Category Archives: निबन्ध


प्रकरण १
जनवरी १५ इजरायल तेल अभिभ


कारमेन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा यस्तो लाग्थ्यो भूमध्य सागरको तटीय जलबायुले यसपाली झरीको निम्तो अली छिटो दियो क्यार! (इजरायलमा हिउदमा बर्षा हुन्छ) झरी पर्ने क्रम बढ़दै गए पछि उत्तरी भेग तथा जेरुसलमतिर त तापक्रम शून्य बाट ताल सम्म झर्ने गर्छ। यहाँ तेल अभिभमा पनि हल्का बर्षा भएपछि धेरै जाड़ो बढ्छ, आज पनि बिहान देखि टाउको दुखने चिसो सिरेटो चलेको थियो।

छिन छिनमा बदली रहने मौषमसंग जीवनलाई तुलना गर्दै आएको उसले धेरै बर्ष भैसकेको थियो । आज पनि झरीको यो चिसो रात उसको मन सायद यस्तै परिवर्तित समय र जिन्दगीका जोड़ घटाऊ हरुको तुलना मै अल्झी रह्यो ।
धेरै दिन देखि मैले उसको व्यबहारमा अनौठो संगले परिवर्तन आएको देखेको छु। स्वभाबिकता बाट उ पर पर हुँदै गएको थियो ।उसको हिडाई बोलाई र प्राय हरेक कुराहरु बिचित्रको भएको थियो ।
एक झोक्का चिसो सिरेटो जिस्काएझै गरि उसको तन्मयता लाई भंग गर्दै भाग्छ । अहो! झ्याल खुल्लै रहेछ, उठेर झ्याल बंद गर्न नपाउदै अचानक ओइरिएको असिनाका तिन चार ढिक्काहरु कोठा भित्र सम्म पस्छन् ।

समयको कुन बिन्दुमा उसको सपनाले अर्कै रूप लियो, वा जिंदगी अन्तै तिर मोडियो, त्यों पनि उसले बिर्सिसक्यो । तर प्रेम बाट मोडिएर हिडेको नया बाटो वा समझौता को स्वीकारोक्ति नै उसको जीवनको सब भन्दा ठुलो भूल थियो भनेर उसको आत्माले निर्क्यौल निकालेको छ।
उसलाई थाहा छ त्यो निर्क्यौलको यतिखेर कुनै अर्थ छैन, तर किन उ त्यो अतीतमा अल्झिरहेको छ त? जीवनको उत्तरार्धपछि यता यो प्रश्न उसले अाफैसंग धेरै पटक साेधिसकेकाे छ उ किन त्यति निष्ठुर भयो त?त्यसाे त उसकाे निष्ठुरताका कारण जात धर्म समाज वा अरू केहि हुन सक्थे, तर तिनको अमूर्त स्वरूपभन्दा पनि मेराे माया कति क्षीण रहेछ, उ विश्लेषण र ात्मग्लानि एकैसाथ गर्छ।

माया खुसि हुदा धेरै राम्री देखिन्थी, रिसाउदा पनि राम्री नै देखिन्थी,उनीहरू छुट्टिने बेला त झन माया उसलाइ हेरिरहु झैं लागेको थियाे । बिछाेडिएपछिका धेरै दिनसम्म उसले तस्वीरबाट अाखा हटाएन रे। म अनुमान गर्छु अहिले उ ती क्षणहरू सम्झिरहेको हुनसक्थ्याे, किनकि उसको मुहारमा पाेखिएका मुस्कान र अनाैठा भावहरूको विषयमा मैले उसंग धेरैपटक प्रश्न गरेको थिएँ, र अहिले त नसाेधिकनै ती बिम्बहरू पढ्न म अभ्यस्त भैसकेको थिएँ।

असिनाका ढिक्काहरू विस्तारै पग्लिदै जान्छन, र उ साेच्छ मन शायद य्स्तै हुन्छ, हिउँझैं जम्नु, पग्लनु, पानीजस्तै बग्नु वा वाफ भएर उड्नु अनि अस्तित्वहीन हराउनु…………
अब स्पष्टै भनुँ, म यतिखेर त्यही जेरूसलायम सेल जहाव को जाेहारिस बुढाेको प्रसंगमा छु र अब याे प्रसंग शायदै दाेहाेरिने छ । म त्यही बुढाेको सुसारे उसका परिवर्तित दिनचर्याहरू कष्टपुर्वक झेलिरहेको थिएँ। त्यही साँझ उसको स्वास्थ्य अचानक बिग्रेपछि उसको मानसिक अवस्था कहिल्यै स्थिर भएन, सीधा अर्थमा मलाइ सधैं प्रेम, धर्म वा इतिहासका कथाहरू सुनाउने मेराे मालिक पागल भयाे,उसको मनाेवेग असन्तुलित भयाे।

तपाई को ध्यान खिचने र प्रसंग मा प्रवेश गराउने मेरो भित्री लोभ बाहेक यहाँ नेर मायाकाे प्रसंगकाे कुनै औचित्य थिएन न ता उसको कारन ले नै मेरो बुढो साथीमा मानसिक विचलन देखिएको नै थियो। इजरायल मा धेरै बुढा बूढी अल साइमर ले ग्रस्त छन। बुध्यौली मा प्रवेश गर्दा धेरै कुराहरु बिर्सदै जानु स्वाभिविक हो । इजरायली हरु यो अवस्था लाइ अल साइमर का बिरामी भन्न मन पराउछन तर यो अवस्था को वास्तविकता एग्रेस्सिव अल साइमरका बुढा बूढीको स्याहार गर्ने केयर गिभर लाइ मात्र थाहा हुन्छ उनिहरु लाई के थाहा?

(छोरा छोरी हरु प्राय बा आमा लाई हेरेर बसने चलन यहाँ छैन)

त्यस पछि का प्राय हरेक रात उ कराई रहन थाल्यो त्रान्कुलैज़रका मात्र हरु बढ़ाइए, तर उसको बिचालन शांत भएँन। हरेक पटक उसको डाक्टर संग भेटदा उसले निंद्रा को औषधि बदल्थ्यो वा मात्रा बढ़ाऊथ्यो,। एक पटक ता क्लोनेक्स नामक औषधि दिन थाले पछि त खान पिन छाडेर उ चौबिसै घंटा लट्ठ भै रह्यो । तर निंद्रामै बर्बराऊने क्रम भने रोकीएन ।उ आंख बंद गरेको अवस्थामा पनि पियानो बजाएको जस्तो हातका औलाहरु चलाई रहेको हुन्थ्यो, कहिलेकाही गीत पनि गाउथ्यो ।
मानिसको चेतना लाइ के ले अल्झाईराखेको हुन्छ? उसको मस्तिष्क का सबै स्नायु एकै पटक चुडीऐ जस्तै गरि उसले आफन्त, छोरा-छोरी, म सबै लाई बिर्सिएको थियो यहाँ यसलाई क्रिटिकल अल साइमर भनिन्छ ।
यस्तो अवस्था को बिरामी लाई हेर बिचार गर्नु डरलाग्दो पनि हुन्छ , ये बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको!एक बर्ष पुग्दै थियो सबैले नाछाड़ने नै सल्लाह दिन्थे ।

उ त त्यही नै थियो,केवल उसको बीमार ले उसको हालत बिगरेको मात्र हो भनेर मैले त्यही कम संग समझौता गरि रहे।
उसको चिड चिडाहत लाई साम्य पार्न म कहिले आफु लाई डाक्टर,उसको नाती अथवा छिमेक को रूप मा आफु लाई उभ्याउथें र त्यही अनुरूप फकाऊथें त्यस्तो बेला उ अनायास मलाई नै सोध्थ्यो -

मेरो केटो क्रिश चाहिं खोई त ?

त्यस पछि त धेरै पटक उसको स्वास्थ्य नाराम्रारी बिग्रियो । कतिपटक अचानक शक्ति गुमे जस्तो गरेर वेहोस हुने, ढलने र कहिले मृत्युको मुखमा पुगेको शिकार जस्तो डर लग्ने गरि चिच्याउने गर्न थाल्यो, त्यास पछि त्यों घर मा कहिले राम्रो गरि पियानो बज़ेन बरु रात भर घरै थर्कने गरेर विभिन्न खाले नाम हरु पुकारेका आवाज़ हरु छिमेकी ले समेत सुन्थे ।
उसले खाना खानु पनि छाडेको थियो ।

तरल पदार्थ दिन शुरू गर्नु भन्दा पहिले धेरै पटक म उसलाई सम्झाउने र फकाउने गर्थें- खाना नखाए तागत आउदैन तागत नभै कसरी बचिंछ? पहिले जस्तै उठ्नु पर्छ बगैचा घुम्न जानू पर्छ अनि यो सुंदर संसार हेर्नु पर्छ।
बगैचामा आउने रोज़ी,सुसाना,लिलाख हरु संग गफ गर्नु पर्छ,तिमी त अझै तन्नेरी नै छौ नि साथी !

उ मेरो कुरा को बिश्वास गर्दैनथ्यो,दिमाग खुस्किए पनि उसलाई स्पष्ट संग के थाहा हुन्थ्यो भने- यो केटो मेरो बृद्ध संवेदना खिचेर मलाई खुवाउन कर गर्दैछ । उसलाई म उस्माथि मजाक गर्दैछु भन्ने पनि लाग्थ्यो। उ रिसाउथ्यो, झर्कंथ्यो, तैले मसँग ठट्टा गरेको,तै खा?उ कहिले काही त झम्टुला जस्तो गर्थ्यो ।

त्यस पछि पनि कति पटक मैले उसलाई व्हील चेयर म राखेर घुमाउन भने छाडिन, कहिले उ घर फर्कन मान्दैनथ्यो वा यो मेरो घर होइन /यो बाटो होइन भनेर हैरान बनाऊथ्यो । म पनि उसले जता जता भन्छ उतै डुलाई रहन्थे, थाके पछि उ भंथ्यो -सोफा उलम संसार को अन्तिम बिन्दु कहा हो, तिमीलाई था छ? हामी त्यही जानू पर्छ म त्यहाँ पुगे पछि अकास तीर चढछु । तिमी अगला लिएर घर फर्क ।
त्यस पछि भने मलाई हासो उठथ्यो उसलाई लाग्दो रहेछ यही कतै बाट स्वर्ग माथि उक्लन सकिन्छ । यूटा कुरा प्रष्ट थियो उसलाई बाचने इच्छा पटक्कै थिएन,मैले उसको नैराश्यता को बारेमा पनि डाक्टर संग सोधेको थिए, उनी भन्थे औषधिले मानिसको प्रतिरोधलाई उत्तेजित वा सक्रीय बनाउने कोशिश गर्न सक्छ तर जिजिबिषा लाई जगाउन सक्दैन,जिजिबिषा मर्नु अत्यन्त घातक हुन्छ ।


प्रकरण २
मे २९ २००८ बिहीबार


गर्मी को मौषम शुरू भै सके को भए पनि अस्पताल म रात बिताउनु चिसो महशुस हुन्थ्यो। वेलिन्सोन अस्पताल को साशा टावर म हरेक रात कुर्न थालेको लगभग २ हप्ता नाघी सकेको रहेछ,उसलाई कृत्रिम स्वाश प्रश्वाश अझ दिई नै राखिएको थियो ।म हरेक रात त्यहा रहन्थे,र बिहान घर फ़र्कन्थे । संबिधान सभा को चर्चा गणतंत्र को घोषणा जस्ता ताता राजनीतिक गतिबिधि ले नेपाल को राजनीतिवृत्त रंगिएको थियो र सो को कुतुहलता मेटन म भुई तल्लाको कंप्यूटर कक्ष मा कही क्षण हराउथे,सधै साँझ आठ बजे देखि दश एघार बजे सम्म यो क्रम चलिरहन्थ्यो।
अरु पनि थुप्रै बिरामी हरु थिए तिन का केयेर गिभर हरु पनि कोही राती त कोही दिउसो ड्यूटी बस्थे छेउ मा एउटी फिलीपीनी थिई -जूलियट ,उसको र मेरो बिरामी एकै पटक भर्ना भएका थिए कुरा गर्ने साथी भएका थियौं र उता अलि पर छेउ मा भने अर्की रसियन युवती थिई,अंग्रेजी र हिब्रू दुबै नज़ान्ने, तर कुरा गर्न भने एकदम उत्सुक रहंथी बेलुकी पख सम्म त उसका आफन्त हरु हुन्थे तर साँझ भने पुन मेरो बुढो साथी र म एक्लै रहन्थ्यौं  ।

चुपचाप, सुनशान केवल अक्सिजन ट्यूबको र उसको शरीर मा जोडिएको सेंसर मशीनको एक्नासे आवाज़ मात्र रातभर गूंजी रहन्थ्यो, कहिलेकाहि हातको इशारा ले उ केही व्यक्त गर्न खोज्थ्यो उसको धड़कन अस्थिर थियो, त्यो सांझ पनि उ सधै जस्तै पल्टी रहेको थियो । उसका सबै आयामहरु बंद भएका थिए।

धूमिल हुदै गएको आवाज़ र इशारा ले चिकित्सक संग उ एकैपटक भंथ्यो मलाई तिमीहरु कति दुःख दिई रहन्छौ?
बचाउने हरेक कोशिश ले मेरो अन्तिम पल हरु अझ कष्ट कर अझ कष्टकर बनाएको छ । मलाई सजिलो गारी जान देओ उसका आँखा बात आंसूहरु बगिरहेका हुन्थे ।

दश बजे सम्म म इंटरनेट मै थिएँ, त्यास पछि भने म माथि गए उसलाई हेर्न २ हप्ता देखि उ धेरै नै गंभीर भैसकेको थियो । मनिटर ले उसको स्थिति बिग्रदै गएको संकेत गरि रहेको हुन्थ्यो। बेला बेलामा उसको नाडी निकै तल झरेपछि अलार्म बज्थ्यो नर्सहरु आउथे।

सफा गर्ने खानेकुरा वा औषधि दिने सबै काम हरु नर्सहरु ले गर्थे, हाम्रो काम चाही उसलाई अप्ठेरो भएको मह्सुश हुदा डाक्टर वा नर्स लाई ख़बर गर्ने र कुरेर बस्ने थियो । इजरायलमा घरै पीछे फरक फरक काम को अनुभव गर्दै आएकोमा यो अनुभव पनि भोगियो ।
क्रमश मधुरो मधुरो हुदै गएको उसको आवाज़ पूर्णत बंद भयो न त इशारा गर्ने चेतना नै उसमा रह्यो । म कहिले काहि बिस्तारै उसको गालामा स्पर्श गर्थे । एकै पल को निमित्त उ आँखा खोलेर फेरी अवचेतन संसार मा निदाउथ्यो र अब त त्यसो गर्न पनि उसले छाडेको थियो ।

मेरो एक बर्ष पुग्न अब धेरै बाकी थिएन, र एक बर्ष पुगेपछि थप तलब सुबिधा पाइने चलन छ। कम्तिमा त्यति चाहि बाचोस भनेर म सधै जस्तो प्रार्थना गर्थे,मान्छे कति स्वार्थी हुन्छ, मेरो स्वर्थिपना लाइ म यतिखेर आफै स्वीकार गरिरहेछु ।

त्यो दिन मैले बेलून किनेर उसको बेडको छेउमा झुंडयाए, यो देखेर फिलीपीनी मरी मरी हास्दै भन्दै थिई धंदा नमान अझै एक महिना त बाच्छ होला

पालैपालो परिवारका सदस्य हरु आउथे । उसको यो अवस्था भएकोमा दुखेको महशुश गर्थे ।अणि सांझ फ़र्कन्थे त्यस पछिका हरेक पल हरु तटस्थ भए ,जतिखेर हेर्दा पनि उस्तै -आवाज़ चाल महशुश शून्य …….।

मात्र उ बाचि रहेको छ भनेर चाही मनिटरमा देखिन्थ्यो ।
उ उस्तै निदाई रहेको थियो लगातार अलार्म बजे पछि डाक्टर अनि नर्स हरु भित्र पसे हामी बाहिर निकियौं,एकै छीन पछि अलार्म को आवाज़ बंद गरियो,र उसको मुहार बिस्तारै छोपीयो ।

त्यो मध्य रात उ सधै सधै को लागी निदाई सकेको थियो ।

बाहिर बिभिन्न प्रकार का झिलिमीली बत्ती र प्रकाश हरुले उसै गरि उज्यालो छरी नै रहेका थिए तर मैले त्यो पल अत्यन्त चक्मन्न गाढा अँध्यारो महशुश गरें ।


प्रकरण ३
मई ३० शुक्रबार


पालैपालो उसका संतान हरुले उसको पार्थिव शरीर अगाडी उसको आत्मा को चीर शान्ति को कामना गरे यहूदी धर्म अनुसार एकै छीन अन्तिम संस्कार को प्रार्थना गारी सके पछि, सभा सकियो ।

दिन धल्कदै गए पछि आकाश माँ लतपतिएका हल्का बादल हरु लाई चिरेर सूर्यको तातोपना र चमक अझै बिस्तारित नै देखिन्थ्यो ।

यहूदी हरु को जस्तै टाउको मा कचौरा जस्तो किपा नामक टोपी लगाएर म पनि त्यों अन्तिम यात्रामा सहभागी भएको थिए। मेरो बुढो साथी लाइ म यतिखेर व्हील चेयेर मा धकेलि रहेको थिइन ।किनकी बाच्दा कहिल्यै हात नदिने हरुपनि झुम्मिएर उसको यात्रा लाइ साथ दिई रहेका थिए, उसको निष्प्राण देह लाइ बडो जतनले डोरयाई रहेका थिए, म रित्तै थिएँ ।
अहो अब न त उसलाई डोर्याऊन पर्छ न त अगाला धकेल्न न त रातभर बर्बराएर उसले मेरो निंद्रा नै बिथोल्न आउछ, मेरा सबै समस्या हरु उसको अवसान संगै शुन्य भएका थिए ।

तर फेरी म किन अनौठो संग दुखी वा खिन्न भएजस्तो महशुश गरिरहेको थिएँ? के अल्झिएको थियो ? कही हराए जस्तो वा केही निभेजस्तो एक प्रकार को अनुभव ले म एकोहोरिएको थिए ।
मैले देखें त्यों परिसरमा थुप्रै चिहान हरुका लाम थिए कलात्मक ढुंगा मार्बल वा संगमरमर ले समेत सजाइएका सुंदर चिहानहरुका लहर पार गर्दै हामी उसको गंतव्य को अन्तिम बिन्दु तिर लम्कियौं मैले सम्झिएँ – बेत केनेसेट माँ पानी उसको विशेष आशन थियो सबै भन्दा अगाडी मंच जस्तो उच्च ठाउमा अशक्त भएर हिडनै नसक्ने अवस्थामा पनि उसलाई बिस्तारै त्यहिं नै राखिंथ्यो, म बिस्तारै मद्दत गर्थे ।

र आज उसलाई चिहान तिर लगिदै थियो । कहिलै नफ़र्कने गरि… हामी त्यहाँ पुग्यौं जहाँ बाट अब मेरो बुढो साथी कहिलै फर्कने छैन ।उ सधै सधै का लागी अस्ताई सकेको थियो  ।न त उसले रोमंचक मूडमा मयाका सम्झना हरु अब सुनाउनेछ न त उसले यहूदी धर्म अनि जेरुसलम का बयान नै सुनाउनेछ।
छेउमा उभीने हरु भन्दै थिए तिमी गयोऊ अब हामीलाई कसले आशीर्वाद दिन्छ ?
मैले उसलाई स्याहार गतेको ठीक एक बर्ष भैसकेको थियो ।जहाँ मैले उसको घृणा रिस हासो आंसू दुःख अनि मानसिक बिचलन का अनेकौ रूप हरु नजिक बाट देखें, पाछिलो समय मा उसको मानसिक संतुलन हराए पछि मलाई अत्यन्त कठिन भएको थियो। त्यही बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको । उ धेरै झर्काने र रिसहा स्वाभाव को भएको थियो ।

१ बर्ष पुरयाऊछू र छाडी दिन्छु भन्दै झेली रहें झेली रहें तर एक बर्ष पुग्न २ हप्ता अगावाई उसले नै संसार छाडेर गयो (शायद त्याही थाहा पाएर पो हो की! एक पटक त म आफै संग झास्किएँ)
यस्ता कैयौं घटना हरु समय ले लिएर आउछ, हामी संग जोड्छ अनि अनि फेरी कथा जस्तै त्यों सकिन्छ र नयाँ प्रकरण हरु शुरू hudai जान्छ तिन को के गणना ? मैले त्यो तथ्य लाइ पनि बुझेकै थिएँ र प्रकृति को नियम लाई पनि, तर धरती भित्र पुरिदा को अन्तिम घड़ीमा भने मैले आफुलाई सम्हाल्न अत्यन्त गार्हो भएको महशुश गरें। थाहै नपाई आखा हरु रसीला भए र केहिबेर सम्म अरुको नज़र बाट छोप्दै पर पर क्षितिज तिर हेरे जस्तो असफल बहाना गरि रहे । यतिखेर सम्म सूर्य ढल्कने क्रममा थियो, छेउमा बादल को पातलो धरसा रंगीएर रातो रातो भएको थियो ।

संगै रोई रहेकी उसकी छोरीले यो सबै देखि रहेकी थिई र मलाई इशारा गरि क्रिश! आऊ तिमी पनि बा को आत्मा को चिर शान्ति को लागी यो एवेन चढाऊ।
आत्मा फेरी फेरी सांसारिक मायामोह मा नफर्कियोस भनेर चिहान माथी पत्थर को नमूना चढ़ाउने चलन रहेछ । मैले पनि चुप चाप एउटा सानो टुक्रा ढुनगों उसको समाधि माथि राखिदियें ।उसकी छोरी धेरै बेर सम्म आबा लाइ छोपिएको माटो सुम्सुम्याउदै रोई रहेकीथिई ।

फर्कने बेला आमी मौन थियौं सबैका आंख रसीला थिए मौनता लाई मैले नै भंग गरे,र भने सूली! तिमीले आबाका लागि बोलेका अन्तिम शब्दहरु के मेरो लागि अंग्रेजी माँ लेखी दिन सक्छौ? म त्यस लाइ मेरो भाषामा उल्था गर्नेछु ।

उसले स्वीकृति को इशारा गरी।

घरमा पुगे पछि उसले अंग्रेजीमा फेरी एक पटक पढेर सुनाई पढ़दा पढ़दै उ भावुक भएको मैले स्पष्ट देखे ।

आबा

तिम्रो हत्केला र निधार मा चुम्बन गर्न र स्नेह को अंगालो मा बाधिन तिम्री छोरी फेरी आई पुगेकी छ ।

तिम्रो श्रद्दाका लागि पोखिएका यी आंसू हरु र अन्तिम बिदाई को पीडा ले भारी भएका मन हरु सम्बत्सर को यो महान आकार लिएर तिम्रो स्वर्ग को पक्ष मा उभिऐ जस्तै लाग्छन।

तर तिमी जे थियौ,त्याही हुनु को निमित्त स्वर्ग भन्दा धेरै माथी स्वत बिराजित हुने छौ । तिमी प्रति को अगाध प्रेम ले म यसो भनी रहेकी छैन ।…… आबा, तिम्रो महानताको सत्य संग्लो पानी जतिकै स्पष्ट छ। हेर त, यो शोक सभामा झुकेका प्रत्यक माथहरु यतिखेर सम्म पनि तिम्रो हात को स्पर्श महशुश गरी रहेका छन । जसरी गल्ली चोक बगैचा र बेत केनेसेट आउदा जादा उनी हरु को शिर मा हात राखेर तिमी आशीर्वाद दिने गर्थ्यौ ।

तिम्रो सूक्ति ऋचा मन्त्र अनि आशीर्वाद का शव्द हरु पुष्प ले ढकीएको नश्वर देह बाहिर यो प्रांगन भरी अझै पनि गुन्ज़िरहेको सुन्छु र हावाका यी मंद बहावहरुमा पनि तिम्रो माया को मिठो आभास महशुश भई रहेको छ
र यो आभास यति जिवंत छ जहाँ मृत्यु का सबै माप परिधि र परिभाषा हरु रद्द भएका छन
त्यसैले त म भनिरहेकी छू ।

आबा
तिमी बाची रहेका छौ बाची रहने छौ
हामी संगै हामी भित्रै
सधै सधै का लागि !

छोरी सुलामित

समाप्त ।



भत्किएका पत्थरहरु
कृष्ण थापा इजरायल

……।

……। आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचिसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म नियालीरहेँ ।…… म अहिले पनि आस्दोदमै छु यहाँ संगै काम गर्दा तिमीले भनेको भिक्षु उपासकका कथाहरु आजसम्म सम्झिरहन्छु । शायद वुद्धमार्गी भएर पनि हुनसक्छ तथागतका धेरै आख्यानहरु मेरो स्मृतिमा सधै ताजा रहेको छ जुन तिमीबाट सुन्न पन पराउँथे ।

……।र आज फेरि एउटा पाठककै हैसियतले सही तिमीले मेरो बुद्धधर्मको विषयमा केही लेखेको म पढ्न चाहान्छु । यहुदी इश्लाम वा कि्रशिचयनलाई छोएर लेख लेखि रहँदा तिमीले बुद्धलाई किन सम्झिएनौ यसलाई इष्र्या भन्छांै भने पनि मान्छु तर एउटा अङ्क बुद्धको लागि लेख है…॥

साथी निमा

 

पाठक प्रतिकि्रया भन्न पनि मिल्दैन इजरायल आएपछि शुरुको दिनमा उ र म आस्दोदमा संगै काम गथ्र्यौ । नयाँ वर्षको शुभकामना सहित उनले एउटा मेल सन्देश पठाएका रहेछन् ।

म के लेखुँ कुनै खास विषयमा केहि लेखुँ भनेर मैले कल्यिै केहि लेखेको छैन । शायद कुनै प्रसंगमा कतै धर्मका कुरा पनि आए होलान् तर तिम्रो आस्थाको उपेक्षा गरें भन्ने नठान । तिम्रो यो अनुरोध संगै मेरो सम्झनामा परशु प्रधानको माइ लिटिल वुद्धुको कथा स्मरण हुन्छ । जापानतिर पलायन भएका शेर्पा युवकको विवशता उनले समेटेका छन् यसमा । तिमीले पनि वौद्धका गल्लीहरुमा उनी व्यापारीको हैसियतले मानेपेमे गर्दै प्रेयर ह्वीलु घुमाउदा र आज इजरायलको सडकहरुमा ह्वील चेयर घुमाउदाको अन्तरमा तितो वास्तविकतासँग साक्षात्कार गरेका छौ । तिम्रो मेरो र हामी सबैको नियति इजरायलमा लगभग उस्तै छ । हामीसँग महत्वाकाँक्षा जोडिएका समयका घातहरु छन् । वौद्धिक शुन्यता भरिएका कर्महरु छन् अनि त्यहि कर्म गर्न हामी अभ्यस्त भएका छौं ।

तिम्रो सानो वुद्धलाई तिमीमा अनुवाद गरेर यस्तै केहि लेखुँ जस्तो लागेको थियो तर यस विषयले धर्मसंग कुनै सम्वन्धै राख्दैन जुन तिम्रो अनुरोध प्रति अन्याय हो । फेरि तिमी लेखको शीर्षक मानेपेम्मे हुँ राख भन्छौ । मित्र मानेपेमेको शाब्दिक आकारलाई श्पर्श सम्म गर्न सकें । यसको गहिराईमा चुर्लुम्म डुबेर लेखको शीर्षक नै मानेपेमे राख्ने साहस गर्न नसकेकोमा मलाई माफ गर्नेछौ ।

यसैपनि सन्दर्भ र अध्ययनको अभाव छ इजरायलमा । यदि तिमीले त्यो सानो वुद्ध प्रतिमाको सट्टामा धम्मपद वा नेपालीमा उल्था गरिएको कुनै वुद्ध ग्रन्थ उपहार दिएको भए सम्भव पनि हुन्थ्यो होला । तिम्रो अनुरोधको विरोधाभाष जस्तैलाग्ने गरि यसको शीर्षक “भत्किएका पत्थरहरु” लेखिरहेछु पत्थरहरु भित्रबाट तिमी वुद्धको आत्मा खोजि हेर ।

वर्षौ पहिले केन्द्रीय एशिया मध्यपूर्व यूरोप अनि भारत र चीनसंगको प्रमुख व्यापारिक मार्गको रुपमा विकसित भएको सिल्करोड अफगानिस्तानको वामियान उपत्यका हुँदै जान्छ । जस्को छेउमा उभिएका पहाडहरुबाट विशाल चट्टानी श्रृंखला शुरु भएको छ । आदिवासीको स्वर्ग जस्तै प्रतित् हुने ती चट्टाना पहाडमा अनौठा र अनकन्टार सुरुङहरुमात्र थिएनन् शताब्दीऔं पुराना कलाकृति र मूर्तिहरु यी चट्टानहरुमा कुदिँएका थिए । र मानव इतिहासकै सवैभन्दा विशाल बुद्धमूर्तिहरु कोषैपरबाट ती पहाडमा चम्किरहेका देखिन्थे । आजसम्म कुनै कालीगढले यस्तो विशाल भीमकाय मूर्ति किहं बनाएकै छैन । पत्थरको अग्लो पहाड नै मूर्तिमा ढालिएको यो विश्वकै सबैभन्दा ठूलो वुद्धमूर्ति थियो ।

सुन्दर वामियान उपत्यकाको सुरक्षार्थ यसको नजिकै एउटा पहरेदारी वस्ति वसाइएको थियो । ३००० मनिसहरुले यो उपत्यकालाई शत्रुका हातबाट बचाउन एउटा शहर नै निर्माण गरेको थिए । वाह्रौ र तेह्रौ शताब्दीतिरको त्यो शहरुलाईृ लालशहर भनिन्थ्यो जुन वामियान उपत्यका प्रवेश पूर्व ८०० फिट नजिकै थियो । १२२१ मा यहाँ जेंगिज खानका नातिले आक्रमण गरेको थिए । त्यो युद्धमा उनी मारिएपछि आक्रोशित भएका जेंगिज खानले वदलामा सारा वस्ति खण्डहरुमा परिणत गराइ दिएका थिए । यो आक्रमणपछि लाल शहरले कल्यिै जीवन्तता पाएन पौराणिक इट्टाका भित्ताहरु चाहि यथावत रहिरहे किनकी यो मरुभूमि शहरमा तिनको अस्तित्व सखाप बनाउन सक्ने भीषण वर्षा शायद कहिल्यै आएन होला ।

उता वामियान उपत्यकाको वुद्ध वस्तिबाट वुद्ध धर्मावलम्वीहरु सधै सधैंका लािग विस्थापित भएर गए । अफगानिस्तान भन्ने वित्तिकै आतँककारी ओसामा विन लादेनलाई खोज्दै अमेरिकाले ध्वस्त वनाएको मुस्लिम राष्ट्रको चित्रण हुन्छ-हाम्रो मनमा । तर हामीले सुनेको यही आतंकको थलो कुनैवेला हजारौ वुद्धगार्मीहरु भिक्ष्ा र तपस्वीहरुको तपोभूमि थियो । धर्मचक्रहरु घुमिरहेका त्यहाँका गुम्वाहरुमा खीटका धुन सँगै “ओम मणि पद्मे हुँ” का मन्त्रहरु गुञ्जिरहेका सुनिन्थे । मानव सभ्यताको विकास हुदै जाँदा शुरुको समयमा तेस्रो वा चौथो शताब्दी देखि नै यहाँ वुद्ध धर्म फक्रिएको थियो । “ॐ माने मेम्मे हुँ” को संकेत वुद्ध ध्वजाहरु गुम्वाका भित्ताहरु र घुमाउने चक्रहरु जहितिहं कोरिएको हुन्छ किन सम्मानित वुद्ध मन्त्र ॐ मणि पद्मे हुँ -ओम मानेपेमे चल्तीमा को प्रत्यक्ष कमल पुष्पको यज्ञमाथि मणिको अर्पण भन्ने जनाउँछ । यस मन्त्रोच्चारणले आत्मालाई मुक्तिको बाटोतर्फ डो-याउछ । यो सुक्तिलाई लाखौ वुद्धगार्मीहरुले दैनिक धार्मिक अभ्यासको रुपमा हजारौं पटक उच्चारण गरेर वा जप गरेर आफूलाई नितान्त अनाशक्त शान्त र पवित्र बनाइरहेका हुन्छन् । मणिको अर्पणले वहुमूल्य जुहारतको दान भन्ने प्रत्यक्ष अर्थमात्र राख्दैन कि यसले लोभ लालच आशक्ति र व्यग्रतालाई पन्छाएर मनलाई दुःखबाट छुटाउछ । वुद्धधर्ममा यसको महत्व र अर्थ यति व्यापक छ कि यसले सुख शान्ति समृद्धी खुसी र ज्ञान र महामुक्तिको सम्पूर्ण कामना एकैपटकमा गरेको हुन्छ ।

 

चीनको हिमाली भूभाग सम्म लम्बिएको ुहिनुदक्रशु पहाडि श्रृंखलाको अन्तिम लहर र लालशहरलाई काखमा राखेर तरेली जस्तै परेको ुकोही बाबाु पहाडी श्रृंखला । यी दुई पहाडी श्रंृखलाहरुको बीचमा शान्तिको सुन्दर वामियान उपत्यका अवस्थित थियो जुन अफगानिस्तानको काबुलदेखि करीब २३० किलोमिटर पर रहेको छ । विशेषतः तेस्रो शताब्दी देखी नवौ। शताब्दीसम्म यहाँ बुद्ध धर्मावलम्वीहरुको घना वस्ती रहेको थियो पछि विस्तारै इश्लाम धर्मको प्रभाव वढ्दै गएको कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

चिनीया तीर्थयात्री हुआङ साङले वामियान उपत्यका सन् ६३० मा भ्रमण गरेको थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्- “हजारौं भिक्षुहरु र दशवटा गुम्वाहरु भएको वामियान वुद्धिष्टहरुको केन्द्र हो । ती आश्चर्यलाग्दा भीमकाय वुद्ध प्रतिमा जुहारतले सजिएको रंगिन र सुन्दर थिए । यति बिशाल चित्राकर्षक मूर्ति भविश्यमा शायदै वन्नेछ ।” उनले अझ अर्को तेस्रो वुद्ध मूतिको विषयमा पनि उल्लेख गरेका छन् तर त्यो धेरै पहिले नष्ट गरिएको मनुमान गर्न सक्छौ ।

साच्चै नै आजसम्म त्यो अति नै भिमकाय वुद्धको प्रतिमा कतै बनेकै थिएन जसलाई दुष्ट तालिवानीहरुले केवल पत्थरमात्र देखे र विश्वकै अमूल्य सम्पदा सधैंको लागि भत्काएर धार्मिक कट्टरताको परिचय दिए ।

कुनै समयमा ती बुद्ध प्रतिमाहरु कोषौ परबाट सम्म निश्चय नै सुन्दर अलौकिक देखिन्थे होलान् । तामाका मुहार र हातहरुयुक्त ती दुई प्रतिमाले संसारमा वुद्धज्योति छरिरहेको जस्तो लाग्थ्यो । बाह्रौ शताब्दीसम्म वामियान भारतीय उपराज्य गान्धाराको अधिनमा थियो । वुद्धमार्गी वा हिन्दुहरुको धार्मिक क्षेत्र तथा धर्म दर्शन र ग्रीक-भारतीय कलाको केन्द्रस्थलको रुपमा स्थापित भएको थियो ।

गुम्वाका भिक्ष्ाहरु वामियानका पत्थरी पहाडका गुफाहरुमा कुटी बनाएर ध्यान गर्थे । ती मध्य धेरैले गुफाहरुमा र नीर्जीब पत्थरहरुमा बुद्धधर्मका अनेकौं आकॄति कुंदेर जीवन थपेका थिए । वामियान उपत्यकाका ती पौराणिक अवशेषहरु र दुइ विशाल बुद्ध आकृतिलाई युनेस्कोले विश्व सम्पदासूचिमा सुचिकृत गरेको थियो । एउटा वुद्ध प्रतिमा ५०७ र अर्को सन् ५५४ मा निर्माण भएको अनुमान छ । जसको उचाई क्रमशः १२५ फिट र १७५ फिट थियो । वुद्धधर्म फैलिएको त्यो कालखण्डमा ती चट्टानी पहाडभित्र तस्स्या गरेर शान्तिको खोजिमा लागेका भिक्ष्ाहरुले वर्षौको मेहनत लगाएर संसारकै गौरव ती पत्थरका प्रतिमाहरुको सृजना गरेका थिए । उभिएको मूर्ति विरोचनको र वसेको मूर्ति शाक्यमूनि वुद्धको थियो । हजारौ वर्ष अघि अनकन्टार चट्टानी गुफाहरुमा सांसारिक मोहबाट टाढा रही भूमिगत जस्तै अलप भएर तपस्या गर्ने तपस्वीहरुले त्यो अग्लो चट्टानी पहाडलाई नै खोपेर वुद्ध आस्थाको कलामात्र देखाउन खोजेका थिएनन् उनीहरुले कुदेका प्रतिमाका प्रत्येक वस्त्र गहना वा अंग आकृतिहरु प्रेम शान्ति र सहनशिलताका प्रतिक थिए ।

विरोचनको यो एतिहासिक सिला आत्मालाई ढुंगामात्र ठानेर करिव १ महिना सम्म सैयौं रकेट गि्रनेट र विस्फोटकहरु प्रहार गरेर मानव धर्म विरोधीहरुले क्रुरताको कस्तो उदाहरण देखाउन खोजेका थिए जसले विश्व समुदायलाई नै आश्चर्यमा पार् यो । हाम्रो युगको सवैभन्दा दुखदायी घट्ना घटाएर आफ्नै समुदायबाट समेत आलोचित र कलंकित भएका उनीहरुले पत्थरमाथि आक्रमण गरेर धर्मको अर्थलाई नै भत्काउन पुगे ।

वामियान वुद्धमाथिको आक्रमण धेरै पहिले देखि नै गरिदै आएको थियो । विश्व राजनीति िहंश्रक र अशान्त वन्दै गइरहेको परिपे्रक्ष्यमा यस्तो कि्रयाकलापलाई हामी शान्तिमाथिको आक्रमणको संज्ञा दिएर हेर्न सक्छौं । पश्चिम भारत र अफगानिस्तानलाई वाह्रौ शताव्दीतिर धांजीका मुहम्मदले आक्रमण गरेपछि त्यहाँका धेरै गुम्वा र अन्य कलाकृतिहरु लुटिए वा नष्ट गरिए । इश्लाम प्रसारकहरुद्धारा कैयांै पटक ती विशाल प्रतिमाहरु भत्काउने प्रयासहरु भए । तर ती प्रतिमा भत्काउनु पहाड फुटाउनु जस्तै कठिन थियो । अन्तिम मुगल सम्राट औराङजेवले पनि धार्मिक इष्र्याको कारणले बाँकी रहेका कलाकृतिमाथि वारुद र तोपगोला वर्षाएर कुकर्मको हद पार गरेका थिए भने त्यसरी नै नदीर शाह नामक शासकले पनि ती मूर्तिमाथि निरन्तर आगो लगाएर नष्ट गर्ने असफल कोशिष गरेको थिए ।

बामियान बौद्धस्थल यूरोप भारत र चीन बीचको ऐतिहासिक व्यापारिक केन्द्रमार्ग त थियो नै साथै तीर्थयात्री भिक्ष्ा योगी वा लामो यात्राका व्यापारीहरुको अस्थायी आवासको रुपमा पनि ती चट्टाना गुफाहरु रही आएका थिए । पछिल्ला वर्षहरुमा ती खुल्ला र चिसा गुफाहरु अफगानिस्तानको िहंसात्मक गुहयुद्धको चपेटामा पि_िल्सएका आन्तरिक शरणार्थीको वासस्थान पनि भएको थियो ।

दुष्टहरुका कैंयौ कोशिष वावजुद पनि हामीले पाइला टेकेको २१ औ। शताब्दीसम्म ती भीमकाय प्रतिमाहरु यथावत रहेका थिए तर आजको यो चेतनसिल युगमा आइसकेर पनि हामीले तिनलाई यसरी गुमाउन पुग्यौ। कि विश्व समुदायले केही गर्न सकेन । मानव शान्ति माथि मानवरुपी दानवहरुद्धारा यसरी नै जघन्य आक्रमण भइरहेको छ । अर्को तिर चेतनशील वर्गहरु निरिह भएर मौनता अंगाल्न विवश भइरहेको छन् । तालिवानीहरुको घृणित कार्यले मानव सभ्यतामै दाग लगायो । चट्टानहरु संगै यसले धामिृक सहिष्णुतामा विश्वास गर्ने सबै मानिसहरुको विश्वास माथि आघात पुर् यायो । पर्वत समान प्रतित हुने ती प्रतिमाहरु महायाना वुद्धमार्गका महान विम्बहरु थिए । जसले भिक्ष्ा वा तपस्वीहरुमात्र नभई जो कोही पनि आत्मज्ञानको उज्यालो प्राप्त गर्न सक्छ भन्ने पे्ररणा दिइरहेको हुन्थ्यो । ती ऐतिहासिक वुद्ध प्रतिमाहरुको महत्व र मूल्य आजको पुस्ताको लागि अमापनीय थियो अनमोल थियो । लामो वामियान उपत्यकाको चट्टानी पहाड जसले हिन्दुकुश र कोहीवावा पर्वनीय श्रंखलालाई विभाजन गरेको छ त्यहाका ती धरोहर भत्काउन प्रयुक्त वम विष्फोटको आवाजले शान्तिप्रेमी सम्पूर्ण मानव समुदाय त्रसित हुन पुग्यो ।

मान्छे भित्रको बुद्ध आत्मा स्वार्थले पुरिदै गएको छ । आज समस्त शान्ती प्रीय मानिससमा यस्ता कुकृत्यको विरुद्धमा कसरी प्रश्तुत हुने सोच्न सकिरहेका पनि छैनन् । व्यस्तता मानवीय समवेदना हीनता र आधुनिकताले निम्त्याएको परिणाम हो यो । आफू बाहेक अरुको अस्तित्व स्विकार्न नचाहने र प्रदुषित मानसिकता बोकेको समुदाय धर्म वैमनस्ययुक्त विश्व राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुबीचको असन्तुलनको प्रभावबाट यसरी दिनदिनै निरिह बुद्धका सहनशिल मनहरु निशाना वन्दै गइरहेका छन् ।

ऐतिहासिक स्थलहरु मूर्ति-मन्दिर वा सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने कालचेतना आजका शिक्षित मानिसहरुमा मात्र नभै वामियानका भेडा बाख्रा चराउने किसानहरु वा पर्यटकलाई खानेकुरा र पानी पुर् याउने स्थानीयहरु बीच पनि उत्तिकै थियो । तर िहंस्रक शैतानी मन बोकेका धार्मिक अगुवाहरु जो अिहंसा शान्ति विश्व वन्धुत्व र मिलनसारिताको आध्यात्मिक सन्देश फैलिएको हेर्न चाहदैन थिए उनीहरु सम्पूर्ण विश्वले आपत्ति विरोध र खेद प्रकट गर्दा पनि इतिहासकै घृणित र लज्जास्पद कार्यमा सफल भएरै छाडे ।

कट्टर राजनेताको उत्तेजित मनोवेगको विनाशकारी यो निर्णयले धर्मसंग मात्रैपनि सम्बन्ध नराखेर ज्यादा राजनिति र आतंकवादी गतिविधि संग सरोकार राख्छ भनेर धेरै विश्लेषकहरुले ठम्याए । सन २००६ मा तिनै विशाल मूर्ति र वौद्धक्षेत्रको सेरोफेरोको विनाश खिचिएको ूदि जियान्ट बद्धजू नामक डकुमेन्ट्री बनाइयो यसमा त झन के प्रमाणित गरेर देखाईएको छ भने- विनाशकारी त्यो आदेश २००१ मार्चमा इश्लाम नेता मुल्लाह ओभारको नभै आंतककारी नेता ओसामा विन लादेनको थियो जसले पछि अमेरिकाको ट्वीन टावर ध्वस्त गर्ने आदेश पनि दिएका थिए ।

जब जब धर्मको क्षति हुन्छ र पापकर्म वढ्दैजान्छ तव म अवतार लिनेछु भनेर कृष्णले महाभारतमा भनेका छन् । इश्वरीय अवतारको रुपमा नै सही अन्तत्वगत्वा आतंककै वहानामा भए पनि तालीवानी क्रुर शासकहरुको विनाश भएरै छाड्यो । लादेनलाई संरक्षण गरेको र आतंकको थलोको रुपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरि तालिवानीहरुलाई पतन गराएपछि धेरैले त्यो घट्नालाई आध्यान्मिक रुपमा गाासेर विश्लेषण गरे । त्यसो त अमेरिकी अभियान आफैमा अर्को आतंङ्क हो भनेर विश्व समुदायमाझ आलोचित भइराखेको छ । हामी त्यता नजाउँ यतिमात्र बुझौं मूर्तिमाथि अन्याय गर्नेहरु धेरै दिन टिकेनन् ।

निमा तिमीले थाहा पाएका थियौ हालका इजरायलका राष्ट्रपति सिमोन पेरेजले टेम्पल माउनट भित्रको मुस्लिम वाहुल्यता रहेको धार्मिक स्थलमा प्रवेश गर्दा यहुदीहरुले इजरायलभरी कत्रो विरोधको आगो सल्काएका थिए ! तिम्रो समुदायले पनि वुद्धमूर्ति भत्काएको त्यो क्षणमा के हिन्दु वा मुस्लिमजस्तै या कि्रशिचयन वा यहुदीहरु जस्तै विपक्षको मन्दिर मस्जिद वा चर्च भत्काएको आगो वाल्ने र पुस्तक ग्रन्थहरु जलाउने कार्य गर्न सक्दैनथ्यो र

तर अहँ उनीहरु वुद्ध मार्गमा हिडेका थिए । स्वभाविक रुपमा तिम्रो समुदायबाट खेद र आपत्ति त आयो तर यसले संघर्ष र रक्तपातको कुनै बाटो लिएन । सधै झै बुदमार्गीहरु उस्तै शान्त मौन र सहनशील रहिरहे । उनीहरु बुद्ध प्रकृतिजस्तै नितान्त उद्धेगरहित सागर बनिरहे । फलस्वरुप तिम्रो वुद्धका कालिगढ भिक्ष्ाहरु सन २०१० भित्रमा त्यही महान वुद्ध त्यहि स्थान र त्यही आकारमा निर्माण गरिरहेछन् र सहनशिलताको अर्को इतिहास कोरिरहेछन् ।

अफगानिस्तानमा वुद्धमार्गीहरु विस्थापित भएर मुस्लिमहरुको जगजगि भएपश्चात पनि त्यो ऐतिहासिक वामियान उपतयका र हजारौ वर्ष पुरानो विशाल बुद्ध प्रतिमा बुद्ध समुदायको लागि गौरवको पर्यटकीय क्षेत्र बनेको थियो ।

यद्यपी धार्मिक स्थलको रुपमा स्थानीयहरुले स्थापित हुन भने दिएका थिएनन् । कतिपयलाई त त्यो वुद्धको मूर्ति थियो भन्ने सम्म पनि थाहा थिएन । शाक्यमुनिको वसेको प्रतिमालाई उनीहरु कुनै स्त्रीको मूर्ति भनठान्थे र विेरोचनलाई पुरुषको आकृति । वुद्ध धर्मावलम्वीहरु त्यहाँ कोही बस्तैनथे ।

पछिल्ला धेरै वर्ष देखि यता त्यहाँ कुनै गेरु वस्त्रधारी बुद्ध भिक्ष्ाहरुले मानेपेमे हुँ भन्दै हिडेको देखिएको थिएन । न त भत्कदै गएको बुद्ध प्रतिमा र खण्डहरुको अस्तितवमा रुपान्तरित भै सकेको गुमवाहरु र ढुंगे गुफाहरुमा धर्मका कुनै मन्त्र वा भक्ति संगित गुिाजएको नै थियो । पर्यटकीय धरोहरका रुपमा भ्रमण गर्नेहरु त धेरै भए होलान् तर त्यहाँ धार्मिक तीर्थयात्राको लागि वुद्धमार्गीहरु नगएको धेरै वर्ष भैसकेको थियो ।

मान्छेको नयाँ वस्ती र नयाँ समाजको निर्माण संगै धार्मिक राजनितिक उचारचढाव र पिल्स्याइहरुबीच भत्किदै गएको त्यो पत्थरको मूर्तिबाट वुद्धको आत्मा पहिले नै हराइसकेको थियो कि ! शायद हुन सक्छ तिमीहरुले यस्तै केही सोच्यौ कि भनेर विश्व सशंँकित पनि भएको थियो । तिमीहरुको मौनता र मूर्तिमा आत्माको प्रतिस्थापन गर्ने परम्पराले यस्तै सोच्न वाध्य वनाएको थियो । तर तिमी विरोधमा नआएको त्यो कारणले थिएन ।

वुद्ध त शान्ति हो तिमीहरु शान्त भयौ । तिमीले कसैलाई शत्रु देख्नै सकेनौ अज्ञानीहरुको भूलको लागि सँघर्णमा जानु तिम्रै धर्मले दिएन । प्रतेक ढुङ्गाहरुमा वुद्ध आत्मा वाँचिरहेको थियो जसको भौतिक स्वरुप भत्काइदा तिम्रो मन दुखे पनि सधै अटल र निश्चल रहेको तथागतको शान्त आत्मिक स्वरुप र शान्तिप्रतिको आस्था तिमीले भंग हुन दिएनौ ।

गोपाल योाजनको यो गीत जस्तैः

समर खेल्न शत्रु छैन
जित्नुपर्ने युद्ध छैन
शान्ति भन्दा पर अर्को
भेट्नुपर्ने वुद्ध छैन ।

-प्रभा आचार्य

एकदिन संजोग्बस घरमा पहुनाहरु आए । पाहुनाहरुको लागी पनी खाना पका भनेर सासूले भन्नु भयो मैले खाना थपेर पकाए । ती पाहुनाहरू एक जना हाम्रै अधियार खेती गर्ने धने बिस्वकर्मा दाई र अर्को हाम्रै खेती को जग्गा माँ बसेर हाम्रो लुगा बालिमा सिलाउने सन्त दमाई दाई हुनुहुन्थ्यो । साँझको यस्तै आठ बजेको हुदों हो सासूले पाहुनाहरू भोकाए चाडो खाना खुवाऊ भनेर आदेश दिनु भयो । मैले पनी सोही अनुसार खाना चाडो पकायेर भांसाघरमा काठको पीराहरु संगे ठीक पारेर खाना पस्किवरि ती दुवै दाइहरुलाई खाना खान औनुहोस भनी बोलाएँ । ती दुवै जना दैहरू बाहिर कलबाट हात धुएर भांसा घरभित्र पसे । मैले बस्न ठीक पारेको ठाउँमा इशारा गर्दै दुवैजनालाई बस्न भनी संकेत गरें ।

तर … …दुवैजनाले एकै ठाउमा बस्न असहज माने झै गरे, म अचंभित भएँ किन यिनिहरू बस्न अप्ठ्यारो मानिरहेछन भनेर आश्चर्य मान्दै हैन के भयो? बस्नुहोस्न भनेर फेरी आग्रह गरें अनि पो धने बिस्वकर्मा देले मुख फोर्नु भयो” नानी म यसरी नजिक बसेर खाना खादीन फेरी छोई छाई हुन्छ नि” भनेर पीरा अलिक पर सारेर बस्नु भयो । उता सन्त दाइले पनी धनेदाईको बिचारलाई शिरोपर गारी झुकेको शीर बनाई ”हो नानी म धने देको नजिक बसेर कहाँ खान्छु र ?” भनेर आफुलाई हृदयाभित्रबाट म सानो जातको हूँ मैले यसो गरेमा अनर्थ हुन्छ भन्ने भाव प्रष्ट पार्दै काठको पीर अलिक पर सारेर दुवै जना खाना खान ब्यस्त भए.

 म भने मनभरी, दिमागभरि प्रश्न चिह्न बोकर उनीहरूले आफु आफु बिच बर्गीकरण गरेकोमा आश्चर्यचकित हुदै आफै भित्र टोल्हाउदै सोंचिरहेंआफुले आफुलाई ठुलो ,सानो ,नीच ,उच् ,छुत्त्याउन थाले पछि समाज,देश ,गाऊं,र अरुले ता त्यासी पनी यस्तै बर्गमा सधैं छुट्याई रहन्छ नि अनि कहिले हाम्रो समाज ,गाऊ,देशको उन्नति होला र ? अनि मान्छेको यस्तो सोचाइम कहिले परिवर्तन आउला? भनेर कल्पिन थालें । यत्तिकैमा धने दाइले नानी खाई अलीकती भात ल्याऊ भन्ने वाक्यले म झस्कियें अनि दुवै जनालाई थपिदिन तिर लागें ।