकोले इच्छुक साहित्य सर्जकहरुले आफ्नो रचना sunil_sangam@yahoo.com तथा  prativanepal@gmail.com मा इमेल मार्फत पठाई सहभागीता जनाउनु हुनको लागी हार्दिक आव्हान गरिन्छ । साथै यो कार्यक्रम अनेसास इजरायलको पहिलो कार्यक्रम भएको जानकारी अनेसास इजरायलले जनाएको छ ।

कृष्ण थापा
महासचिव
अनेसास इजरायल

‘कोठे साहित्यिक यात्राको तेस्रो कार्यक्रम भब्यताको साथ मनाइयो ”
आचार्य प्रभा/ बोल्डर् कोलोराडो

img_29591
      कोलोराडोबासि साहित्यप्रेमिहरुले नियमित आफ्नो कार्यक्रम ”कोठे  साहित्यिक यात्रा”को आफ्नो तेस्रो कार्यक्रम कबिगोस्ठी  मिती ३/ २८/ २००९ का दिन कबी भुपेन्द्र महतको निवासमा भब्यताको साथ मनाए । कार्यक्रममा लगभग सहभागीता धेरै भएता पनि कबिता बाचन् गर्नेहरुमा डा ,बिजय राज शर्मा ,रमेश पल्लव,जगन्नाथ गौतम, नीरा गौतम ,  ज्ञानेन्द्र गदाल ,पारस लम्साल ,केशब आचार्य ,प्रमोद घिमिरे ,भुपेन्द्र महत, झलक सोती, आचार्य प्रभा थिए भने  ग्यानेन्द्र गदाल र आचार्य प्रभाका केही गीतहरुका म्युजिक भिडियोको प्रदर्शन गरेर कार्यक्रमलाई संगीतमय  बनाइेएको थियो ।

कार्यक्रममा बिभिन्न देशमा रहेका साहित्यनुरागिहरुको  ईमेल मार्फत आएका रचनाहरु पनि पाठ गरियो । उक्त कार्यक्रममा फोन मार्फत शुभकामनाहरु पनि आएका थिए । कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकारहरु मध्ये पुराना गायिका सविता  चाम्लिङ ,बिजय चाम्लिङ ,बिजय अधिकारिको पनि सहभागिता थियो ।

”कोठे साहित्यिक  यात्रा” को उदेश्य लेखक कबिको उपस्थिती मात्र नभएर साहित्यनुरागिहरुलाई पनि सहभागिता गराउनु हो र यो कार्यक्रममा साहित्यनुरागिहरुको नै बढी उपस्थिती पनि हुँदै आइरहेको छ र कबी ,लेखक हरुलाई धेरै ठुलो प्रोत्साहन मिली रहेको छ । अब आउने अप्रिल महिनाको कार्यक्रम दुइजना , रमा कान्त अधिकारी  र प्रमोद गिमिरेको निवास मध्य एकजनाकोमा हुने निर्णय गरिएको छ । यो कार्यक्रम अबिरल रूपमा नै हुने अठोट गरिएको छ।

अन्य सहभागीहरुमा के ,बिश्वकर्मा , राम प्रशाद विश्वकर्मा, सरगम गदाल ,रमा कान्त अधिकारी ,अंम्बिका घिमिरे, सम्झना कार्की , सलिना कार्की ,भागवत कार्की, सेजल कार्की ,बालमुकुन्द अधिकारी ,पारस लम्साल ,देवी लम्साल ,प्रियमबदा सोती,नीती आचार्य, निरज गौतम , सुयोग सोती ,अधिर प्रसाईं,राजेश बिष्ट ,बिसेश्वोर के,सी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो, कार्यक्रमको समापन चियापान पश्चात भएको थियो ।

संसारभर छरिएर उभिएका गोर्खाली समाधिहरुको पवित्र माटो जम्मा गरी त्यसैमाथि काठमाण्डौमा गोर्खा स्तम्भतल उठाऔँ ।

गोर्खा सेम्इटि्ज ट्रष्टका उद्देष्यहरु :

·
पुर्खादिवसलाई विश्व पुर्खादिवसको रुपमा विकास गर्दै लैजाने
·
हङकङेली नेपाली समाज र समाधि सरोकार निकायहरुसँगको सयुंक्त कार्यसम्पादनले हङकङका गोर्खाली समाधिहरुको संरक्षण र स्ंवर्द्धन गर्दै लैजाने
·
बेलायत सरकार, कमनवेल्थ वर्ल्ड ग्रेभ्स् कमिशन् र गोर्खा सेम्इटि्रज ट्रष्टको संयुक्त कार्य सम्पादनमा विश्वभर छरिएका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र स्ंवर्द्धनको कामको पहल गर्दै लैजाने
·
सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजाने
·
नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई आमनेपाली समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने
·
गोर्खा विभूतिहरुको खोज गर्दै उनीहरुको सम्मान हुने खालको कार्यक्रम तर्जुमा गर्दै लैजाने
·

गोर्खा इतिहास र गोर्खा विभूतिहरुलाई नेपाली पाठ्यक्रमभित्र ल्याउने

युद्धसाहित्य, कला र संगीतको उत्थान र विकास गर्ने

विश्वका सम्पूर्ण गोर्खालाई पुर्खादिवसको दिन आआफ्नो देशको समयानुसार बिहानको ८ बजे पुर्खाको पूण्य स्मृतिमा धूपबात्ती गर्दै आफू नजीकको गोर्खा समाधिस्थल पुग्दै त्यहाँ पनि धूपबात्ती गरिदिनहुन हामी गोर्खा सेम्इटि्रज ट्रष्ट विनम्र आग्रह गर्दर्र्छौँ ।

यस वर्षपुर्खादिवस सम्पन्न हुने ठाउँहरु
हङकङ
धरान
काठमाण्डौ
मलेशिया
अष्ट्रेलिया
दक्षिण कोरिया
युके 

कार्यक्रमको रुपरेखा 
.बिहान ८ बजे विभिन्न किन्डरगार्टेन प्राथमिक, माध्यमिक तथा विश्वविद्यालयका विद्यार्थीलगायत हङकङका सम्पूर्ण नेपालीले पुर्खालाई स्मरण गर्दै घरघरमै धूपबात्ती 
.ट्रष्टको सम्बोधन 
.प्रमुख अतिथिको भेलासम्बोधन 
.विभिन्न विद्यालयका विद्यार्थीवर्गबाट श्रद्याञ्जलिगीत “यी त्यही त्रि्रा पौरखी हातहरु सम्पन्न 
.विद्यार्थीवर्गबाट सम्बोधन, पुर्खालेखनको वाचनादि 
.विभिन्न विद्यालयका विद्यार्थीवर्गले वर्षौभरि पुर्खापाठभित्र कोरेका सिर्जनात्मक पुर्खाचित्रहरुको प्रदर्शनी 
.समाधि चौथो को समुद्घाटन 
.प्रदर्शनी / पुर्खाबारे सानासाना नानीहरुको क्रियाकलाप 
.उपस्थितजनबाट धूपबात्ती/पूजाअर्चना 
.शिशुशिक्षाभित्र संस्कृतिको प्रभावाकंनबारे सगरमाथा किन्डरगार्टेनका नानीहरुको क्रियाकलाप
गोर्खा सेम्इटि्रज ट्रष्टको अन्तराष्ट्रिय तदर्थ समिति
नेपाल राजकुमार दिक्पाल तथा डम्बरकृष्ण श्रेष्ठ
सिंगापूर सिमा राई
दक्षिण कोरिया जेबी राई
मलेशिया रामचन्द्र गिरी तथा बिचारी चामलिङ राई
युके राजेन्द्र राई तथा शशि थापा
अष्ट्रेलिया नरेन्द्र राई
धरान प्रदीप मियाङ्बो तथा जसकुमार राई
हङकङ एकराज राई, देवराज राई तथा अमोद राई

गोर्खा सेम्इटि्रज ट्रष्टको अग्रिम कार्ययोजनाहरु
विश्व पुर्खादिवस

पुर्खादिवसलाई विश्व पुर्खादिवसमा विकास गर्दै लैजाने कामहरु भइरहेको । २००९ मा हङकङबाहेक काठमाण्डौ, धरान, मलेशिया, दक्षिण कोरिया, अष्ट्रेलिया र युकेमा पुर्खादिवस सम्पन्न हुने । आगामी सालमा ब्रुनाई, सिंगापूर, बर्मा, बेल्जियम, साइप्रस, अमेरिका, स्पेन, भारत, रसिया लगायतका देशहरुमा पनि सम्पन्न गर्ने पहलहरु भइराखेको ।
काठमाण्डौमा स्तम्भतल

काठमाण्डौ टुँडिखेलमा गोर्खा स्तम्भतल स्थापनाकोलागि पहल शुरु भइसकेको छ । टुँडिखेलमा गोर्खा स्तम्भतल हुनु वाञ्छनीय यसकारणले पनि हो कि यो राजधानी मात्र नभै भौगोलिकरुपले नै नेपालको केन्द्रमा पर्छ ।

स्तम्भतलको धरातल

स्तम्भतलको धरातल विश्वभरि छरिएर विभिन्न अवस्थामा रहेका गोर्खा समाधिस्थलहरुका पवित्र माटोले बनेको हुनेछ । सांकेतिकतामा जहाँ जसरी जुनै स्थितिमा मृत्युवरण गरेता पनि गोर्खामृत्यु नेपालकैलागि थियो, छ भन्ने हो । माटो संकलन यसै वर्षेखि शुरु हुनेछ र गोर्खा सेम्इटि्रज ट्रष्टको संरक्षणमा हङकङमा रहने छ ।
पाठ्यक्रममा गोर्खा

हङकङमा किन्डरगार्टेन प्राथमिक तथा माध्यमिक तहका पाठ्यक्रममा गोर्खा विषय राखिएको छ । नेपालको पाठ्यक्रममा यो समावेश हुनुपर्छ । दार्जीलिङ, सिक्किम, भुटान, मेघालय, असम, नागाल्याण्ड भाक्सु सबै ठाउँको नेपाली पाठ्यक्रममा गोर्खा विषय राखिनुपर्ने भन्ने विचारको विकास गर्दै लगिने छ ।

इजरायलमा युनिटी लाईफ सिर्जनशील समूह गठन
२२ मार्च २००९

विद्यमान नेपालको परिस्थितिमा विकराल रूपमा बढिरहेको बेरोजगारी समस्यालाई क्रमबद्ध अनि योजनाबद्ध रूपमा आमूल परिवर्तन गरी सुनिश्चित र सुरक्षित आर्थिक क्रान्ति सहित सुनौलो भविष्य तयार पार्ने उद्देश्य सहित स्थापना गरिएको एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल पब्लिक लिमिटेडलाई अझ सशक्त र सुदृद बनाउँदै लैजाने हेतुले यस इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई एकतामा बाँध्ने उद्देश्यका साथ युनिटी लाईफ सिर्जनशील समूह (Unity Life Creative Group) गठन गरिएको छ । उक्त समूहका अध्यक्षमा हरि प्रसाद मानन्धर, उपाध्यक्षमा चिरन्जिवी पाण्डे, सचिवमा ऋतु गिरी रहनुभएको छ । त्यसैगरि सदस्यहरूमा क्रमशः बिष्णु प्रसाद तिमल्सिना, मिना कुमारी ज्ञवाली, रिकेस पौडेल, बविता श्रेष्ठ, योगेन्द्र माली, र मिना दहाल रहनुभएको छ ।

आधुनिक विश्वको भौतिक विकास निर्माण र आर्थिक क्रान्तिका अगाडि हामी नेपाल र नेपालीका लागि ई कमर्श नेटवर्किङ बिजिनेस अलि भिन्न लाग्ने कुरा स्वाभाविक नै छ । तैपनि यो अहिले नेपाल र नेपालीका लागि समेत अपरिहार्य बन्दै गएको छ । थोरै आफ्नो लगानीबाट देशमा ठूलो आर्थिक क्रान्ति गर्न र बेरोजगारी तथा लाखौं विदेशिनु पर्ने युवा शक्तिहरूलाई स्वदेशमा नै रोजगार दिने उद्देश्य बोकेर स्थापना भएको यस एस्योरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लिक लिमिटेडमा इजरायलबासी सम्पूर्ण नेपाली तथा अन्य नागरिकहरू समेत आबद्ध भई देशको समोन्नत विकासका लागि हामी इजरायलमा रहेर पनि देशका लागि योगदान पु−याउन अनुरोध समेत गरिन्छ ।

नेपाल इजरायल.नेट