Category Archives: व्यंग्य

kaleko-jhataro

धेरै दिन भो, झटारो प्रहार नभएको । देशमा शायद गणतंत्र नामक सुशासन लागू भै सर्वत्र अमनचयन कायम भएकोले यस्तो हुन गएको पो हो की भन्ने भ्रम नहोस, कुन्नी के को काम पनि छैन फुर्सद पनि भने झै दामी काले आजकल सारो बीजी भएकोले यो स्तम्भ ओझेल परेको मात्र हो ।

प्रतिभाको एक सांस्कृतिक कार्यक्रममा वाचित व्यंग समाचारको झल्झली सम्झना भै रहेछ मलाई, समाचारमा माइला दाई, उनको घरबार र खाजतंत्रको खेदो खनिएको थियो भने गन्गन्तन्त्रको बयान । यो सान्दर्भिक पनि थियो, नेपाली हरुले गणतंत्र को ऐतिहासिक उपलब्धी जो गरेका थिए । यसबेला गणतंत्र धेरैलाइ धेरै मानेमा गतिलो झटारो साबित भएको छ । हुन त अहिले यसो उसो भनेर टिका टिप्पणी गर्नु पटक्कै उचित होइन तर राजनीति कर्मीहरु यही विषयलाइ प्रयोग गरेर पुरनै खाले सताको खेल खेल्न उद्द्यत छन ।

कोही फलानो लाइ सत्ता फलामको च्यूरा बनैदिएको छू भन्दै हिडछन, कोही आतंकको भरमा देश चलाउन पाउदैनस भन्दैछन, जनताका छोराछोरीहरुलाई क्रान्तिमा होमेर माथी पुगेका सत्ताधारीहरु पनि अघिकाहरुकै तालमा हिडेर उधोगति तर्फ लाग्ने शंका धेरै को मनमा छ भने अधिकांश सीधा सादा अनुहार भने खोई के खोई के को स्थितिमा अल्मालिएका छन ।

हत्या हिंसाको दलदलबाट बल्ल अलिकति छुटकारा पाएका नेपाली जनताले गणतंत्र प्राप्तिको खुसी र उमंग राम्ररी मनाइसकेका पनि छैनन, उता फेरी नेपाली जनताको हार हुने भयले एकथरि आत्तिन थालिसकेको अवस्था छ, यस्तो किन ?

हुलका हुल असंतोषहरु बिद्रोह, भएका छन,- मधेश भएका छन, पहाड़ भएका छन -हिमाल भएका छन -किरात भएका छन,-बाहुन भएका छन । तर नेपाली मात्र हुन चाही हामी किन नखोजेको? भन्ने प्रश्नले दामी काले लाइ रिंगाएको धेरै दिन भै सक्यो ।

बादरको हातमा नारिवल भन्ने उखान हाम्रा बाजे बराजूले बेलैमा रचेर ठुलै गुन लगाएका हुन । प्वाट्टै फुटाएर त्यसको स्वाद चाखन नजाने पछि नरिवल भकुन्दोको रुपमा प्रयुक्त हुनु लाइ दामी कालेले अस्वाभाविक मानेको चाहि छैन ।

राजनीतिका खेलाडीहरु भकुन्डोलाइ आफ्नो पक्षमा पार्न सधै तल्लीन छन । नेपाली जनताको अभिलाषामा ठेस लागोस, या कुठाराघात होस तिनलाई के को चासो? सबै समान हुन्छौं भन्थे, सबै सुखी हुन्छौं भन्थे, सबै एकै हुन्छौं भन्थे, के के हुन्छौं के के, भन्थे, होला नि त, भन्दै एक्थरि चाहि “भन्ने दिन र सुन्ने दिन” पर्खदै अधुरा सपनाहरुमा बाचिरहेका छन, अधिकांश भोकानंगा निमुखा नेपालीहरु यही आशावादी बर्गमा परेका छन ।

आहा सपनाहरु कति सस्ता हुन्छन, सबै कुरा महँगीदै गएको नेपाली जनताको थाप्लोमा गणतंत्र पछिको सुखद विकासको मीठा मीठा सपनाहरु भर्भरि पलाएका छन, बन्दूकको नाल र रगतको आहालबाट कहिलै मुक्ति नपाएका नेपालीहरुका ती सपनाहरू पुरा गर्न समयले कति बिलम्ब गर्ने होरू त्यसको अनुमान भने कालेको सघुरो दिमागको परिधि भन्दा बाहिरको कुरा हो । यद्यपि त्यसका लागि गणतंत्रमा पनि फेरी फेरी शक्तिकै मात्र होड़बाज़ी गरिनु हुन्न भन्ने यसको ठम्म्याई हो ।

यो झटारो पढेर काले लाइ गणतंत्र बिरोधी मंडलेको रुपमा हेर्दै हुनु हुन्छ भने तपाई सरासर ग़लत हुनुहुन्छ । यसको प्रतिपक्षको वकालत गर्ने त परको कुरा त्यों हरकत गर्ने को कलमै भाचियोस समेत भन्न चाहन्छ काले । तर आधुनिक खोया बिर्केमा लठठीएर कालो धनको पोको पार्दै रातारात क्यासिनो डिस्को धाउनेहरु र आचार बिचार सबै भ्रष्ट भएका सरकारी धुकुटी रित्त्याउन पल्केकाहरु बाहेक, गरीबीको मारमा पिल्सिएका अधिकांस नेपालीहरु गणतंत्र भित्र सुनौलो भविष्य साचेर बाचेका छन, जून जोगी आए पनि कनै चिरेका भन्दै तिनले पुर्पुरो हात लगाएको हेर्नु नपरोस, गृहयुद्धमा भाग्याजोग्य चिटठा जस्तै गरि जोगिएर बाचेका, वा खेतीबारीको काम छोडेर क्रांति को गीत गाउन हिडेका कालेका दौतरीहरु यत्ता न उत्ता मुलाबारी भित्ताको कित्तामा नपरून ।कालेको चाहना यत्ति मात्र हो ।

खरानी भएका भौतिक संरचानाका खंडहरहरु उस्तै छन । अझै बाकी रहेका युद्धका अवशेषहरु,
ग्रिनेडका टुक्राहरु , गोलीका खोकाहरू, एम्बुसका धरापहरु सबै सबै, सधै सधैका लागि सफा गरेर, बारूद र रगतले कोरेका कलंकहरु मेटेर, स्वच्छ न्यायिक समाजको निर्माण गर्न अबको राजनीती लाग्नु पर्छ । ध्वस्त भएका घर र कार्यालय भवनहरु, सांस्कृतिक संपदाहरुको पुनर्निर्माण गर्न, गृहयुद्ध र अस्थिरताले ओरालो लागेको अर्थतंत्र उकास्न, बिकास निर्माणको बाटोमा अबको राजनीति निर्दिष्ट हुनु पर्छ ।

हामीले हजारौं शहिद्हरू बलिदान गरेर, बेहिसाब अभाव, अन्योल र अशांतिको कालो लामो रात सहेर हासिल गरेको गणतंत्र, खालि गन्थन कै भारी गन्गन्तन्त्र नबनोस, सबैले मनन गरौं ।

नयाँ नेपाल !!

 
नयाँ नेपाल !! नयाँ नेपाल !!! आहा सुन्दै नौलो अनुभुती, नयाँ आभास अनी मन लाई नै प्रफुल्ल बनाउने कुनै गहन प्रेरणादायी सन्देश जस्मा नेपाली मात्र को सपना लुकेर बसेको छ। तर त्यती गर्दैमा हाम्रो दायित्व कहाँ सकिन्छ र।
सुन्दा जती आनन्द आउछ तेतिकै नमिठोपन मैले भेटेको छु नयाँ नेपाल को नयाँ बस्तुस्थिती लाई नियाल्दा। भर्खरै निरकुंस राज संस्था को जर्जर अस्तित्वलाई नेपाली राजनैतीक इतिहाँस लाई केही पर हटाएर नेपालमा समाजवादी ,लोकतान्त्रिक गणतन्त्रतात्मक नयाँ नेपाल को नाराहरु नेपाल को कुना ,कुनामा फैलियर रहेको अवस्थामा मेरो आँखा एउटा पशलमा गयर टक्क अडियो ………..किनकी त्यस पशल मा एउटा पुरानो नेपाल को नक्सामा नयाँ नेपाल भनेर लेखेर बेच्न राखियको रहेछ त्यो देखेर मलाई एक मन त हाँसो लाग्यो र अर्को मन अचम्म पनि लाग्यो । हाम्रो जन्म भुमी नेपाल त उही पुरानै छ फेरी कसरी नक्सामा भने नयाँ नेपाल लेख्न सकेको होला ? न नेपालकै भूमी बिस्तार भएकै छ,न कुनै शत्रु देशसम्म बिजय प्राप्त गरी सिमा क्षेत्र बढाएकै हुनु , न कुनै भौतिक बिकाशका पूर्बाधारहरू नै निर्माण भएका छन् , न कुनै मूस्लॊ धुवाँ फाल्ने सवारी साधनलाइ ब्यबस्थित गर्न सकेका छन् ,न अतिआबश्यक पर्ने पेट्रॊल,मट्टीतेल, ग्याँस पैशा तिर्छु भन्दा पनि उपलब्ध गराएका छन् , न कुनै ढल,नल,पानि का ब्यबस्था सुधारीयका छन् , सबै खालका मार्गहरू अबरूद्द छन् ,कुनै स्थानमा तॊकीएका समयमा पुग्न सकिन्न,न कुनै दैनिक उपभॊग्य चिजबस्तुहरूकॊ मूल्य बृद्दिमा कमि गराइकै छ,न कुनै नेपालीहरू स्वयंले सुरक्षीत महशुस गरीरहेका छन् ,न हत्या,हिंसा लुट,अपहरण,बलात्कार जस्ता घृणीत कार्यलाइ निरूत्साहित पार्न सकिएकै छ ।यस्ता अबश्थाहरू बिगतमा नि थिए र अहिल्य पनि बिद्दमान नै छ भने कसरी नयाँ नेपाल लेख्ने दुस्प्रयास गरेका हॊलान ,ए॓तिहाँसिक नेपालकॊ नक्सामा ??? के सबै नेपालहरूका मानसपटलमा नयाँ नेपाल भएकै आभाश छ त ? एक पल्ट सबै नेपालीहरूले सॊच्ने पॊ हॊ की ??

के राष्टि्य गान र श्री ५ लाइ परीबर्तन गराइ नेपाल र नेपालीकॊ चिनारी नै बदल्न सक्ला त नयाँ सत्ताधारी सरकारले ? टड्कारॊ प्रश्न चिन्ह खडा हुनु पर्छ हामी सबै नेपालीहरूमा…………………….के यॊ देशलाइ बिकाशॊन्मूख मार्गतर्फ लैजानु हामी सबै नेपाली नागरीकहरूकॊ कर्तब्य हैन त ?

के पुराना सरकारलाइ पल्टाइ नयाँ बिचारधारा लिएर अाएका राष्ट्रपति प्रणालीका शासन ब्यबस्थाले नेपालका गरीब जनताहरूका घैँटामा घाम वा चुल्हाे बाल्न कुनै मद्दत गर्ला त ? के शिक्षीत बेरॊजगारले दक्षता अनुरूप देशकाे सेवामा अबशर पाउलान त ? के धनिहरू झन धनाढ्य र गरीबहरू एक छाक खान पनि धाउ,धाउ हुने अबश्थाबाट समानान्तर ल्याउन सक्ला त ? नयाँ सरकारले ???

के सहिदका रगतकॊ महत्व र नेपालिहरूका चाहना अनुरूप नयाँ सरकारले हाम्राे देश हाक्ने सक्षमता देखाउला त ? हॊ परीबर्तन भनेकै बिस्तारै मात्र सम्भब हुनेछ तर निर्बाचन पश्चात यति लामॊ समयसम्म नयाँ सरकारकॊ मन्त्री मण्डल र कार्य पत्र अनुरूप केहि काम समयमा तर्जुमा गर्न नसक्नु कतै नयाँ सरकारकै असक्षमताकॊ लक्षण त हैन ? कतै कमरेड प्रचण्ले प्रधानमन्त्री पदकॊ सपथ ग्रहण लिएकै दिन तराइमा बाँध फुट्नाले भएकॊ अपार जनधनकॊ क्षतीले नेपालीहरूका आत्मसनतुष्टी नयाँ शासन प्रणाली प्रति नभएकॊ कुराकॊ लक्षण प्रकृतिले नै दिएका पॊ हुन की ??

यस्ता परीबर्तनकॊ र बिकाशकॊ कुनै कण समेत नदेदखिएकॊ अबश्था भैरहेकॊ नेपालकॊ परीप्रेक्ष्यमा नयाँ नेपाल भनेर नक्सामा नै लेखिनु बिबादश्पद भएन र ?? सॊच्नुस त एकपल्ट………………….

नेता उहि जेथा उहि

कसरी बदलिन्छ भावनाहरू……

नयाँ नेपालकॊ सपनाका के कुरा

कुण्ठीत भएर गैसके सहिदहरूका चाहनाहरू…..

आलै छन अझै ति रणभुमीमा देशभक्तका रगतका छिटाहरू

मौलिक समस्या देखि भागेर बिदेशिय सबै नेपाली ठीटी र ठीटाहरू…………

लेखिकाः

गॊमा श्रेष्ठ, इजरायल ।

कालेको झटारो आफैतिर

 

अलि अगाडी कालेको मनमा NRN इजरायलको चुनावप्रति उति सकारात्मक बिचार थिएन, तर इजरायलमा बढ्दै गएको तापक्रमसँगै एकाएक चुनावी रन्कोले तातिएका गैह्र अावासिय नेपालीहरू फलानेा र ढिस्काना पद भन्दै घाेषणापत्रसहित उम्मेदवारी दर्ताको घुँइचेामा लाम लाग्न थालेपछि र संविधानसभामा भागलिन नपाएको झेाँक NRN मै भएपनि भाग लिएर चित्त बुझाउने सुरमा कालेपनि एकाएक शीर्ष पदमध्यकै एक पदकालागि उत्रियाे ।

यो  निर्णय कालेले उम्मेदवारी दर्ताकै अघिल्लाे साँझमात्र गरेकोले यसको तर्फबाट कुनै पूर्व तयारी वा उम्मेदवारहरूकै भाषामा भाेटमाग्ने कामसम्म भएन। अन्तिम घडीको क्षणिक चम्काइ र जाेश अनि त्यसमाथि यसको पदका प्रतिस्पर्धी इजरायलवासी नेपालीहरूमाझ भिजिसकेका, सामाजिक पृष्ठभुमि र हैसियत राम्रै बनाइसकेका पत्रकार मित्र परेकाले पनि यसको भारी मतान्तरको परिणामलाइ लिएर कालेलाइ उति अस्वभाविक लागेको भने छैन । बरू फाइदै भएको छ, फाइदा कसरी भने अहिलेसम्म गुमनामी कालेको नाम सम्म सुनेका तर परीचय नपाएका धेरैले चुनावकै माैका छाेपेर भएपनि हल्का फुल्का चिने, याे पनि फाइदाकै कुरा हाे।

NRN इजरायलको बदख्वाइ गर्दा गर्दा यतिखेर कालेको झटारो  अाफैतिर फर्किएको छ। असफलता नै सफलताको कसी हो  भनेरमात्र चित्त नबुझाउन काले सबैलाइ अाग्रह गर्छ । यसपालीको चुनावी परिणाम र भारी मतको फरक हेरेर पनि पराजितहरूले राम्रै पाठ सिक्नुपर्ने चुरेा कुरेा काले भन्न चाहन्छ, पराजित प्यानलमध्यका केही सामाजिक र परिचित व्यक्तिहरूको विजयले पनि जित्नका लागि नाराले मात्र केही नहुने रहेछ त्यसका लागि जनमानसमा राम्रैसंग भिज्नुपर्दारहेछ भन्ने कुरा प्रष्ट पारेको छ

अब कसले जित्यो  वा कसले हारयो भन्दा पनि हिजाेको भुलभुलैयाहरूमा नअल्मलिइ मिलेर अघि बढ्नुको अर्को विकल्प छैन ।
विजित र पराजित सवै मिलेर NRN लाइ गति दिएर एकएक कदम अघि बढाए सबैको हित सबैको जीत हाेला अन्यथा पारा उही हो  ।

NRN इजरायलको चुनावी पारो

“कहीं नभा जात्रा हाडी गाउमा” भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको “गैह्र आवासीय नेपाली संघ” नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।

नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै त्यस्तै भए पछि, हिजो त्यों संस्थाको नामै सुन्न मन नपाराउने अझ त्यतिमात्र हो र नामै नसुनेका सम्म बिभिन्न च्यानल र प्यानल बनाउदै उम्मेदवारी भिड्न तम्सिएका छन ।

त्यसो भनेर दामी कालेले सबैलाई एउटै क्यातागोरीमा दाज्न खोजेको चाहि होइन है । हिजो इजरायलको धारो, चौतारो र अपार्ट बल बैतको घर सम्मका संस्थामा काम गरेका देखि लिएर नेपालमै र अंतर्राष्ट्रीय फेम भएका संस्थामा समेत काम गरेका हैसियतवाल र प्रतिष्ठित महानुभावहरु पनि कम्मर कसेर लागेको देखिन्छ ..NRNमा ।

काले को मनमा खडके को कुरो चाही अर्कै छ । त्यों खड्को के भने चुनावी बाढ़ीले कसता खाले व्यक्तिहरु लाइ
चयन गर्ला भन्ने हो । सहमती हुन नसके पछि चुनाव त हुनै परयो । विदेश को ठाउं कामकुरो एकातिर, कताको चुनाव, कां कसले मतदान गर्ने वा कुन उम्मेदवार लाइ, कुन कसीमा राखेर कुन योग्यता र सक्षमताको आधारमा तौलिएर कुन स्तरका भोटदाताले भोटदान गर्ने ? यस् बिषयमा चाही दामी काले खूब घोरिएको छ ।

यस्सो हेर्दा बाढीले बढ़ी उमार्ने बाहेक अरु सबैलाई लाखा पखा लगाउने पक्का छ। नतीजामा पछि पर्नेहरु फेरी घोसे मुन्टो लगौदै ठुतुनो फर्काएर तर्की तर्की हिडन नपरोस, भनेर यो दामी काले सबै लाइ बेलैमा सतर्क हुने सल्लाह दिन चाहन्छ ।
जे होस “नहुनु मामा भन्दा कानो मामा वेश” भन्ने हाम्रो पुरानो उखान झै सबैको इच्छा अनुसार जसरी हुन्छ NRN बचाऊं । दामी कालेको पनि सोच यस्ते छ ।

NRN जिन्दावाद !

दामी काले

मेरॊ बुढॊ (ब्यङग्यात्मक सत्य घटना) गॊमा श्रेष्ठ ,इजरायल ।

जीबनकॊ बक्र चित्रलाइ हेर्दा प्रथम चरण जन्म,दॊश्रॊ चरण लॊभ ,माया र भॊक र अन्तिम चरण मृत्यु नै हॊ भन्ने कुराकॊ सत्यता झैँ यस जगतमा भएका सम्पूर्ण जीबित प्राणीकॊ समयचक्रमा पनि तिन चरण हुने ध्रुब सत्यताबाट हामी कॊहि पनि अनबिज्ञ छैनौँ हॊला । हरेक प्राणीहरू बालक, जबानि र बृद्द हुने प्रकृतिक नियम हॊ यसै बुढ्रयौलीकॊ संक्षेपीकरण बुढॊ भन्ने शब्दकॊ बारेमा मैले प्रशंगबत स्मरणात्म जानकारी लेख्न खॊजेकॊ हुँ , बुढापन भन्नाले अस्ताउँदाे घाम समेत हॊ भन्ने कुरा सबैले मनन् गरीरहेका हुन्छन् तर पनि यस उमेरमा अधिकतम लॊभ,मॊह,र मानसिक तनाबहरू बढ्रदै जानेछ ,यस्तै एक असल पत्निले आफ्नॊ पतिकॊ चिनारी अन्य नयाँ मानिसहरूकॊ अगाडी उहाँ मेरॊ बुढॊ भनेर चिनाउने चलन नेपाली समाजमा ज्यादै ब्यबहारीक मानिन्छ तर हाल आएर आधुनिक समाजका अनुन्यायी पत्नी हरूले आफ्नॊ पतिदेबलाइ माया गरेर डीयर भन्ने गरेकॊ र उक्त शब्दलाइ अलि परीमार्जन गरी सन्तान प्राप्ति पश्चातका दम्पतिहरूले एक अर्कामा मायालु पाराले फलानाकॊ बाबा वा आमा भनेर बॊलाउने गर्दछन् तर यता इजरायलमा यहि बुढा र बुढीहरू र असहायहरूलाइ इजरायल सरकारले बुढेशकालमा डाक्टरकॊ सल्लाह अनुशार बिदेशी कामदार राख्न पाउने अनुपति पत्र पाउदाँ रहेछन् फलस्वरूप केयर गीभरका रूपमा बिश्वभरका गरीब मूलुकहरू मध्यबाट हामी जस्तै इजरायलमा काम गर्न आउदछन् । यस्मा अधिकतम संख्या अन्तरगत फिलिपीन्स र दॊश्रॊमा नेपालीहरू नै मानिन्छ ,हाल आएर नयाँ नेपाली कामदार लाइ इजरायलमा भित्राउन अनुमति नदिए पछि भारत र श्रीलंका का कामदारहरू इजरायलका बुढा र बुढी हेर्न आउनेकॊ संख्यामा तिब्रता आइरहेकॊ छ । यस्तॊ अबश्थामा कतिपय नेपालीहरू पनि भारतकॊ राहदानि बनाइ यू.स. डलर दश हजार समेत तिरेर इजरायल भित्रने क्रम बढ्दै छ यस्ले कालान्तरमा ति नेपाली कामदारहरू प्रति बिबिध कानूनि समस्या ननिम्त्याउला भन्न सकिन्न । यसै गरी यहि बुढा,बुढी हेर्ने क्रममा अति शारीरिक एबं मानसिक तनाब हुन्छ भन्ने कुराकॊ ज्ञान केबल इजरायलमा केयरगीभरका रूपमा काम गर्नेहरूलाइ मात्रै अनुभब हॊला यस्तै मानसिक तनाब भएकै बेलाकॊ एउटा इजरायली डलर हजूरबा बुढाले एक जना नेपाली केयर गीभरलाइ साह् सतायछ र रिसले सहन नसके पछि उस्ले पनि त्यस बुढालाइ जथाभाबी नेपालीमै साला,गधा,कुकूर कहिल्यै मर्दैन भनेर कराएछ अचानक उत्तिनै खेर उक्त बुढाका सपरीवार त्यस बुढा बा लाइ भेट्रन आएछन र उक्त बुढाले सबै कुरा उस्का परीवारलाइ लगाएछ त्यस पछि उक्त नेपालीलाइ बॊलाइ तैले यॊ देबता जस्तॊ बुढॊलाइ नेपालीमा कराइस रे हॊ ल भन त्यॊ कुरकुर भनेकॊ के हॊ ? नेपालीमा ………..अब उस्लाइ अत्यास,बित्यास पर्यॊ र हतार हतार कुकुर भनेकॊ त नेपाली राम्रॊ ,असल मान्छेलाइ भनिन्छ भनेर झूठॊ बॊलेछ र त्यॊ दिनकॊ समस्या त जसॊ तसॊ टारेछ तर भॊलि ,पर्सि पल्टदेखि जब त्यॊ बुढाले उक्त नेपाली केयर गीभर केटालाइ बॊलाउथ्यॊ तब उ तत्कालै बॊलेन वा बुढॊका अगाडी आएन भने उक्त बुढॊले कति माया गरेर बॊ कूकुर बॊ बेबकाशा (come dog come please) भनेर बॊलाउन थालेछ……………………..

यस्ता छन नेपालीका सत्यता इजरायलमा यी त भए पुराना अलि बाठा नेपालिका बठ्याइ तर नयाँ त नयाँ काँचा भइहाले कॊहि नेपालबाट यहाँ आउने बित्तिकै अर्कॊ नेपाली ल्याउन सूरमा एजेन्सि धाएर पैशा डुबाएर हैरान अनि झन उसैलाइ केहि हिब्रॊ आउदैन नयाँ ल्याएकाहरूलाइ जसॊ भने नि केन [yes] भन्नु भनेर एक्लॊ बुढॊ मात्र भएकॊ नयाँ इम्प्लॊयरकॊमा काम गर्न पठाएछ त्यसपछि पहिला दिन इम्प्लॊयरले जे मागे नि केन

भनेर एक दिन त काटेछ अर्कादिन त्यॊ बुढाले खान मागेछ र उक्त नेपालीले केन हॊ की ए॓न भन्ने भुलेछ जति पल्ट इम्प्लोएर ले जे मागे नि एन भन्दै गएछ र इम्पालेयर रिसाएर सक्रानित(layer in Hebrew language) भन्न थालेछ त्यॊ नयाँ नेपाली बिचरा संक्रान्ति भन्ठानेछ र हतार हतार मलाइ फॊन गरेर सॊद्दैथियॊ के इजरायलमा नि सङ्ररान्ति ,मसान्त हुन्छ र ? संक्ररान्तिमा यॊ बुढालाइ के खान दिने ? उस्कॊ सॊधाइ सम्झेर म सात दिनसम्म हाँसिरहेँ….हासिरहेँ…………….. तर पख्नुस तपाइहरू हाँस्ने बेला अझै भा छैन , एकदिन तेलअभिबकाे बसपार्क निर उभिएर म एकजना साथीलाइ पर्खदै थिएँ अनि एउटा नयाँ जस्ताे देखिने नेपाली दाजु अाएर भाइ हाेलाेन जाने बस यहि राेक्ने हाे भनेर साेध्नुभयाे अनि मैले जबाफ दिएँ कहाँ हाे हाेलेन त छैन त मैले सुनेका खै घरवालाले लेखिदिएकाे ठेगाना छैन ? उस्ले एउटा सानॊ पेपर देखाउदै भन्याे यी हेर्नुस त HOLLON लेखेकॊ छ त अंग्रेजीमा अनि मैले थाहा पाएँ की यॊ नेपाली दाइलाइ थाहा रहेनछ परापूर्ब कालमा तानासहि सासक हिटलरले ६ मिलियन यहुदिहरू मारेकाले उस्कॊ नामकॊ पहिले अक्षर इजरायलीहरू उच्चारण समेत गर्न चाहदैनन् र हरेक अंग्रेजी अक्षर ‘ H ’ लाइ ‘ख’ कॊ उच्चारण गर्छन भनेर तसर्थ यॊ बास्तबिक्ता उक्त नेपाली दाइलाइ बाताउदै ,यस्कॊ उच्चारण हॊलॊन हैन खुलॊन हुन्छ ल, पर्खनुस म बस आएसी तपाँइलाइ देखाइदिन्छु ल भनेँ तर उस्ले भन्यॊ मलाइ अलि हतार छ अरू उपाय छैन , ठिकै छ यहाँ नेपालमा जस्तॊ बसमा ड्राइभर र कन्डक्टर हुदैनन् ड्राइभर भएकॊ ढॊका बाट चढ्रने र ड्राइभरले नै पैशा लिइ टीकट चढ्ने बितिक्कै दिनेछ पैशा ठीक्क पार्नुस बरू ………..उहाँले पैशा झीक्दै गरेकै बेलामा बस आयाे ल जानुस ल भने तर पढायॊ, गुनायॊ पाठ १६ दुना ८ भने झै त्यॊ नेपाली दाइ हतार हतार दौडेर गइ ड्राइभर भएकॊमा नगइ पछिल्लॊ ढॊका बाट बस चढ्न गयॊ तर पछाडी ढॊका बाट त यात्रुहरू उत्रने मात्र हॊ त्यसैले ड्राइभरले ढॊका लागाइदियॊ र उक्त नेपालीकॊ एउटा खुट्टा च्यापीएर झण्डै लडेर मरेन अनि मैले दौडेर गइ च्याप्प समातेर अगाडी ड्रइभर भाकॊ ढॊकाबाट चढाइदिएँ……………यस्तै छन् इजरायलमा सॊझा नेपालीहरू ……। नेपालीका बिचित्रता त अझैँ बाँकी छ, इजरायलकॊ……………………………..म भर्खर इजरायलमा पाइला टेकेकॊ मात्र थिएँ नयाँ भएकाले घर परीवार ,साथीभाइका खुब याद आउथ्यो र अधिकाँस फोन बुथमा गएर ६ मीनेटको होम कार्डले नेपालमा फोन गरीरहन्थेँ एक दिन म नेपाल फोन गर्दै थिँए यत्तिकैमा पल्लोपट्टी फॊन बुथमा एकजना नेपाली महिला पनि नेपालमा फॊन गरेर यसॊ भन्दै रहेछन्…….. हेर्नुस न बाबा, मेरॊ त बुढॊ नै परमधाम भयॊ आज, अब अगाडी कता जाने हॊ क॓ गर्ने हॊ ?पहिल्यकॊ क्या मज्जाकॊ मेरॊ बुढॊ थियॊ अब कस्तॊ पर्ने हॊ? म अर्कॊ नयाँ बुढाकॊमा गएपछि घर बाटै चॊरेर भे नि फॊन गर्छु नि अहिल्यै सडक छेउबाट फॊन गरेकाले राम्रॊ सुनुएन क्या राखेँ ल मेरॊ बुढॊ फेरी भेटौँला ,आइ लभ यू चूम्मा पनि चूम..अम..मा ल मेरॊ बुढॊ…………… भन्ने शब्द सुनेर त म तिन चक्कर खाएँ किन आफ्नै बुढॊ मर्दा नि त्यति धेरै खुशि कसरी हॊला ? आजै मरेकॊ रे सेता कपडा नि छैन बरू सट्टामा दुइ बित्तfकॊ कपडा पॊ छ शरीरमा…… यता बुढॊ मर्याछ रे फेरी अर्कॊ बुढॊ खॊज्दै रे उता नेपालमा पनि त बुढॊलाइ फेरी भेटौँला रे ……………………..कति रेछ हॊ यॊ केटीका त बुढा नि, न कतै चरीत्रहिन केटी त हैन ???

के रेछ यॊ बुढॊ भन्ने शब्द भन्ने कुराकॊ बारेमा सॊच्दा ,सॊच्दा मैले तिन लॊक चौध त्रीभुबन देखेँ …………………………………..अन्तमा धेरै समय पछि मात्र थाहा भॊ की यहाँका नेपाली केयर गीभरहरूले उनिहरूका काम गर्ने इम्प्लॊयरहरूलाइ मेरा बुढा वा बुढी भन्ने बॊलिचालिकॊ भषा पॊ रहेछ ।

क्रमश ः………………………………………………….