जब तिहार आउछ… अन्जु ढकाल

जब तिहार आउछ…

शरद ऋतू ! सफा अकास, स्वछ हावापानी, छंगछंग गर्दै बग्ने नीला नदिनाला, करेसा बारीमा मुस्कुराउँदै फुलेका मखमली र सयपत्रिका रंगिबिरंगी फुलहरु अनी तेस्को मज्जा लिंदै गरेका भमरा र पुतलिहरू/  सेतो कमेरो र रातो माटोले लिपेका घरका भात्ताहरू र हरियो गोबरले लिपेको भुईले घरबस्तीहरु बिबाहमा सिगारियेकी दुलईझै सुन्दर र गमक्क देखिन्छन/ फुलहरु सुगंध छर्नमै [...]

गणतन्त्र

गणतन्त्र
प्राक्रितिक सुन्दरताले भरिपुर्ण रमणिय गाउँमा जन्म लिन पुगेकिमा नदिका सार्‍है खुशी थिन्।बाल्यकाल कत्ति छिट्टै बिताएर् किशोरावस्थामा पुगिएछ थाहै नभै।हुनत बाबु-आमालाई छोरी कहिले
ठूली होलिन् र हाम्रो साहारा बन्लिन् भन्ने जस्तो लाग्दथ्यो। उनिलाई भने परिवार साथी भाइ लगाएत आफ्ना सम्पूर्ण छर छिमेकको माया पाएर होला आफ्नो दिनहरु छिट्टै [...]

पौराणिक दोहोरी

पौराणिक दोहोरी
दोहोरी भन्ना साथ् हामीले गाउने लोक भाकाको गीत भन्ने बुझ्छौ तर मैले यहाँ गाउँन लगेको दोहोरी भगवनाको पालामा गाउँने दोहोरिको चर्चा गर्न लागेकी छु। हामीले रामायण् पढ्दा सीता जनकपुरको राजा जनकको छोरी हून्। राजा जनकले आफ्नो सन्तान नहुँदा बारीमा जोत्दा भेटेको शीशुलाई आफ्नो छोरी बनाएको भन्ने कुरा थाहा पाएका थियौ। र उता अयोध्याका राजा [...]

इजरायलमय नेपाल..(सत्य घटना)

इजरायलमय नेपाल……………………………(सत्य घटना)
आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो [...]

नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु…

 नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु…
        चाड-बाड अनि धर्म र संस्क्रितिको धनि नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै चेलीहरु माइतिघरमा जाने अनि मिठो-नमिठो जे भए पनि मिठोमानेर “दर खाने” र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको माध्यामबाट पोख्ने र आफ्ना साथी-संगीहरुसङ रमाइलो गरि “तिजको रहर आयो बरिलै—”भन्दै नाच्ने चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो पतिको [...]

नयाँ नेपाल !!

नयाँ नेपाल !!
 
नयाँ नेपाल !! नयाँ नेपाल !!! आहा सुन्दै नौलो अनुभुती, नयाँ आभास अनी मन लाई नै प्रफुल्ल बनाउने कुनै गहन प्रेरणादायी सन्देश जस्मा नेपाली मात्र को सपना लुकेर बसेको छ। तर त्यती गर्दैमा हाम्रो दायित्व कहाँ सकिन्छ र।
सुन्दा जती आनन्द आउछ तेतिकै नमिठोपन मैले भेटेको छु नयाँ नेपाल को नयाँ बस्तुस्थिती लाई नियाल्दा। [...]

नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा

नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा–
 
     देशमा जनयूद  चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युबा शक्ती बाहिरि रहेको अबस्थामा म पनि खाडिरास्ट्रमै भएपनि जाने सोचमा थिए।यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। “कुवेतमा रोजगार,फ्रि-भिसा अनि इन्टर्भियूमा सेलेक्टभए १५ दिनमा फ्लाईट” के खोज्छस कानो [...]

तीज -

तीज -
सीता बराल
ूरम र झम तीजै आयो भन्छन्
कमाईदेउ राजै शिरफुल ।ू
हीन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकीदै छ । जन्मघरमा चेलीहरु जम्मा भएर वर्ष भरिका पिडा दुःख अनि बचनहरु गीत मार्फत पोखेर मन शान्त पार्ने दिन । तीजको ५ दिन चेलीहरुका लागि माईतको हक लाग्छ पनि भन्ने गरिन्छ ।
अहिलेको तीजको माईत नजाउ पियारी
९ सयको ल्याइदिउला [...]

कुवेतमा नेपाली कामदारको अबस्था

 
कुवेतमा नेपाली कामदारको समस्या,समाधान र अहिलेको अबस्था:-
 
           छोटो जिवनको लामो यात्राको क्रममा आफु अनि आफ्नो परिवारलाई सुख-सुबिधा दिने अनि उचित रोजगार र राम्रो पारिश्रमिक पाऊने आशामा अरू खाडि राष्ट्र जस्तै कुवेतमा पनि दिन-प्रतिदिन नेपाली महिला र पुरूषको संख्या बढने क्रम बढिरहेको छ।महिलाको लागी सरकारी स्विक्रिति नभएकोले भारत हुदै वा बिभिन्न माध्यमबाट  वा श्रमस्विक्रिति नलिकन आउनेको [...]

NRN इजरायलको चुनावी पारो

NRN इजरायलको चुनावी पारो
“कहीं नभा जात्रा हाडी गाउमा” भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको “गैह्र आवासीय नेपाली संघ” नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।
नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै [...]

तिम्रो अवसानमा… कृष्ण थापा

प्रकरण १
जनवरी १५ इजरायल तेल अभिभ
कारमेन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा यस्तो लाग्थ्यो भूमध्य सागरको तटीय जलबायुले यसपाली झरीको निम्तो अली छिटो दियो क्यार! (इजरायलमा हिउदमा बर्षा हुन्छ) झरी पर्ने क्रम बढ़दै गए पछि उत्तरी भेग तथा जेरुसलमतिर त तापक्रम शून्य बाट ताल सम्म झर्ने गर्छ। यहाँ [...]

हरियो चुरीको कमाल

हरियो चुरीको कमाल

                      तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि  चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले  तेल अभिभ तखाना अनि  पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!
के [...]

तीज र ऋषी पंचमी

तीज र ऋषी पंचमी
हिन्दु महिलाहरुको महान चाड तीज फेरी आउदैछ
कसरी सुरु भयो त तीजको पर्व? यस विषयमा ज्योतिष पण्डितहरुका अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्री महादेव स्वामी पाउँ भनी मनमनै कामना गरिरहेको बेला पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही [...]

मधेशीको जित = भारतको जित

मधेशीको जित = भारतको जित
-एकलाल यादव
”म पहिले नेपाली हुँ मधेशी होइन”
[तपाईलाई लाग्ला, यो उपेन्द्र यादव कति तगडा रहेछ । प्रचण्ड, माधव नेपाल, गिरिजा, बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता [...]

गोर्खादेखि नागार्जुनसम्म

मध्य नेपालको पहाडी भेगमा रहेको गोरखा दरबारबाट पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको नेपालका शाहवंशीय राजाहरुको शासन यात्रा अन्त्य भएपछि भूतपूर्व राजाको बसाई पहाडमै अवस्थित नागार्जुन दरबारमा हुने भएको छ।
शाहवंशीय राजतन्त्रको इतिहासमा राजाहरुले चार विभिन्न दरबारहरुबाट शासन सञ्चालन गरेका थिए। बुधबार पूर्वराजा ज्ञानेन्द्रले छाडेको नारायणहिटी दरबारमा उनी सहित छजना राजाको बास रहेको थियो।

शासन
विगत अढाइ सय [...]

अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न

अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न
कृष्णचन्द्रसिंह प्रधान
धेरैजसो शिक्षार्थी, प्रबुर्द्धवर्गको मनमन्दिरमा अब देवता होइन, त्यसको ठाउ“मा युरोप छ । त्यसकै आराधनामा ध्यानमग्न देखिरहेछु ।
मेहनत गरी खाने जवानमा पनि कुवेत, साउदी अरेबिया, जापान, कोरिया, कतार, मलेसियाबाहेक केही देख्दिन । लाग्छ तिनैबाट निर्मित भविष्य हौं हामी । आफ्नो देशको सपना देख्नेहरू त खै को छन् र - यसलाई पनि [...]

Is Nepal Ready for a Republic?

Is Nepal Ready for a Republic?
By Krishna Giri
.There is no doubt that people have demanded change and it must be delivered. While implementing the changes, let’s hope the leaders will not make any other blunders and force the country into yet another crisis. The CA results have clearly favoured the Maoists. NC and UML cannot [...]

संविधानसभा सुचारु

संविधानसभा सुचारु
- प्रमुख सत्तारूढ दल र तीन मधेसी दलको सहमतिअनुसार बुधबार संविधान- सभा बैठक सुचारु भएको छ ।
फोरम, तमलोपा र सद्भावनाका सभासदहरूले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच फागुन १६ मा भएको सम्झौताअनुरूप संविधान संशोधन गर्न मागमा गरेको रोस्टम घेराउका कारण १४ दिनदेखि बैठक अवरुद्ध थियो ।
सात दलको सहमतिमा संविधान संशोधनका लागि सरकारले दोस्रो पूरक [...]

प्रीय वाइद…………॥नयन्द्र चेम्जोङ्ग

स्मरणः प्रीय वाइद…………॥
नयन्द्र चेम्जोङ्ग
मौना वुधुक ३ धनकुटा
हालः तेल अभिभ इजरायल ।

जुन शुखद भविष्यको अनुभुतीको कल्पना गरेर शुरु गरेको मलेसियाको यात्रा अघिल्लो दिनको कष्टकर यात्राको स्मरणले मेरो मनको अन्तरवेदनामा एउटा पिडादायक यात्राको स्मरणको बावजुद म आफ्नो भावनामा डुवेर वर्तमान र भविष्यको मेरो जीवनको गन्तव्यको योजनाहरु कोर्दै थिए हामीलाई ल्याएर राखिएको घरमा वसेका मान्छेहरुले ूचिया खाने हो [...]

नारायणहिटी, म्युजियम र औपा

abhi subedi
एउटा मनुवा कही“ पश्चिमी जगतबाट नेपाल हर्ेन आयो । यो पत्रकार मैले मेरा अनेकौ“ पश्चिमी मित्रका विचार र चिन्ताबाट निकालेको औसत पात्र हो । त्यसैले उसलाई म छोटकरीमा औपा भन्छु अबदेखि । औपाले नेपालको राजनीतिक उथलपुथलबारे धेरै सुन्यो, पढ्यो अनि आउ“ने-जानेले बयान गरेको सुन्यो । उसले अघि पढेका र सुनेका किताबमा नेपाल पल्टाएर [...]

राष्ट्र नअटाउने छातीहरू

राष्ट्र नअटाउने छातीहरू !
मोदनाथ प्रश्रति

निरंकुश राजतन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्र“दा लाग्थ्यो, जनताको एकता अजेय छ । नेपालमाथि अब कुनै मुलुकले बा“गो आ“खा लगाउन सक्ने छैन । तर अहिले सदनका दृश्य देख्दा लाग्छ- मानौं विभिन्न जंगलका कविला परस्पर युद्धको तयारीमा छन् । पर्ुखाहरू मिथिलाको नेमिकाननमा भेला भएर उद्घोष गर्थे- ‘वसुधैव कुटुम्बकम् ।’ लुम्बिनी र हिमाली [...]

मेरॊ बुढॊ

मेरॊ बुढॊ (ब्यङग्यात्मक सत्य घटना) गॊमा श्रेष्ठ ,इजरायल ।
जीबनकॊ बक्र चित्रलाइ हेर्दा प्रथम चरण जन्म,दॊश्रॊ चरण लॊभ ,माया र भॊक र अन्तिम चरण मृत्यु नै हॊ भन्ने कुराकॊ सत्यता झैँ यस जगतमा भएका सम्पूर्ण जीबित प्राणीकॊ समयचक्रमा पनि तिन चरण हुने ध्रुब सत्यताबाट हामी कॊहि पनि अनबिज्ञ छैनौँ हॊला । हरेक प्राणीहरू बालक, जबानि र [...]

जीवनको मूल्य

जीवनको मूल्य

रामेश्वरी पन्त

पोखरामा एउटा साहसी बालक कमल नेपालीले मृत्युको मुखबाट एक अपरिचित बच्चीको ज्यान बचाइरह“दा बुटवलकी जुना सुनारले विष सेवन गरी आफूसहित आफ्ना १६, १४ र ११ वर्षा तीन सन्तानको ज्यान लिएको खबर सुन्दा ममात्र होइन, जोकोहीको मन स्तब्ध भयो होला ।सर्ुकर्म गर्‍यो भने त्यसको फल स्वतः प्राप्त हुन्छ । साहसपर्ूण्ा कार्यले आज कमल नेपाली र उनको परिवारको कायापलट भएको छ । हिजोसम्म धूलोमाटोमा खेल्दै डुलिरहने कमल नेपाली आज सबैको आ“खाको नानी बनेका छन् । साहसीको लागि उमेरको सीमा हु“दैन । कमलले यही देखाइदिए । उनको साहसले दिएको सन्देश अपर्ूव छ । मानव कल्याणभन्दा ठूलो धर्म र महान कर्म अरू केही रहेनछ भन्ने जीवन्त नमुना बनेका छन्, कमल ।

खबरदार ! - कृष्ण थापा

खबरदार !!!

सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछि
जनताको छातिभित्र आन्दोलन जलेपछि ।

भत्कनेछ खंडहर झै सामंती संरचना
दरबरिया नीरंकुशे बंधन जलेपछि ।

फ़र्किनेछन आगोका लपकाहरु आफैतिर 
सचेत नागरिकमाथीको दमन जलेपछि।

बिर्सियौ की इतिहास कोरिन सक्छ भन्ने
क्रांतिमा जनताको जिउधन जलेपछि ।

मजदूरी गर्न छाडी कैयौ ‘सेतु’हरु आउछन
शासकले आगो बाल्दा मन जलेपछि ।

       र यसबेला म यो ग़ज़ल लेखि रहेको छैन  , म ती लोकतान्त्रिक, आन्दोलन का [...]

भत्किएका पत्थरहरु

भत्किएका पत्थरहरु
कृष्ण थापा इजरायल
……।
……। आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचिसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म [...]

टुक्रियो बोलिभिया

टुक्रियो बोलिभिया
योगेश खतिवडा
बोलिभियाका केन्द्रीय सरकारका वामपन्थी राष्ट्रपति इभो मोरालेजले विभिन्न प्रान्तहरूले गरेको जनमत संग्रहलाई अवैध भनिरह“दा आइतबार तारिजा प्रान्तमा भएको जनमत संग्रह -स्वायत्तको पक्षमा ८२ प्रतिशत जनताबाट मतदान) ले यो राज्य स्वायत्त भएको घोषणा गर्‍यो ।
राष्ट्रपति मोरालेजले लिएको ‘वामपन्थी सुधार’को विपक्षमा रहेको भन्दै स्वायत्त भएको घोषणा गर्ने यो पहिलो राज्य होइन । यसअघि नै [...]

अशोभनीय भेदभाव -प्रभा आचार्य

-प्रभा आचार्य
एकदिन संजोग्बस घरमा पहुनाहरु आए । पाहुनाहरुको लागी पनी खाना पका भनेर सासूले भन्नु भयो मैले खाना थपेर पकाए । ती पाहुनाहरू एक जना हाम्रै अधियार खेती गर्ने धने बिस्वकर्मा दाई र अर्को हाम्रै खेती को जग्गा माँ बसेर हाम्रो लुगा बालिमा सिलाउने सन्त दमाई दाई हुनुहुन्थ्यो । साँझको यस्तै आठ बजेको हुदों होसासूले [...]

पुरुषोत्तम सुबेदीका अरु रचनाहरु

                            
 
 
 
 
 
 
 
 
गैर जिम्मेवार             
                            (गीत)
                         पुरुशोत्तम सुबेदी -बेल्जियम     
 
 नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की ब्रान्डी ।।
———————————————————————————-
 कोही झुप्रोमा खोले छैन - कतै भोज भातेर छ -
 सधैं धन को पछी कुद्ने - जन ले कसलाइ टेर्छ -
 शोषक जती पाखा सरे -     मुर्ख अघी सरे -
 कायर जती सबै भागे -    सत्जन सबै मरे -
 बिर्सि [...]

गुलाबी फ़्रक - सन्जु बजगाईं ‘नेपाल’

- सन्जु बजगाईं ‘नेपाल’
बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुईमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ - फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको - दुवैलाई भित्र डाकें । “बज्यै के पिउने - चिया [...]

प्रचण्डको हर्कत

प्रचण्डको हर्कत
हुनेवाला राष्ट्रपतिको शान निकै ठुलो पो रहेछ हाम्रा हुनेवाला राष्ट्रपति साह्रै नै भाग्यमानी रहेछन्। यदि बिश्वमा ठुलो हिमाल छ भने नेपालमै छ अनि ठुलै नेता खोज्ने हो भने नेपाल मै आउनु पर्छ बिश्वका भाग्यमानी र ठुला नेता भनेकै हाम्रा भावी राष्ट्रपति प्रचण्ड नै हुन् है। अचम्म लाग्न सक्ला तर अचम्म मान्नु पर्ने कारण [...]