Category Archives: संस्मरण

स्मरणः
मेरो सपनाको गाँउ
नयन्द्र चेम्जोङ्ग
तेल अभिभ इजरायल ।

तेल अभिभ इजरायलको कोलाहल ब्यस्तता तनाबलाई छिचोल्दै बेला बेलामा मेरो मोबाइल फोनहरुमा हातका औलाहरु अनायासै सल्बलाउदै त्यहि नम्वर थिचिन थाल्छन जुन नम्वरमा धेरै लामो सम्पर्क पछि मात्र सानो मधुरो अस्पष्ट आवाज आउछ…। हलो……॥कान्छा काका हो काका नमस्कार ! बोजुलाई दिन्छु है ! ठूलदाजुको छोरी पर्मिला मेरो स्वर चिन्ना साथ बोजु वरीपरी छ भने तुरन्तै फोन दिइ नै हाल्छ तर फोन लाग्न भन्दा पनि गारो हुन्छ बोजुको कानमा फोनको सेट मिलाउन । कहिले बोल्ने सुन्ने तिर पर्छ त कहिलॆ सुन्ने बोल्न तिर । बल्ल बल्ल ठीक ठाउमा त पर्छ आवाज सधैं मधुरो हुन्थ्यो र सधै एउटै शब्द लवज दोहोरिन्छ घरमा कहिले आउछस कान्छा मलाई भेट्छस के म धेरै वाच्दिन होला । छिट्टै आएर मुख देखाएर मात्र भए पनि जा । आमाको यो निरासाजनक अभिव्यक्तिले मलाई एकदमै सताउन थाले पछि मैेले धेरै लामो समयान्तरमा घर गएर आमालाई भेट्ने नै अठोट गरे । यसै बिचमा मैेले आमालाई फोन गरेर भने म अलि पछि आउने भए आमा कामले गर्दा ढिलो होला जस्तो छ म के गरु आमाले धेरै कुरा गर्नु भएन मात्र यति मात्र भन्नु भयो “म मरे पछि मात्र आइज ।” सम्झे आमा अहिले ८२ बर्ष लाग्नु भयो । नेपालीको औषत आयु भन्दा पनि २० वर्ष बढी । संसारमा धन दौलतले पाउन नसकिने जन्म दिने वाबु र आमा नै हो । मैले मेरो आमाको समिप्यमा रहेर धित मर्ने गरी आमासंग भलाकुसारी नगरेको पनि दुइ दशक भन्दा पनि बढी भै सकेको रहेछ । जहिले पनि छोटो वसाई एक दुइ दिन भन्दा बढी समय नै दिन नमिल्ने यस चोटी चाहि अलि लामै समय बस्ने विचारले पाचँ वर्षको अन्तरालमा घर जाने जमर्को गरे ।

dhankuta

काठमाण्डौ गएको भोली पल्ट बिहानै आमालाई फोन गरे र भने “आमा म काठमाण्डौ आएको छु” आमाले रोदन मिसि्रत स्वरमा यति मात्र भन्नु भयो “तँ आइस बाबु ! घरमा कहिले आउछस त ” आमाले मलाई नानी बाबु भनेर सम्बोधन गरेको कहिल्यै थाहा थिएन । हाम्रो परिवारको एउटा संस्कार थियो परिवारका सदस्यहरुलाई प्राय नामबाट नबोलाएर रोलक्रम अनुसार जेठा माइला साइला कान्छा ठूली कान्छी नै हाम्रो सम्वोधनका आधारहरु हुन् । निशान १६ वर्ष पुरा भइ सत्र लागेको कानूनी हिसावले उ अव यो देशको नागरिक हुन लागि रहेको छ । उसलाई नागरिकता पनि दिलाई दिने विचारले हामी बाबु छोरा दुवै जना अग्नी एयर को उडान बाट विराटनगर जाने तरखरमा लाग्यौ । हामी उडानको लागि सबै जाँच पास गरी वरी जहाज भित्र चड्नै मात्र के लागेको थियौ कसैको मोवाइलमा घण्टी बज्यो आज विराटनगर बन्द छ । जहाजमा चड्न लागेका सबै जनाको अनुहार धमिलो भयो । बिराटनगर पुगेको त साच्चे नै दुहबी बन्द रहेछ । कारण केही हैन धरानमा विद्याथीलाई गाडिको खलासीले कुटी दिएछ । अहिले नेपालमा त्यस्ता बन्दहुनको लागि त्यस्तो कुनै कारण नै चाहिदैन जे गरे पनि बन्द जे भए पनि बन्द प्रजातन्त्र आए पछि बन्द हडताल आगजनी नारा जुलुस जस्ता शान्ती र विकाशका अवरोधात्मक कृयाकलापहरु खुबै फस्टाएको छ । अब बलभद्र अम्मरिसंह भक्तिथापा को राष्ट्रभक्तीको गाथा त इतिहासको दन्त्य कथा भै सक्यो । यहाँ त स्वास्नी अर्कैले भगाएर लग्यो भने पनि दुइ चार जना आवाराहरुलाई दुइचार सेर जाँड खुवाएर हो हल्ला गराएर बन्द हुलदँगा बन्द गराएको समाचार आउन थालि सक्यो । हरेक समस्याको प्रदर्शन र बदला लिने ठाउँ सडक भएको छ बजार भएको छ सवारी साधन भएको छ । जे होस हाम्रो बिपत्तीमा अवसरलाई सही सदुपयोग गर् यो ट्याक्सी ड्राइभरले पनि । करिव तीस किलोमिटरको बाटोलाई घुमाउदै लुकाउदै छलाउदै गन्तब्य धरान सम्म पुर् याउन पाँचहजार रुपैयाबाट मोल मोलाई गर्न थालेपनि चारहजार पाँच सयमा पुर् याउने सहमती भयो र पुग्यौ । धरान पूर्वको पहाडी क्षेत्रलाई जोड्ने सुन्दर बजार पहाड र मधेसको संगम स्थल । आवरणमा धरान सुन्दर भए पनि मलाई त्यति धेरै रमाइलो लाग्दैन । प्रकृति र सौन्दर्यमा लठ्ठिन्छु म । तर मलाई शहर बजार मानव वस्तीहरु भन्दा पनि प्राकृतिक सौन्दर्य हिमाल पहाड खोला नाला झरना भिर पहराहरु मेरो हितैषी र आफन्त हो जस्तो लाग्छ । एकान्त र शान्तपे्रमी हुँ । कोशी राजमार्गको निर्माण हुनु भन्दा अगाडि पैदल यात्रीको रुपमा गाउँबाट धरान दुइ चार पटक आवत जावत गरेको सम्झना छ मलाई । अमरहाट सारंगा सिकारबास खरवनी छोटीमोरङ्ग काम्फेक नाम्जे काने पोखरी कुइभिर ओखे्र ओडारे बटुवाहरुका लागि कहलिएका गौडाहरु हुन । गाँउघरबाट धरान जाने बेलामा गाँउघरमा उत्पादित फलफुल तथा तरकारीहरु धरानमा लगेर बेच्ने र विक्रीबाट आएको पैसाले घरायसी सामानहरु चामल तेल मसला नुन आदि इत्यादिका सामानहरु गाउँघरमा भित्रिने गरिन्थ्यो । धरानको रमणिय वस्ती झिलीमिली गाडी इत्यादी भन्दा पनि धरानबाट सामान लिएर आएका सोल्टीनीहरुसंग बाटोमा हास खेल ठट्टा गदै दिल्लगी गर्दै बाटो काटेको आनन्द र रमाइलो पन नै बेग्लै हुने गर्दथ्यो । हिउद लागे पछि गाँउ घर तिर पाकेका राताम्मे सुन्तलाका भरियाका ढाकरहरुका तातीहरुले कुनै िसंगारिएका दुलहीका लस्कर झै देखिन्थे । धरानबाट उकालो लागेपछि जब हाम्रो रिजर्ब गाडिले गुम्तीहरु पार गर्न थाले धरान देखी माथीको त्यो नाक ठोकिने सिकारवास उकाकोलाइ देखाउदै मैले निशानलाई भने ” निशान पहिले हामी धरान आउदा जाँदा यो उकालो बाटो ओहोर दोहोर गथ्र्यौ “। निशानले खिस्स हासे जस्तो गरेर टारिदियो उसलाई के थाहा खोला नाला भिर पाखा पखेराको दुख ब्यथा । तर म त्यतीमै अडिन सकिन म सम्झदै थिए कुनै समय मलाई पनि आफ्नै वारीमा पाकेको सुन्तला धरानमा लगेर बेचेर रमाइलो गर्ने मुड चल्यो । अघिल्लो दिन एउटा बाँसको तामा काटेर ल्याएर चोया काडे र त्यहि दिन भित्रैमा एउटा ढाकर पनि बुने ढाकरलाई चाहिने खकन तोक्माङ्गहरु प्नि सबै तयारी गरे । धेरै लामो बाटो कहिल्यै भारी बोक्ने बानी नपरेको सुन्तला सय दाना मात्र हाले ढाकरमा । अघिल्लो दिन बेलुकी नै भोलीको लागि भनेर सातु चामल रोटीहरु ख्ााजाको बन्दावस्तो गरे पछि बिहानै सुन्तलाको भारी बोकेर लागे धरान तिर । बाटामा अनगिन्ति आफन्त नाता गोता इष्ट मित्र हरु भेटिन्थे । हाम्रो परिवार समाजमा अलि वढी परिचित पृष्ठभूमि भएकोले एक दुइ वोटा गाविसमा त हामीलाइ नचिन्ने मान्छै नै हुदैन थे । बाबु बाजेको नाम लिने हो भने यो दुरी अझ निकै फराकिलो हुन्थ्यो । मैले कसैको करमा त्यो सुन्तलाको ढाकर बोकेको हैन एउटा समयान्तरको रहर थियो । मलाई धरान जान भन्दा पनि भिर पहरा जंगलको बाटोमा भारी बोकेर रौसिदै परिचित आफन्तहरु हिडुनमा नै मैले रमाइलो अनुभूति गरेको थिए । चिनजानका सबै जना मलाई देखेर हास्थे । सायद मैले ढाकर बोकेको देखेर उनीहरुलाई अनौठो लागि रहेको थियो । ढाकरमा सय दाना सुन्तला छ बाटो खर्च भने पनि सम्पति जे भने पनि त्यति नै हो । अघिल्लो रात अमरहाटमा बसे पछि भोली पल्ट बिहानै सबै भन्दा अगाडि सुन्तला बेच्ने भनेर धरान पुरानो हाट लागे । विहान सात वजे धरान पुगेको एघार बजि सक्यो मेरो ढाकरको सुन्तोला कसैेले किन्नै आएन । सबै साथीहरु भारी बेची वरी छाप्रे होटेलमा गएर चार अैची मोटो बंगुरको मासु संग खाना खाइ वोरी घर फर्कन लागि सके । बेलुकीको पाँच वजी सक्यो मेरो सुन्तोलाको भारी बिकि्र हुने छाटै छैन । सारै दिक्क भयो । त्यसै फालिदिनु पनि घरमा जाने खर्च नै छैन खर्च त जसो तसो मागेर काम चलाउथे नै होला तर त्यसो गर्न पनि भएन । म त रुन लागि सकेको थिए जब रात पर्न लागे पछि चाही गाउँकै एक जना नातेदार पर्ने ले सहयोग गर्नु भयो एउटा चिनेको माडेकोमा लगेर बेचाइ दिनु भो । सय दाना सुन्तला ढाकर नाम्लो सबैको दाम गरेर जम्मा १३ रुपैयामा बेचेर हिडे । त्यो दिन बेलुकी सम्म भोकै वसे पनि अमरहाट पुगे पछि भने त्यो पैसाले नै टन्न खाए । त्यस पछि त मलाई धरान झनै नरमाइलो लाग्न थाल्यो । त्यस पछि मैेले सुन्तोला बोकेर धरान जान करिव करिव कसम नै खाए । ढाक्रे जीवनको रामोण्टीक क्षणको कल्पना संगै हामी भेडेटार पुग्न लागि सकेको रहेछौ । मान्छेले जन्मेर कर्म र लगनले आफ्ना भाग्य बदल्छ त्यस्तै समय र परिस्थितिले कुनै स्थान विशेषको प्राकृतिक सौन्दर्य नै परिवर्तन गरिदिदो रहेछ । कुनै समय भेडाहरुको चरणको रुपमा रहेको भेडेटार कोशी राजमार्गको निर्माणले सो क्षेत्रको कायलपट नै ल्याइदिएको छ । अझ सन् १९८३ को समयतिर बेलायती युवराज चाल्स्रको भेडेटार नजिगैको सैसुङ्ग डाडामाथिको अवलोकन पछि त यसको रमणियता र ख्यातिले अन्तराष्ट्रिय चर्चा समेत पाउन सकेको छ । हामी भेडेटारको रमणियतामा धेरै बेर रम्न पाएनौ हाम्रो गाडि तयारी हालतमा थियो । बिहानै देखी केहि नखाएको कारणले एउटा रेष्टुरेण्टमा पस्यौ र खाने कुरा अर्डर गर्न थाल्यौ । खानेकुराहरुको तालिका र मूल्य हेरेर निशान खित्का छाडेर हास्दै अचम्म मानेर सोध्दै थिए बाबा यहाँ खानेकुराहरु थोरै दिन्छ हो मैले सोधे किन यो खानेकुराहरु किन यति सस्तो भयो त सम्झे काठमाण्डौको महँगी जनजीवनमा हुर्कदै छोराको मानसिकता नै महँगो भै सकेछ । विचरा उसलाई के थाहा गाउँको यथार्तता । उसले सोचे भन्दा सस्तो र मिठो खाएर हामी भेडेटारबाट हिड्यौ ।

करिब एक घण्टाको अन्तरमा हामी डाडाँबजार पुग्यौ । पूर्वााचलको महाभारत श्रृँखलामा अवस्थित दृष्यालोकनका लागि अत्यन्तै मनमोहक मानिने ध्वजे डाडाँको फेदीमा रहेको डाडाँबजार संग मेरो धेरै तीता मिठा स्मरणहरु छन् । म जहाँ गए पनि जहाँ रहे पनि ध्वजे डाडाँको बखान सबैलाई सुनाउने गर्छु । मौसम सफा भएको बेला यो ठाउँबाट पूर्वााचलका सोह्र जिल्ला यहाँबाट अवलोलकन गर्न सकिन्छ । यति हो प्रचार प्रसारको अभाबमा यसले आफ्नो ख्याती लिन सकेको छैन । संचार माध्यमको आखाँ नपुगेको नेपालकै दृष्यालोकनको लागि उपयुक्त सम्भावित पर्यटकिय स्थल मध्य यो पनि एक हो । अहिले जस्तो मौलाएको थिएन त्यतीखेरको डाडाँ बजार । अहिले हिसाब गर्दा म १४ वर्षको थिएछु मेरो गाँउमा भएको निम्न माध्यामिक विद्यालयको पढाइ सक्ने बितिकै म पनि माध्यामिक शिक्षाको लागि डाडाँबजार पढ्न गाउबाटै धाउन थाले । पुरा पुर दुइ घण्टा लाग्छ घरबाट । विद्यालय धाउन त थाले तर मलाई पढाइ के हो म केको लागि स्कुल गइ रहेको छु भन्ने कुराको हेक्का मलाई कहिल्यै भएन । म सधै सधै रोजा नै स्कुल धाउथे । मलाई पढ्न मन कहिल्यै लागेन स्कुल जानै मन नलाग्ने कति खेर टिफिन हुने र खाजा खाने हो ध्याउन्न सधै यस्तैमा वित्थ्यो । खाजा खानको लागि एक जना कटुवालको पसल थियो चना चिउरा पाउने त्यसैकोमा उधारो खान्थ्यौ । स्कुलको अन्तिम अन्तिम हुने बेलामा चना र चिउराको तीन रुपैया उधारो भएको थियो त्यो मैले त्यतिकै तिर्न पाइन जाँच सके पछि त म त्यो ठाउँमा अहिले सम्मे गएको छैन । आज २९ वर्ष पछाडि पनि मैले त्यो ऋणको भारी बोकि राखेको छु । मास्टरले गृहकार्य दियो भने त सय किलोको भारी बोकेर ल्या भनेको जस्तै हुन्थ्यो । म बदमास पनि थिइन । कपि किताबहरु पनि पर्याप्त मात्रामा थिएन कि जस्तो लाग्छ तर कपी किताब नै नभएर नपढेको चाही हैन म । घरमा आफ्नो समस्या कहिल्यै भन्दिनथे जानेर दिए लिन्थे नदिए आवस्यक ठानिन । कितावको विषय वस्तुहरुको कुरै नगरौ कुन कुन किताबहरु पढनु पर्छ भन्ने कुरा समेत मलाइ यकिन थिएन जस्तो लाग्छ । मान्छेमा एउटा समय हुदो रहेछ हामी छोरा छोरीहरुलाई हप्काएर फुक्र्याएर फकाएर अर्ति उपदेश दिएर कसैको उदाहरण दिएर बाबु हो पढ्नु पर्छ भनेर भन्छौ तर जब सम्म विद्यार्थीले पढ्नु पर्छ भन्ने कुरा अन्तर मन बाट प्रष्फुटन भएर आफैले मनन गर्दैन यो अर्ति उपदेश सबै भालुलाई पुराण सुनाए जस्तै हो त्यो हामै्र मुख्र्याइ हो । सुक्रबार आधा दिन विदा हुने भएकोले हामी ध्वजे डाडाँको आसपासको जँगलमा जान्थ्यौ । गुरासका फुलहरु राताम्मे फुली राखेको हुन्थ्यो । चतरा भन्ने एक प्रकारको बनस्पति हुन्छ त्यो लटरम्मै पाकि रहको हुन्थ्यो गुरासका फुलहरु र चतराका पाकेका दानाहरु टिपेर पेट टन्न हुने गरी खान्थ्यौ । जे होस जगलमा पाईने खान मिल्ने सम्म सबै खान्थ्यौ केही बाकी राखेनौ । यहाँ मेरो स्मरणमा लेख्न भुल्नै नहुने कुरा छ वार्षिक परिक्षामा म कक्षा आठमा फेल भए । सारै राम्रो भयो । हुनु पर्ने भयो । मास्टर सारै इमान्दारी रहेछ । त्यस पछि मैले पढ्न छाडि दिए ।

हाम्रो रिजर्भ गाडि बिच बाटैमा खाने पानीको पाइप खनेर खाल्डो बनाएकॊले आधा बाटो देखी गाडि फर्कियो र पहिले जस्तो घोरेटो बाटो हैन अहिले त सडकै सडक हिड्नु पर्ने रहेछ । रमाइलो नै भयो । हामी करिब आधा घण्टा भन्दा केहि वढी समयको दुरीमा हामी घरमा पुग्यौ । आमा र दिदीलाई भेटे । हामी लिम्बु समाजमा गाउँघरको चलन जो पराइ आफन्त आए पनि खाजाको रुपमा तोङ्गवा खुवाउने चलन छ । बर्षौ पछि तोङ्गबाको चुस्की लिएको मात्रै थिए टुप्लुक्क आइ पुग्नु भयो भिम काका । भिम काका र मेरो १२ वर्ष पछिको भेटभाट थियो यो । बाह्र वर्ष अगाडि जब म मलेसियाबाट फर्के पछि केही आफन्त नाता गोताहरुलाई मलेसिया पुर् याएर मैले पनि दलाली पेशा अंगालेको थिए फाइदा बेफाइदा बदनाम दुर्नाम आफ्नै ठाउमा छ । त्यस समयमा भिम काका मलेसिया जानु सक्नु हुन्न थियो भिम काका कै वहिनीले पैसा नदिएको भए । फुपुले सहयोग गर्नु भयो थोरै तिनै मेरो मुख हेरेर भए पनि । फुपुको पैसाले भिम काका मलेसिया पुग्नु भयो । कमाउनु भयो या भएन त्यो आफ्नै ठाउमा छ होला । भेटघाटमै काकाको मुखैबाट सुने काकाहरु धेरै भाग्यमानी हुनुहुदों रहेछ म जस्तो दुर्गतीको परमकष्टको समय सिमा ननाघि कनै पुग्नु भएछ मलेसिया । बाटोमा कतै कुटै खान परेन कतै लुटै खान परेन जंगलमै सुत्न परेन । काकाहरु मलेसियामा पुगेको खवर पाउने वितिकै म थाइल्याण्ड नेपाल फर्किए । नेपाल फर्कने बितिकै फुपुले आफ्नो देवरहरु पनि पठाउने बिचार गर्नु भएको रहेछ । ठीकै छ मैले पनि केही मान्छेहरु तयारी गरेर लाने विचार गरे छुट्टिने बेलामा फुपुले भन्नु भयो “कान्छा यो चोटी मलेसिया बाट फर्केर आउदा काकाबाट जति पैसा हुन्छ ल्याइ दिनु हैू म फेरी लागे मलेसिया । हामी सबै जना थाइलाण्डमा थियौ साथीहरुको जाने बाटो त त्यही नै हो । उनीहरु मलेसिया लागे म चाहि फेरी फर्किनु पर्ने भएकोले जहाजबाट गए । हुन त उनीहरुलाई पनि जहाज बाटै लगेको भए हुन्थ्यो भन्ने कुरा पनि आउथ्यो तर उनीहरु कमिज सुरुवालको भेषमा नै थिए त्यहाँ पनि जहाजबाट गएको भए मलेसिया त हैन सिधै नेपाल चाहि पुगिन्थ्यो । जे होस म मलेसिया पुगेर उनीहरुलाई जिम्मा लिनको लागि पर्खेर बसे । हप्ता दिनको पर्खाइ पछि पनि मैले उनीहरुलाई पाउन सकिन मोवाइलको जमाना आइ सकेको थिएन त्यति खेर मैले सम्झ कुनै एजेण्टले जिम्मा लिएर काममा लगाइ सक्यो होला र मलाई अस्पुष्ट समाचार पनि त्यस्तै आयो किनकी कुनै घट्ना दुर्घट्ना भएको खण्डमा त मलाई जरुर खवर आउनु पर्ने हो तर आएन तै पनि आफ्नो साथीहरु र गाउले हरुलाई भेट्न नपाएकोले मन अमिलो बनाउदै फेरी थाइल्याण्ड फर्किए । थाइल्याण्ड आए पनि वोर्डर पार गराउने एजेण्टलाई सम्पर्क गरेर सोधे मेरो मान्छेहरुको बारेमा । एजेण्टले सबै मान्छेहरु मलेसिया पुगेर कामका लागि सकेको जानकारी दिए पछि म ढुक्कले नेपाल फर्किए । मलेसिया जान लागेका साथीहरु मध्य एक जना साथी थियो दिपेन श्रेष्ठ उ पहिले पनि मलेसिया वसी सकेको भएकोले उसले पनि थोरै तिनै गाइड गर्ने कुरामा एक किसिमले ढुक्कै नै थिए । नेपाल आएको झण्डै हप्दा दिन पछि नै मलाई थाइल्याण्डबाटै फोन आयो । दिपेन जी फोनमा भन्दै हुनुहुन्थ्यो ूनयन्द्र जी त्यो विष्णु नेपालमा मास्टर थियो हो- मैले भने “सायद होला” उताबाट उत्तर आयो “त्यो विष्णले गर्दा म पनि पक्राउ परे मास्टर हु भनेर सान दिदै थियो लोसे भएकोले हिडनै मानेन म उस्को साथमा रहदा रहदै हामी पक्राउ परेर अहिले थाइल्याण्डमा आएका छौ ।” अरु सबै साथीहरु मलेसिया पुगे पनि दिपेन र फुपुको देवर विष्णु राई जेल परेर फेरी थाइल्याण्ड फर्केर आएको कुरा जानकारीमा आए पछि यो समाचार मेरो लागि अप्रत्यासित जस्तै भयो । बास्तबमा मलाई त्यो बोर्डर पार गराउने दलालले भ्रममा राखेको रहेछ तर हुनुहार जे भयो मैले फेरी विष्णुलाई मलेसिया पठाउनको लागि भनेर थप नेपाली दश हजार पठाई दिए । त्यस पछि उ मलेसिया छिरेको खबर पाए । मैले काकालाई मलेसिया पुर् याए पछि मेरो काकासंग कहिल्यै सम्पर्क हुन सकेन काकासंग सम्पर्क नभए पछि मैेले फुपुको नासो ल्याइ दिने कुरा पनि भएन तर सुने फुपुले म संग धेरै मन दुखाउनु भयो रे तर मेरो हेराइमा दुखाउनु पर्ने ठाउ छ जस्तो लाग्दैन तर आज बर्षौ पछि काकासंगको भेटघाट पछिको भलाकुसारीमा काकाको आत्मालापले के बुझे भने मैले गरेको सहयोग काकाले गुण नै सम्झिनु भएको रहेछ धन्य छ काका तपाईलाई ।
काकासंगको धेरै लामो गन्थन पछि त्यो दिनलाई हामीले विश्राम गर् यौ । सम्झे अब गाउघरमा विजुली पनि आएछ । मैले कहिल्यै कल्पना गरीन मेरो गाउँमा पनि विजुली पुग्छ भन्ने कुरा । बिजुली त हाम्रो सपना हो । हामी सानै थियौ मेरो घर देखी पारी धनकुटा बजार देखिन्छ जहाँ रात परे पछि सधै खुला आकाशका तारा चम्के जस्तै विजुली वत्ती वलेको देखिन्थ्यो तिहारमा दिपावली मनाउनलाई सजाइएको रँगिन बत्तीका सजावट झै लाग्दथ्यो धनकुटा बजार । टाडाबाट चम्केको देखिने भएकॊले मैले टाडाबाट विजुली नियालेको वर्षौ सम्म पनि विजुली राती उड्ने जुनकिरी जस्तै पिलिक पिलिक चम्किन्छ भन्ने नै भ्रममा रहे । मलाई घरमा विजुली बलेको नौलो हैन मेरो गाउँघरमा पनि बिजुली पुगेकोमा चाहि आश्चर्यमा परेको थिए । हुनत धरान धनकुटा सडकको निर्माण भै सके पछि पनि गाडि चड्नको लागि घण्टौ हिड्नु पर्ने हाम्रो जस्तो विकट ठाउँमा अहिेले विजुली पानी सडक फोन टोल टोलमा छ घर घरमा छ जीउनु मात्रै सक्नु पर्छ अझै धेरे देखिन्छ ।

बेलुकी अलि ढिलो निदाएकोले विहान बिउझिदा घाम निकै माथि झुल्की सकेछ । ठुली दिदीेले “कान्छा ! उठ्ने बेला भएन ” भन्दा मात्र एक्कासी विउझिए । मेरो यस चोटी हिमाल हेर्ने धोको चाहि पुरा हुन सकेन । मेरो घरबाट उत्तर तिर देखिने काचनजँघा मकालु र सगरमाथा अझै पनि म बालक छदा झै कल्कलाउदो बैश लिएर हास्दै हामीलाई नै नियालेर बसी रहेको छन कि बैश झरेर फुङ्ग उडि सकेको छ म जस्तै । मैले यहाँ वर्णन गर्न सकिन किनकी तुवालोले पुरै आकास धर्ती धमिलो बनाएका थियो । पारी पाटी बुधुक डाडाँ पनि बजार भै सकेछ । निकै बाक्लो बस्तीहरु थपी सकेछ । हुनत हामी बालककाल छदा पनि त्यो ठूलो सहर थियो तर त्यो समयमा मानव वस्तीको शहर हैन मृत शरिर गाड्ने ठाउको शहर थियो । भूतले तसा्रउछ भन्थे खै अहिले त भूत आफै तसर्िएर भागे जस्तै छ । पहिले यो डाडामा केही थिएन चिहानै चिहान मात्र थियो । एउटा स्कुल थियो डाडामा एउटा पाचायत भवन थियो वावा प्रधान पाच भएको बेला बनाएको हो भन्थ्यो मानिसहरुले । हामीे स्कुल पढिन्जेल सम्म पनि खुट्टामा जुत्ता लाउने चलन थिएन जुत्ता लाएर हिड्नु भन्दा खाली खुट्टा हिड्नु नै सजिलो लाग्थ्यो । सट्र सुरुवाल र खालि खुट्टा स्कुल जान्थ्यौ । िसंगडा जस्तै छेउ कुना नमिलेको ग्राउण्ड थियो । झुम्रो र भोगटेको दानाहरु मसिना ढुँङ्गा घारीमा खाली खुट्टाले गोल हान्दा हान्दै खुट्टाको सवै नङ्गहरु घाउको पाप्रा उक्किए झै उकिन्थे । एक दिन चर्को घाममा झुम्रोको गोल खेल्दा खेल्दै सारै तिर्खाएछु । त्यति खेर अहिले जस्तो खाने पानी को सुविधा थिएन । धेरे तल कुवामा जानु पथ्र्यो । स्कुलको घण्टी लागि सकेको थियो । ग्राउण्ड छेउमै नातेदारको घर थियो । पानी खानको लागि भनेर गएको घरमा ढोका लगाएको रहेछ फुपु अलि पर हुनुहुन्थ्यो फपुलाई भन्न मन लागेन फुपुले थाहा नपाउने गरी ढोका खोलेर भित्र हेरे चिन्डोमा पानी भरेर राखेको देखे । चिन्डो ठाडो पारेर धित मर्ने गरी पानी पिएर बाहिर निक्लदै गर्दा फुपु आइपुग्नु भयो अप्ठेरो मान्दै फपुलाई भने ” फुपु मैले त चिन्डोको पानी खाइ दिए । फुपु मजाले हास्नु भयो र भन्नु भयो त्यो चिन्डोको पानी त गाइलाई खुवाउनको लागि आहाल बाट ल्याएर राखेको रहेछ । घर भित्र अधेँरो थियो तर फोहोर पानीले मेरो स्वास्थ्यमा असर गरेन बरु तिर्खा चाहि मेटियो ।

बिहानै खाजा खाए पछि आमाले भन्नु भयो “जा ! ठूलदाजुलाई पनि भेटेर आइज ।” म ठूलदाजुको तिर लागे । ठुल दाजु घरमा हुनुहुन्न रहेछ । फर्कदा म सधै मेरो जन्म भएको ठाउँमा जान्छु र आज पनि गएर त्यो ठाउमा धेरै बेर टोलाएर बसे यो त्यहि ठाउँ जहाँ म जन्मिएको थिए म हुर्किएको थिए । धेरै दुख सुखको स्मरणहरु छ यो डाडा संग । अहिले त त्यहाँ डाडा मात्र छ मेरो जन्म घरको भग्नाबषेश पनि छैन र पहिले त्यो ठाउँको सान मान इज्वत र बातावरण नै बेग्लै थियो । ठूलो घर थियो । घरको वरीपरि वरण्डा थियो । घर देखी तल बाजेले बगैचा लाऊनु भएको थियॊ । बगैचामा फलफुल स्याउ आलुचा आरु वखडा अँगुर सुन्तला अनार जुनार कागती अम्बा मेहेल केरा बगैचा भरी थियो । बाजे सर्धै सिकुवामा तमाखु पिएर वस्नु हुन्थ्यो । धेरै धरै मान्छेहरु आवत जावत गरी रहन्थे । गाउँमा कुनै मुद्धा मामिलाहरु पर् यो भने मुद्धा मिलाउनको लागि हामै्र घरमा आउथे । कुनै कुनै मुद्धाहरुमा बाजेले गरेको फैसलाहरुमा प्रहरीहरु आएर साक्षी वसेर जान्थे । घर देखि दक्षिण पश्चिमतिर ठूलो जँगल र मूलबाटो थियो मूलबाटोमा बेला बेला अपरिचित बटुवाहरु हिड्दथे बाबा बार्दलीमा बसेर देखेका जति सबै बटुवाहरुलाई बोलाएर जाँड खुवाएर पठाउने गर्नु हुन्थ्यो । गाउँ पुरा अन्धविश्वास अशिक्षा गरीवि र विकटताले भरिएको थियो । मलाई ठ्याक्कै एकिन मिति त थाहा छैन तर मैले यो कुरा आमालाई भन्दा त्यति बेला तँ त्यस्तै ४ वर्षको थिइस भनेर भन्नु हुन्छ । साँझ झमक्क परेको थियो हाम्रो घरमा गाउँका सबै वीस पच्चिस जना मान्छेहरु आए र आमासंग मागेर जाँड रक्सी खाए । मलाई सबै कुरा एकिन थाहा छैन बाजेले के के भन्दै गाउलेहरुलाई गालि गर्दै हुनुहुन्थ्यो । केही बेर पछि सबै गाउलेहरु हाम्रो घरबाट विदा भएर गए । केही बेरमानै हाम्रो घर देखि अलि तल एउटा घर थियो एक्कासी कोलाहल रुवाबासी मच्चियो सबै गाउलेहरु खल्याङ्ग बल्याङ्ग गर्न थाले । बाजे धेरै नै कराइ रहनु भएको थियो । एकै छिन पछि सबै चुपचाप भए भोली पल्ट सबै गाउलेहरुलाई बाजेले घरमा झिकाउनु भयो प्रहरी चौकीबाट पुलीसहरु पनि आएको थियो । छिमेकी घरको बोजु पनि र अर्को एक जना बोजु पनि हाम्रो घरको पिडिमा आएर डाको छाडेर धेरै धेरै रुनु भयो । वास्तविक कुरा थाहा थिएन मलाई तर बेला बेला बोजुहरुहरुकोमा जाँदा खेरी मिठा मिठा खानेकुराहरु खुवाएर पठाउने भएकॊेले ती वोजुहरु रुवेकोमा म पनि दुखि थिए तर पछि मात्र थाहा भयो ती दुइ महिलालाई बोक्सीको आरोपमा गाउलेहरु सबै मिलेर दिसा खुवाएर जघन्य अपराध गरेको रहेछ । त्यस्तो जघन्य अपराधको मुद्धा बाजेले पिडित प्रहरी र सारा गाउले अभियुक्तहरुलाई मिलापत्र गरेर पठाइ दिनु भयो । हाम्रोमा धान कुट्नको लागि ढिकी थिएन । अहिेलेको जमाना जस्तो मिलको चलन थिएन । सधै सधै मैले माथि नाम लिएका भिम काकाकोमा जानु पथ्र्यो । धान कुटेर फर्किदा निकै रात परि सकेको हुन्थ्यो । म सानै देखि अधेँरो भने पछि अत्यन्त डराउछु । जाँदा त म पनि हिनेर नै जान्थे फर्कदा चाहि राती निकै अबेला हुने भएकॊेले आमाले मलाई पिठ्यूमा बोकेर ल्याउनु हुन्थ्यो । विचमा सानो जँगल थियो भन्थे त्यो ठाउँमा राती तसा्रउछ । हामी सबै साना थियौ दिदीहरु साइला दाजु आमा मध्य आमा सबै भन्दा पछाडि हिड्नु हुन्थ्यो । कहिले काही साइला दाजुले पनि बोकेर विचमा हिड्ने गर्नु हुन्थ्यो तर आमाले मलाई पिठ्यूमा बोकेपछि सबै भन्दा पछाडि त म हुने भए । म सबै भन्दा सानो अधेरी रात त्यो पनि जँगलको विचमा सबै भन्दा पछाडि मेरो के हालत हुन्थ्यो होला मैेले जन्मे पछि डेढ दशक भन्दा वढी समय सम्म यही डाडाको सेरोफेरोमा रहेर विताए । धर्तीमा पहिलो आखाँ यही नै खोले । तोते बोले यही नै बोले । म जन्मदै हिमालको चिसो सिरेटो खादै कठ्याङग्रीयर हुर्किए । जीन्दगीको बालककालको लामो समय यही ठाउमा मात्रै समर्पित गरिन कि बर्षौ पछि सात समुन्द्र पारीको देशमा रहदा बस्दा पनि निन्द्रा देवीको कोखमा देखिने सपनिमा सधै सधै त्यहि पुरानो घर बगैचा आँगन झझल्को दिइ नै राखेको हुन्छ अर्थात मेरो सपनाको गाउँ र घर भइ रहेको छ मेरो लागि त्यती खेरको घर पालुवा जनवारहरुमा िसंदुरे बिजुले र त्यस पछिका मान्छे भन्दा पनि ज्ञानी कलुवा गजुवा गोरुहरु र कलौरी गाई नै सपनाका दोस्तीहरु भै राखेका हुन्छन भने त्यही घर बगैचा जंगल बस्ती स्कुल चरण नै सपनाका गन्तब्यहरु हुन । मेरो सपनाको गाउँ जहाँबाट विश्वका सर्वोच्च सिखर सगरमाथा तेश्रो काचनजंगा र पाचौ मकालु को दृष्यालोकन गर्न पाइन्छ । हिमाल हेरेर कल्पना गर्थे त्यो भन्दा पारी पटी के होला तर मैले धेरै वर्ष सम्म मकालुलाई सगरमाथा त्यै हो भनेर सम्झेको छु । दशैमा नवरथा लाग्ना साथै गाउँको दमै आएर घरमा नगरा बजाउथ्यो सायद दशैको आगमनको सँकेत थियो त्यो । साच्चै चहलपहल हुन्थ्यो चाडबाडमा । दशैमा नगरा र बाजा गाजा सहित मौलो पुजा हुन्थ्यो । बाजे संग टिका लाउन आउने रैतीहरुको भिड लाग्थ्यो । अनगिन्ती मान्छेहरु आउथे खान्थे मातेर जान्थे । घरमा आएको मान्छेहरुलाई खुवाउन जाँड छान्दा छान्दा हातको नारीहरु सारै दुख्यो भन्नु हुन्थ्यो आमा । आमालाई अहिले यो कुरा सुनाउदा भन्नु हुन्छ अहिले त मलाई बर पिपलको सितल छहारीमा बसे जस्तै सितल भएको छ । तर आमा भन्नु हुन्छ मात्रै अहिले पनि घरमा आउने जो कोहीलाई पनि खाली मुख पठाउनु पर् यो भने आफै पनि कम्तीमात्र दुखी हुनुहुन्न । घरमा आउने पाहुनालाई चोखो मुख फर्काउनु हुन्न माग्न आउने मान्छेलाई खाली हात फर्काउनु हुन्न आफु मात्रै खानु हुन्न समाजमा बसे पछि कसैलाई दुख पर् यो भने आफ्नै दुख सम्झनु हुन्छ । कसैको घरमा मान्छे भोकै छ भने आफ्नो गासँ काटेर भए पनि अघाउनु दिनु हुन्छ । बाजे बाबुले यस्तै सस्कार बसाए र साखा सन्तानहरुलाई पनि यस्तै शिक्षा दिएर गए । बाबु बाजेले सिकाएर गएको यो जीवनको शिक्षा हामी सन्ताहरुले समान स्तरमा आजिवन ग्रहण गरेका छौ किनकी यो जीवनको शिक्षा भनेको बिद्यालयमा गएर हासिल गरेको जस्तो शिक्षा होइन यो बजारमा पाइने गिँजामा अड्काएर राख्ने नक्कली दात जस्तै हुन्छ तर जीवनको शिक्षा भनेको जन्मदै गिँजाबाटै पलाएर आएको हुन्छ जो कहिल्यै परिवर्तन हुदैन । बाजे बाबुमा निहित यो गुण र सँस्कार हामी हरेक सन्ततीका नसा नसामा भावनाहरुमा ब्यवहारहरुमा उत्रिएको छ भलै अहिलेको जस्तो स्वार्थी समाज र भिडभाडका लागि असफल र अनुपयुक्त पद्धती नै किन नहोस । मेरो सपनाको गाँउको सेरोफेरोमा मेरो पिता पुर्खाहरुहरुले एउटा निश्वार्थ र उदार सस्ँकारलाई विजारोपन गरेर जानुृ भयो यो अनन्त सम्म मौलाएर जानेछ सायद बँशानुगत गुण यसैलाई भन्छ क्यार ।

३८ साल तिर चैत्रको महिना अक्सर यस्ता महिनाहरु खडेरीका महिनाहरु हुन । जता ततै सुख्खा मौसम हुन्छ । रुख जंगलमा रुखका पातहरु झरेर उजाडिएको हुन्छ । जता ततै हावा हुरी बतास चलेर खुल्ला आकास पुरै धमिलो भएको हुन्छ । घर छेउको ठूलो सल्लाघारकिा आगलागि भएर जँगल छेउकै हाम्रा घर वरिपरीका केही वगैचा र केही छिमेकी घरहरु पनि सखाप भए । हेर्दा हेदौ वरिपरीबाट देखिने त्यो दरवार जस्तो भव्य भवन एकाध घण्टाको अवधीमा नै खण्डहरमा परिणत भयो । बाजेले साहै दुःखले बनाएको त्यो भब्य भवन आफ्नौ अगाडि खरानी भएको देखे पछि बाजेले मन थाम्न सक्नु भएन । आशुले उमेर नभन्दो रहेछ ८० वर्षको उमेरमा बाजे बेसरी रुनु भयो । हामी विचल्ली भयौ । हामी माथिको यो विपत्ती पछि यसको चोट सँगै बाबा थलिनु भयो र अनेक रोग सँग झेलीदै एक वर्ष पछि वित्नु भयो । त्यस पछि हामीले यो खण्डहरुलाई छाडेर अलि केही पर नयाँ घर किनेर सर् यौ । घर आगलागि भएको पिर र एकमात्र छोरा वितेको चोटसँग मुकाविला गर्दा गर्दै बुहारी हामी चार भाइ नाती दुइ वहिनी नातीनी र पनाती पनातीनीको माया र सान्त्वनाले पनि बाजेको पिरलाई खुशी तुत्याउन सकेनौ । पिरै पिर र सोकै सोकमा बाबा बितेको एक वर्ष पछि नै बाजॆले पनि बाबाको बाटो समाउनु भयो । साँसारिक नियमको पालना गर्दै हाम्रो नजर र समिप्यबाट बाजे बाबु मात्र अलग हुनु भएन त्यो मेरो सपनाको गाँउ अहिले साच्चै खण्डहरुमा परिणत भएको छ । वरीपरिका फलफुल बगैचामा रहेका फलफुलहरु रेख देख र मलजल नपाएर अहिले सबै मासिएका छन । सुन्तोलाकाबोटहरु सवै सुकेर दाउरा वाली सकिएछ । उति बेला कतै नपाईएको स्याउको रुख अहिले जरा धरी खनेर आगो तापिएको छ । बाजेले श्रृजना गरेको बगैचा अहिले “सुगुरलाई सुगन्ध फुलबारी डेरा सार्कीलाई श्रीखण्ड कामीलाई केरा” भने जस्तै भइ राखेको छ । बाजे सबै मान्छेहरुलाई थेगो मिलाएर सधै भन्ने गर्नु हुन्थ्यो “जोकेरे मेरो सबै नातीहरु मेरो प्रतापले म जस्तै बाठो छ मेरो बिडो थाम्छ ।” तर बाजेले नाती पनातीहरुकै लागि रोपेर हुकाईएको फलफुल बोट बिरुवा ढालेर दाउरा चिरेर आगो तापेका छौ बाजेको सपनालाई हामीले मूतको न्यानो सम्झेर खिल्ली उडाएका छौ । यि सवै इतिहास र वर्तमानका जीवित साक्षी हुनुहुन्छ हाम्री आमा । आमा त्यती जान मन गर्नु हुन्न त्यो ठाउँमा किनकी त्यो ठाउमा आमाले धेरै धरै पसिना वगाउनु भएको छ । धेरै धेरै आशु झार्नु भएको छ । साच्चै भन्ने हो भने यसैको सेरोफेरोमा आमाले आशु रित्याउनु भयो । मेरो स्मरणमा नआएका र म जन्मिनु भन्दा अगाडि आमाले घर परिवारका लागि भोगेका दुख र सँघर्षका दर्दनाक दुख सुखका विलापहरुको सँगालो अहिलेलाई समय र परिस्थिति मै जिम्मा दिदै गरुला तर बाजे बाबुको तानासाही शासक प्रबृतिको युगको सुरुवातसँगै अन्त पनि गर्नु भएको छ । अहिले त्यो सान रवाफ र सँघर्ष एउटा इतिहास भएको छ । गजवको स्मरण भएको छ । जे थियो जस्तो थियो देख्नको लागि त मैले सपना नै देख्नु पर्ने भएको छ । केवल अहिले त उजाड छ सुनसान छ बेवारिसे भएको छ ।

यस्तो पनि जमाना थिए कसैले डाडाँमा गएर हात सुइय पार्ने वितिकै गाउका भए भरका मान्छेहरु एकतृत हुन्थे खेती वाली लाउने र भित्राउने बेलामा पनि हार गुहार हुन्थे आलो पालो गर्ने पालो पैचो गर्थे । मर्दा सबै दुखी हुन्थे पर्दा सबै एक हुन्थे । हाट वजार हिड्दा पनि एक मत र एक हुल भएर हिड्थे समाज पैसामूखी भै सकेको थिएन । कसैलाई केही पर्ने वितिकै समाज एक हुन्थे तर अहिले धेरै परिवर्तन भएको छ । समाज भ्रष्ट भएको छ नाता गोता छैन छर छिमेकीको सम्वन्ध छैन हामी भन्ने भावना कतै छैन । भए भरको सुविधा मै मात्र लिउ मिठो मसिनो मै मात्र खाउ विकाशको फल मैले मात्रै पाउ धाराको पानी मै मात्र पिउ विजुली म मात्रै बालु मेरो जग्गामा कसैले पाइलै नटेकुन म कहिले मर्दिन मरे पनि मलाई कोही चाहिदैन भन्ने भावनको विकाश भएको छ ब्यक्ति ब्यक्तिहरुमा । हरेक छिमेकीहरु एक अर्काका दुस्मन भएका छन । सम्वन्ध त छदैछैन बोलचाल समेत छैन । हामी विदेश बस्दा बस्दा वाक्क भएका मान्छेहरु बेला बेला गाउँ घर जन्म थलो पिलोहरुलाई नै केही वनाएर बसौ जहाँ जन्म्यौ जहाँ हुक्र्यौ त्यही नै केही गरौ भन्ने कतै नभएको राष्ट्रबादी सोच फुर्ने गर्छ । विदेशमा खाएको दुख हण्डर सम्झदा देश र गाउँकै लागि ज्यान अर्पन गर्छु भन्ने कसै सँग नभएको राष्ट्रभक्ति भावना जाग्ने गर्छ तर सोझो गरेर खानु पर्छ विदेशमा सवै मित्र थोरै सत्रु तर गाँउमा सोझो गरेर खानु पर्छ थोरै मित्रु सवै सत्रु यो समयको विकृति हो ।आमासंगको समिप्यमा रहने ती छोटा दिनहरु थाहै नपाई विति सकेछ । सम्झेको थिए ८२ वर्षको बृद्ध आमा अवत धेरै गल्नु भयो होला आगन नै परदेश भै सकेहोला हिडडुल गर्नको लागि पनि कसैको साहारा चाहिने भो होला तर मैले थाहा पाउदा देखीको मेरो आमाले देखाउने गर्नु भएको जोश जाँगर मिहेनत यो उमेरमा आई पुग्दा पनि कुनै बीसको उन्नाइस घटेको पाइन । घास दाउरा गोठाला अझै आमाकै भर देखे । जस्तै कहाली लाग्दो दुख बिपत्तीमा पनि यो गाँउघर पाखा र समाज देखी कहिल्यै विमुख हुन नखोज्ने मेरो आमाको गाँउ समाज प्रतिको समर्पण र त्याग सबै छोराहरु आफ्नो काखमा नहुदाको पिडा डुब्न लागेको आफ्नै जीबन स्वार्थी र अवसरवादी छर छिमेकी र आफन्तहरुसँगको वैमनस्यताको सामाजिक परिबेशले अलि थोरै भए पनि गाउँघर देखि अहिले चाही मन कुडिएको होकी जस्तै लागेर आमालाई भने आमा ! अब यो उमेरमा आएर धेरै दुख दुख गर्नु पदैन काठमाण्डौ गएर वसौ है ! हामी सबै छोरा छोरीहरु हुर्किएर ल्ााखापाखा लागे पछि घरमा पालिएको खसी बोका सुगुर गाइ कुखुराहरुलाई नै आमाले आफ्नै सन्तान सम्झेर रमाउनु थाल्नु भयो । बाबु नानीको उपाधी तिनै घर पालुवा पशूहरुले पाउन थाले । पशुहरु पनि कम्तीका हुन र आमाको आवाज र बोली नै सुन्न नहुने त्यसै त्यसै रमाउथे । काठमाण्डौ जाने कुरा गर्ना साथै सधै सधै पाल्तु जनवारहरु सग हुने बिछोडको पीडा सहनै सक्नु हुन्नथ्यो र भन्नु हुन्थ्यो यो सुँगु खसी कखुरा पनि सगै लानु पर्छ है । तर आमाले यस चोटी केही भन्नु भएन र सम्झे अब चाही आमाले हरेश खानु भएकै हो । सायद आमाले सम्झनु भएको होला एउटा छोरा चाही संगै भए हुने थियॊ । आमासंग बसेको पाँचौ दिनमा नै फिर्नु पर्ने भयो विहानै । आमा र दिदीले बिहान सबेरै मेरो लागि भनेर खाना पकाई दिनु भएछ । खाना खाइसके पछि हिड्ने बेलामा आमालाई भने आमा ! फोटो खिच्नु पर्छ लुगा फेनुृ्र न ! आमा र दिदीेले लुगा फेरेर आउनु भयो । भिम काकाले खिचिदिनु भयो आमा दिदी र मेरो । त्यस पछि मैले आमा र दिदीको मात्रै खिचे । अन्तीममा आमालाई अलि सिधा बस्न लगाए र भने आमा ! अव आमाको मात्रै खिच्छु है ल ! आमा बोल्नु भएन । मैेले आमाको मात्र फोटेा खिचेर क्यामरा बन्द गरे मात्र आमा रुनु थाल्नु भयो केही भन्नु भएन रुनु मात्रै भयो । दुख पीडा र अन्यायमा आमाले कहिल्यै आशु झार्नु हुन्न बेस्सरी मन दुख्नु पर्छ आमाले आशु झार्ने नै हामी सन्ततीको लागि मात्र हो । मैले आज फेरी आमाको मन दुखाए । हामी सधै घरबाट हिड्ने बेलामा आमा सोच्नु हुन्छ र भन्नु हुन्छ “तिमीहरु गए पछि फर्केर आउन जान्दैनौ म अब धेरै बाच्दिन फेरी आउदा मलाई भेट्दैनौ होला ।” अंगालो हालेर भने “आमा नरुनु साइला दाजु पनि तीन चार महिनामा आउनु हुन्छ म फोन गरी रहन्छु” आमाले दुइ शब्द निकान्नु भएन आशु पुछ्दै रोइ रहनु भयो मात्र । हामी आमा छोराको यो वियोगान्तीक रुवावासीको माहौलमा ठूली दिदी र भिम काका पनि समाहित हुन सकेनन त्यहाँबाट पनि ओझल पर्नु भो सायद वहाहरुले पनि आसु रोक्न सक्नु भएन । आमाको दुधसँगै आशुको भार पनि बोक्न तयारी थिए म यति हो मैले सकेको आमाको आशुलाई मैले पनि आशुले नै साथ दिए । तुरुक्क आखाँबाट आशु झरे पछि आशुले भिजेको मेरो आखाको परेलीलाई हातले पुछ्दै भने “आमा अब म जान्छु उता पुगे पछि फोन गर्छु नि ! चिन्ता नगरी बस्नु धेरै दुख गर्नु पदैन पैसाहरु चाहियो भने पठाइ दिन्छौ नि है ! । आमाले मुन्टोमात्र हल्लाउनु भयो । केही दिन पछि इजरायल आउने साथ फेरी त्यस्तै व्यस्ततालाइ चिर्दै आमालाई फोन गरेर भने “आमा म त इजरायल आइ पुगे त” आमाले फेरी पनि रोदन मिश्रीत स्वरमा भन्नु भयो “के गर्नु त छाडेर गइ हाल्यौ त ! अब कहिले आउछौ त ” मैले भने “एक वर्ष पछि” आमाले फेरी भन्नु भयो “एक वर्ष पछि मात्रै ल ल म पर्खि रहन्छु है त ! अर्को साल सम्म बाँचे भने……………” फोनमा अचानक खरावी आउछ र लाइन काटिन्छ कम्प्युटर एकहोरो बोली रहेको हुन्छ सवै सक्र्युटहरु व्यस्त छ कृपया फेरी प्रयास गर्नु होला ।
अस्तुः

स्मरणः

नयन्द्र चेम्जोङ्ग
मौनावुधुक ३ धनकुटा
हालः तेल अभिव इजरायल ।
मोड

उहिल्यै जंगबहादुर राणाको शासनकालमा एक जना सारै घुस्याहा सुब्बा रहेछ जनता जनार्दनलाई घुस लिएर हैरान पारे पछि धेरै पीडित प्रजाहरु मिलेर सुब्बालाई कारवाही गर्नु पर् यो भनी श्री ३ महाराजाका विन्ति विसाएछन । श्री ३ महाराजाबाट पनि प्रजाको चाहना मुताविक प्रजालाई त्यो सुब्बाको घुस आतँकबाट मुक्त दिलाउन राती तारा गन्ने काममा खटाई दिएछन आज्ञा मुताविक सुब्वाले तारा गन्न थालेछन सुब्बा त जनताको घरको वरि परि घुम्दै आकाश तिर हेर्दै घरको धुरी तिर हेर्दै घरको धुरीले तारा छेल्यो घरको धुरी भत्काउन पर् यो भन्दै जनताको घरको धुरी भत्काउने आदेश पो दिन थाले पछि सुब्बाले त्यो ठाउमा पनि घुस खाएरै छाडेछन त्यही धुस्याहा सुब्वाको झझल्को दिने जिल्ला प्रशासन कार्यालय धनकुटामा ०४२÷४३ साल तिर एकजना पाँडे थरका मुखिया थियॊ नागरिकता लिन आउने मान्छेहरुलाई कसरी ठग्नु पर्छ भन्ने कुराको राम्रो खुवी भएको मान्छे । यो पँतिकार नागरिकता लिन वसेको तीन दिन भै सक्यो अफिस सुरु भए पछि मेरो कागज सवै भन्दा पहिले राख्थ्यो अन्तिममा सहि गर्ने वेलामा चाहि टेवल मुनी घुसारेर जाँदो रहेछ । बेलुकी दाईको डेरामा गयो बेला सम्म कार्यालय बसिनस भनेर दाई जंगिने ! हुँदा हुँदा कागज पेशेको चौथो दिन मात्र दाई आफै अगाडि वसि दिएर मात्र नागरिकता लिन सके दाईको साथीको नाताले घुस चाहि दिन परेन त्यति खेर त्यो मुखिया पाण्डे निकै ठूलो मान्छे होकी जस्तो लागेको थियो मलाई त्यसको सास्तीले हैरान भए पछि जव नागरिकताको प्रमाण-पत्र मेरो हातमा पर् यो बदलाको भावमा अठोट गरे ूयसको जस्तो सि डि ओ कार्यालयको जागिर म पनि कुनै दिन खाएर नै छाड्छु ।ू
ूतेरो सवै दाजुहरु पखेटा उमि्रएर उडेर गए काखमा रहेको त एउटा थिइस् तेरो पनि अव पखेटा पलायो तेरो दाजुहरुजस्तै उडेर गएको गएकै चै नगर वेला वेलामा मेरो मुख हेर्न भए पनि आउदै गर हैू बोल्दा बोल्दै अवरुद्ध भएको गलालाई खुल्ला गर्दै साठीऔं वसन्त पार गरी सकेकी मेरी वृद्धा आमाले आफ्नो कोख मध्यकै कान्छो छोराको विदाईमा मेरो कपाल सुम्सुम्याउदै जव हिक्का छाडेर आशु झारेकी थिइन अली पर यि सवै कि्रयाकलाप हेरी रहेका मेरी ठूली दिदी पनि भाइसंग हुन गइ रहेको विछोडको पिडाले घोप्टो परेर रुन थाले पछि त जन्म दिने आमाको यत्रो फराकिलो चौडा मनको छातीमा म विलिन भए त्यो दर्दनाक असहज माहौललाई सहज वनाउने क्षमता नै म संग कहाँ थियो र छोराको मन न हो मातृत्व एवं भातृत्वको भावनाले म पग्लिए म हारे गले र म पनि एक्कासी भक्कानीए । आमाको त्यो वियोगान्तीक पिडाको मलिन र उदासी अनुहार हेर्न सकिन र म पनि झोला वोकेर आसु पुछ्दै वाटो लागे । घरबाट अलि माथि एउटा तुनीको रुख छ त्यही रुखको फेदमा पुगेर फर्केर हेरे आमा र दिदीले आशु पुछ्दै हातको इशाराले राम्रो संग जा र छिटो जा भन्ने संकेत गरी रहनु भएको थियो आमा र दिदीको मनमा छोरा र भाइको विदाईको माहौलले पिडा दिइ रहेको थियो र त्यो माहौल चाडो भन्दा चाडो अन्त भएको हेर्न चाहन्थ्यो होला सायद । म त झनै अनियन्त्रीत भए आफूलाई सम्हाल्न नै सकिन आमा र दिदीको मायाले म पनि डाको छोडेर बेस्कन रोएँ ।
उमेरले विसौ वसन्तको पालुवामा मुनाहरु हुर्किने सुरसारमा भए पनि व्यवहारिक रुपमा अपरिपक्क लक्ष्यहिन र कच्चा केटो म लोकसेवा आयोग धनकुटाले जिल्ला प्रशासन कार्यालय संखुवा-सभाको राजपत्र अनंकित तृतीय श्रेणीमा सिफारिस गरे पछि म भित्र एक्कासी वेग्रल्ती समस्याहरु तथा जिम्मेवारी थपिएको थियो । समस्याहरु मध्य पनिको मूल समस्या भनेको म आफै थिए । झोला वोकेर जागिरको लागि घर त त्यागे तर सधै अभिभावकहरुको छत्र छहारीमा हुर्किएको म हरेक जिम्मेवारीहरु आफै वहन गर्नु पर्दा वेला वेलामा आफूले आफैलाई अनियन्त्रीत भएको महसुस गर्थे । नयाँ ठाउ आफुले आफैलाई कसरी परिस्थिति र वातावरण अनुसारको आकारमा समाहित गर्दै लाने हो थाहा थिएन । घरबाट हिडेको दिन म धनकुटा वजार आए साइला दाजु हुनुहुन्थ्यो भर अभर सवै उसैको थियो खांदवारी कहाँ हो कति टाडो छ जुन ठाउको वारेमा म अनविज्ञ नै थिए एक दिन धनकुटामा वसे पछि भोली पल्ट विहानै खांदवारकिो लागि प्रस्थान गर्नु पर्ने भयो । हामी दाजुभाइ संगै गाडि चड्यौ हिले सम्मको लागि । मलाई चाही दाईले नै खाँदवारी सम्म नै पुर् याई दिने हुन्थ्यो भन्ने मनमा चाहि लागेको थियो नै । पुर्वााचलको सदरमुकाम धनकुटा वजारको सिरको टोपीको रुपमा ढल्किएको प्रतित हुने यो सुन्दर सानो वजार हिले सधै डाफेको कल्कीझै धनकुटाको वर्तमान र भविष्य सितको सितलताको छहारी वनेर वसेको छ । जसरीे डाफेको सुन्दरतामा कल्कीको वखानको साध्य छैन त्यसरी नै हिले वेगरको धनकुटा पनि अपाङ्ग हुनेछ चाहे त्यो गीत संगितको क्षेत्रमा होस या चाहे रमणीय यात्राको । हिलेको रमणियतासंग धेरै वेर लठ्ठिन पाएनौ हामी किनकीे गन्तव्य त्यो थिएन हाम्रो । खाना खाए पछि एक जना खार्डेपमा काम गर्ने तामाङ्ग दाई संग भेट भयो हिलेमा नै । उसैको जिम्मा लाई दिनु भयो दाईले खाँदवारी सम्मनै पुर् याई दिने वाचा गराएर । हिलेमा पनि दाजुसंग मन अमिलो वनाउदै बिदा भए पछि त म झनै एक्लिए । त्यतिखेर मैले आफूलाई नितान्त एक्लो महसुश गरेको छु । त्यही पराई दाईको सहयात्री भएर खाँदवारीको यात्रा सुरु गर् यौ हिले बाट । हिलेको सितल मौसमलाई दाउमा राखेर हामी पाख्रीवास डिकुरे घोलीखर्क दियालेर भैसे हुदै अरुणको गडतिर माङमाया दोभान झर् यौ । आषाडको महिना गर्मीको मौषम गडतिरको बाटो अझ नौलो यात्रा होस अरु के ने चाहियो र । आगोको भुप्रोमा जिउदो माछा उफ्रे जस्तै उफ्रदै उफ्रदै लेगुवा बेलटार चानुवा र सुर्तिवारी सम्मको संघर्षमय यात्रालाई टुङग्याएर त्यो दिनको यात्रा थाती राख्यौ । हामी त्यही नै वास वस्ने तरखरमा लाग्यौ मैले अभिभावकविहिन भएर नौलौ ठाउमा रात विताएको प्रथम अनुभव थियो त्यॊ प्रत्येक घण्टाको यात्रा अवधिमा खाँदवारी पुग्न अव कति छ खाँदवारी कस्तो छ धनकुटा भन्दा ठूलो छ गाउ हो की शहर हो यो नदीमा माछा कत्रो कत्रो होला म त्यो दाई लाई यस्ता अर्थहिन कुराहरु सोधेर झर्को लगाई रहेको हुन्थे उ पनि बोल्न अल्सी नलागे सम्म जवाफ दिन्थे दिक्क लागे पछि दुरी अलि फराकिलो वनाएर हिड्ने गथ्र्यो । तोक्मा र ढाकरमै आफ्नो रोजी रोटीे र भविष्यको संसार देख्ने ती खाम्लिङ्गे ढाक्रे दाजुहरुलॆ हल्का अश्लिल मिसाउदै गाएको हाक्पारे गीतमा विश्वकै गहिरो अरुण उपत्यकालाई नागवेली आकारमा फन्को मार्दै शान्त र अविरल बग्ने त्यो अरुणले आफ्नो सुसेलिएको आवाजबाट ढाके्र दाजुहरुको हाक्पारे गीतमा संगितकमय झंकार गुिाजएको प्रतित हुन्थ्यो । हामी पनि गडतिरको प्रचण्ड गर्मीमा ढाक्रे दाजुहरुको हाक्पारे भाकामा गाइएको जुहारी संगै रौसिदै रौिसंदै गन्तव्यस्थलको यात्रालाई छोट्याउदै थियौ । सुर्तिवारीको कटेरे लजमा एक रातको आरामदायी रात्री विश्राम पछि दिउसोको प्रचण्ड घाम छल्नकै लागि भनेर नै विहान २ वजे नै हामीले हाम्रो यात्रालाई अगाडि वढायौ । रातभरी घनघोर वर्षा भएको छ हिजो सम्म शान्त अरुण आज वहुलाएको छ आफ्नो छेउ किनारामा साक्षी भएर वस्ने झार जंगलहरुलाई आज अरुणले कुनै दया गरको छैन उ निष्ठूरी भएको छ उ पलापिएको छ । सुर्तिवारी देखी करिव आधा घण्टाको दुरीमा एउटा खोला छ पिलुवा खोला अलि सन्की स्वभाव छ त्यसको । भावना वुझेर मात्र पौठें जोरी खेल्नु पर्छ त्यो संग । धेरैको हत्या गरेको छ त्यसले कसैलाई नावालक भन्दैन नत कसैको नाता केलाउन नै जानेको छ धेरैलाई टुहुरा वनाएर निरंकुशताको राज गर्ने गर्छ वेलाबेलामा । अध्याँरो रात केही वेर अगाडि मात्र परेको मुसलधारे वर्षाको तुस अलि अलि बाँकी नै रहकोले आकाशवाट झरेको सिमसिमे वर्षा र नदी किनारामा दिसाहिन गन्तव्यमा वहकिएका हुसुहरुको निष्पट्ट अन्धकारलाई चिर्ने हाम्रो यात्राको सहयोगी वनेको थियो एउटा टर्च लाइट । त्यसैबाट निक्लिएको मधुर प्रकाशको साहारा लिदै हामी अन्धकारलाई चिर्दै अगाडि वड्यौ । त्यो कालो अधेंरी रात हामी पनि भरखरको जवान उर्लदो वैश त्यो मातिएको पिलुवा भन्दा कम थिएनौ । मेरो खोला नाला संग कहिल्यै सुमुधुर सम्वन्ध हुन सकेको छैन । टर्च लाइटको साहाराले दुस्मनको आकार नियाल्न खौज्यौ दुइ पाइला मात्र अगाडि वढेको भए त्यही दुइ पाइला नै हाम्रो जीन्दगीको आखिरी पाइला हुने रहेछ । यात्रालाई थाती त राखेनौ आधा घण्टाको दुरी खोला किनारै किनार आए पछि पुल रहेछ त्यसैको सहाराले पिलुवाले कोरेको सिमानालाई नाघ्यौ ।
पिलुवा माथिको बिजय प्राप्ती पछि खहरे रातमाटे धारापानी सातटारे हुदै सभाया दोभानको रमणिय क्षेत्रको दृष्यालोकन गदै सभाया उत्तर लागे पछि कत्ले भाज्याङ्गमा बटुवाहरुको सत्कारको लागि वनाईएको काठको फलैचामा लम्पसार परेर अरुण र सभाखोला बाट आएको चिसो सिसर्िरे सितल हावाको आनन्द भरपुर रुपमा लियौं । धपक्कै वलेको प्रचण्ड गर्मीको रापमा रापिएर कत्ले भाज्याङ्गको सितल छहारीका विश्राम लिन पाउदाको क्षण जुन सुकै यात्रीहरुले पनि आफ्नो कष्टकर यात्राको पिडालाई भसक्कै भुल्ने रहेछ । तुम्लिङ्गटार खाँदवारीको लागि भनेर भित्रिने प्रत्येक पाहुनाहरुको लागि यो कत्ले भाज्याङ्गले नयाँ दुलही झै हर समय सत्कारको लागि समर्पित भएकी हुन्छे । नेपालका प्रसिद्ध टारहरु मध्यको पनि यो तुम्लिङ्गटार सैयौ वर्ष पहिले अरुण र सभा को मिलन पछि कलान्तरमा गएर यि दुइ नदी तथा खोलाले आ-आफ्नो गन्तव्य पहिलाउदा वन्न गएको यो विशास फाँट साच्चै नै फराकिलो छ । यो फाँटले आफ्नो छातीमा समय समयमा एभ्रो तथा लगातार ट्वीनेटर विमानहरु अवतरण गराएको पनि दशकौ भइ सकेको छ । झण्डै दुइ घण्टाको यात्रा पछि मात्र हामीले तुम्लिङ्गटारलाई विदाई गर् यौ । हामी जती जति माथि जान्थ्यौ उति उती हामी तुम्लिङ्गटारको रमणीय दुष्यावलोकनले हामी उत्तेजित हुन्थ्यौ सालडाडा मलामी चौतारा हुदै ढुङ्गेधाराबाट तुम्लिङ्गटार तिर फर्केर हेर्दाको त्यो मनमोहक दुष्यले कुन चाही प्रकृति पे्रमीको मन प्रफुल्ल नहोला र । दुइ दिनको यात्रा पछि हामी खाँदवारी पुग्यौ ।
जागिरमा नियुक्ति भए पछि जीवनले नितान्त नौलो मोड लिएको छ । सरकारी जागिर को महत्वै खासै मलाई थाहा थिएन । मैले आफूलाई कुनै नौलो जिम्मेवारीको वोध सम्म गरेको पाईन । जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय भएको कारणले त्यहाँका हरेक कि्रयाकलापहरु अत्यन्त गोप्य तवरले हुने रहेछ । पाचायती शासन व्यवस्था प्रतिवन्धीत दलहरुको नियन्त्रण तथा दमनको लागि अत्यन्त डरलाग्दा निर्णयहरुको निर्णय तथा कार्यन्वयनहरुको लागि आदेश तथा अध्यादेशहरुको परिपत्र हुने गरेको रहेछ । म नयाँ एवं अनुभवहिन कर्मचारी म प्रति यस्ता कुराहरुमा पुरै अनविश्वासको कि्रयाकलाप प्रतित हुन्थ्यो म प्रति । झण्डै दुइ वर्ष सम्म मैले कार्यालय प्रतिको विशेष जिम्मेवारी पाउन सकिन न त मैले कुनै कार्य क्षमताको प्रभावकारी प्रगति नै गर्न सके । २०४४ सालको हिउद महिना तिर तत्कालिन राजा वीरेन्द्रको पूर्वााचल सवारी भएको थियो । मैले गते महिना विसे्र पौष माघ महिना जस्तो लाग्छ । खाँदवारीमा पनि राजाको सवारी हुने भएकोले राजाको भ्रमण सफल पार्नको लागि भव्य रुपमा तयारी हुन थाल्यो । सुव्यवस्थीत शान्ती शुरक्षाको लागि हाम्रो अग्रज ओहोदा प्राप्त कर्मचारीहरु रातदिन सवारी सुरक्षा प्रवन्धको लगि मिटिङ्ग भेटघाटहरु भइ रहन्थे । शुरक्षा निकायमा पनी तालुकी अड्डा परेको कारणले गर्दा हरेक विषय वस्तुहरुमा अलि सम्वेदनसिल नै हुनु पर्ने परिपाटी थियो । सवारी कार्यक्रममा हामी सवै जनाले राष्ट्रिय पोषाक नै पहिरिनु पर्ने उर्दी भएको कारणले गर्दा सवारीको दिन राती दुइ वजे नै उठेर हामी सवारी स्थल तिर लाग्यौ सवै जना कर्मचारी साथीहरु । म संग दौरा सुरुवाल थिएन तर एक जना चिनजानको तत्कालिन चेपुवा गाउँ पाचायतको उप प्रधान पाच गोवा ज्याम्याङ्ग सिङ्गे उसैसंग एकजोर दौरा सुरुवाल मागे एक दिनको लागी र पहिरे । जीवनमा कहिल्यै दौरा सुरुवाल नलगाएको त्यो पनि पराई मान्छेको दौरा सुरुवाल लगाएर नै राजाको दर्शन भेट त हैन सवारी स्थलको सुरक्षा तथा रेखदेखको लागि खटिनु पर् यो । म जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा परेको कारणले गर्दा राजा वीरेन्द्र सवारी तथा प्रश्तुत कुनै पनि कार्यक्रमहरु अवलोकन गर्न त पाईन कार्यक्रम सिद्धन लागे पछि भने राजा वीरेन्द्र तथा रानी एश्वर्य प्रहरी कार्यालय हुदै फिर्ति सवारी हुने भएकोले हामी उक्त स्थलको दरो रेखदेखमा लागि नै रह्यौ मलाई अझै पनि थाहा थिएन कि मलाई त्यो ठाउमा किन खटाइएको छ भनेर । राजा सवारी भएको जानकारी चाही नजिक नजिकै जयजयकारको आवाज सुनिदै आएकोले थाहा पाइ सकेको थिए । राजा नजिकै आइ रहेको भान मानिसहरुको हाउभाउले नै थाहा पाउन सकिन्थ्यो । अचानक नजिगैको सवैजना मान्छेहरु धनुष्टण्कारको शैली राजारानीलाई घोप्टो परेर दर्शन गर्न थाले सवै जना निहुरिएको देखेर मैले पनि चोरी दाउले हेर्ने वितिकै झल्याक झुलुक रुपमा एकजना दौरा सुरुवाल र कोट लाएको मान्छेलाई देखे हतारमा मैले पनि उसैलाई निहुरिएर नमस्कार गरे मलाई कता कता भ्रम पर् यो मैले फोटोमा हेरेको राजा र त्यो फोटोको अनुहार कता कता मेल नखाई रहेको हो कि जस्तो लागि रहेको थियो तर जस्को लागि भए पनि मैले निहुरिएर नमस्कार गरी सकेको थिए । सवै जना मान्छेहरुले झै मैले पनि उठेर हेरे राजा त त्यस पछि मात्रै आए र मैले फोटोमा देखेको राजा र आखाँले देखेको राजामा त्यति खेर मात्रै मेल खाएको थियो । अव मलाई कौतुहलताको विषय यो भयो कि त्यो मैले धनुष्टङकारको शैलीमा नमस्कार गरेको मानिस को थियो पछिमात्र थाहा पाए कि त्यो व्यक्ति त तत्कालिन सवारी मन्त्री पशुपति शम्सेर जवरा रहेछ । केही क्षणको आगमन पश्चात नै राजारानीको फिर्ति सवारी भयो त्यस पछि मात्रै मलाइ थाहा भयो कि राजारानीलाई आवस्यक परेको खण्डमा भनेर म वसेको छेउमै पाकेको सुन्तलातकेा वोरा राखिएको रहेछ त्यसैको सुरक्षार्थ खटाइएको रहेछ त्यो पनि दौरा सुरुवालको पहिरनमा ।

२०४६ सालको प्रजातन्त्र पछि कार्यालयहरुको काम गर्ने शैली र परिपाटीमा आकाश जमिनको फरक पाए मैले । हरेक कुराहरुमा अनुसन्धान विश्लेषण खुतिनिती दलिए विचार आदि कुराहरुको बारेमा सारै झाझटिलो अनुसन्धानीय प्रणाली प्रथाको कारणले गर्दा सर्व साधरणहरुले राज्य सयन्त्रको सेवाबाट खासै उपलव्धीमुलक सेवा लिन सकिरहेको थिएन । प्रजातन्त्र पछि कार्यालयको काम वाडफाडको सेरोफेरोमा मैले पनि कानून शाखा सम्हाल्ने मौका पाएँ । एक युवक नया जिम्मेवारी काम गर्ने जोश र जाँगरका साथ म कामको जिम्मेवारी लिएर अघि वडे पाचायति कालमा जुन किसिमको ढिलासुस्तीको परिपाटी थियो त्यो भन्दा अत्यन्त फरक ढंगले हामी अगाडि वढ्यौ । अर्ध न्यायिक न्यायालयको हिसावले पाएको सवै मुद्धाहरुके सुरु जाहेरी फैसला तथा कार्यान्वयन गर्ने कार्यहरु लगायत अन्य कुनै पनि अनुसन्धानात्मक कार्यहरुमा मेरो सकि्रयतामा अत्यन्तै छिटो र छरितो ढंगले कामहरु फछ्यौट गर्न थाल्यौ यति सम्म कि वर्षमा विस पच्चिस वोटा सम्म मुद्धाहरु शुरु कारवाही र किनाराको लागि दुइ वर्ष वा सो भन्दा वढी सम्म लम्बिने परिपाटी रहेकोमा मुद्धाको अनुसन्धान तथा कार्यविधिको मामलाहरुमा सहि न्याय दिनु मात्र न्याय हैन छिटो न्याय दिनु पनि न्याय हो भन्ने सिद्धान्तका आधारमा कुनै पनि अभियुक्तलाई तेस्रो वा चोथौ पटकको तारेखमा नै निर्णय दिने परिपाटीहरुको सुरुवात भए पछि त सर्वसाधारणहरुले अन्यन्त राहत महशुस गरेको अनुभव गरेको छु । जिल्ला प्रशासन कार्यालय अर्ध-न्यायिक निकाए भयता पनि यसको कानून शाखामा कार्यरत कर्मचारीहरुमा कानूनी अध्ययन तथा ज्ञानको अभाव हुनु अप्नाइएका कार्यविधिहरुमा सैद्धातिक तथा प्राविधिक रुपले त्रुटीपूर्ण हुनु स्वयं निर्णय कर्ता समेत कानुनी अध्ययनको अभाव हुने भएकोले गर्दा अधिकांश अर्ध-न्यायिक निकायहरुबाट भएको निर्णयहरु वदर हुनु नै यसैका परिणाम हुन । यसै सिलसिलामा प्रत्यक क्षेत्रको पुनरावेदन अदालतको मूख्य न्यायधिसले आफ्नो न्यायिक तथा अर्ध न्यायिक निकायहरुको निरिक्षण गर्ने परिपाटी छ त्यसमा म द्धारा सिर्जित मिसिल तथा कार्यविधिमा तयार पारिएको कागजातहरुको कानून सम्मत लेखन शैलीबाट प्रवाभित भएर पूर्वााचलका सोह्र जिल्लाहरुमा सवै भन्दा उत्कृष्ट भन्दै तत्कालिन माननीय मुख्य न्यायधिश केदारनाथ आचार्य लगायतको टालीले दिएको धन्यवाद तथा हौसलाले म प्रति काम गर्ने जोश र जाँगर अझ दरो भएर आएको थियो । एउटा मुद्धाको शुरु अभियोग पत्रदेखि लिएर फैसला कार्यान्वयन सम्म जे जस्ता कार्यविधिहरु अपनाइन्छ यसलाई दुरुस्त राख्नको लागि म आफू स्वयं कानूनको विद्यार्थी भएकोले गर्दा पनि थोर बहुत बल मिलेको अनुभव गरेको छु । मैले आफूले काम गरेको अवधीमा छपन्न वोटा मुद्धाहरुको शुरु कारवारी किनारामा एघार वोटा मुद्धाहरुको मात्र पुनरावेदन पर्नु र परेको पुनरावेदन माथि पनि शुरु कारवाही किनारा नै सदर हुनुले पनि म आफुलाई कार्यविधि कानूनको परिप्रेक्षमा छोटो अवधिमा नै मैले प्राप्त गरेको अनुभव र ज्ञानलाई मैले मेरो जीवनकै सकारात्मक पक्षको रुपमा लिएको छु ।

जागिर अवधिमा योजनाहरुको निरिक्षण तथा अनुसन्धानको लागि धेरै पल्ट विशेष प्रहरीको टोलीको रुपमा हिड्ने क्रममा सधै सधै हामी सहयात्री हुन्थ्यौ ई। गजेन्द्र श्रेष्ठ । त्यस्तै क्रममा हामी एकपल्ट जिल्लाको उत्तरी क्षेत्र भोट खोला हटिया चेपुवा च्याम्ताङ किमाथाङ्का क्षेत्रका घोडेटो वाटोको निरिक्षणको लागि भनेर गयौ । दुर्गम र विकटताको अनुभवको लािग पनि यो क्षेत्र भ्रमण गर्नै पर्ने क्षेत्र हो । यो क्षेत्र जिल्ला कै सवै भन्दा अविकसित अशिक्षित पिछिडिएको क्षेत्र हो लाग्छ यो क्षत्रको अवलोकन गर्ने हो भने नेपालका सुगम क्षेत्रभन्दा पनि सैयौ वर्ष पछाडि परेको छ यो क्षेत्र । यहाका भोटे जातीहरुको रहन सहन र संस्कार हेर्ने हो भने वास्तविक नेपाली समाजको धरातलमा आउन पनि दशकौ वर्ष कुर्नु पर्नेछ । जीवनमा कहिल्यै ननुहाउने अन्नपात पढी मात्रामा उव्जनी नहुने वर्षेनी वच्चाहरु जन्माउने भएको कारणले गर्दा जंगली गिठ्ठा कन्दमुलहरुको परिकारले जिविकोपार्जन गर्नु पर्ने लोग्ने मानिसहरु भन्दा पनि वढी महिलाहरु नै कामकाजी हुनु पर्ने खानाहरुमा प्राय कन्दमुलबाट वनेको ढेडो रोटीको खानाको प्रचलन भएको थोरै उत्पादन भएको अन्न हरु पनि जाँड रक्सी बनाउनमा नै प्रयोग हुने भएकोले समाजमा व्याप्त अशिक्षा सामाजिक कुरीति आदिको कारणले गर्दा यो क्षेत्रमा प्रवेश गरे पछि नै कुनै नौलो संसारमा प्रवेश गरे जस्तै अनुभव हुन्थ्यो । नेपालकै सवै भन्दा थोरै जनसंख्या भएको किमाथाङ्का २०४५-०४६मा १५० को हाराहारीमा मात्र बहुपति प्रथामा आधारित संरचित समाज संगोलका सवै दाजु भाइहरु सवैले एक जना मात्र श्रीमती राख्ने परम्परा हाम्रो लागि नितान्त नौलो र अनौठो भान प्रतित हुन्छ । आफ्नो श्रीमती त के साधारण मायापृति वसेको चिनजानको केटी साथीलाई कसैले आखाँ मात्र मार् यो भने पनि ज्यान लिने दिने असभ्य र असहय हाम्रो नेपाली पुरुषबादी समाजको लागि किमाथाङ्काको पुरुष शेर्पा समुदायले जस्तै नारीवादी भनाउदा पुरुषहरुको लागि पनि एक पटक सोच्नु पर्ने अवस्थाको परिस्थित श्रृजना गराउने छ । परिवन्धले गर्दा धरैको आफ्नो कान्छो श्रीमान जेठो श्रीमान पट्टीको छोरा छोरी भन्दा पनि सानो उमेरको हुन गएको वाध्यताहरु रहेछ । जे होस सबै श्रीमानहरुलाई संगै नराखी कसैलाई भेडा खर्क कसैलाई शहर तिर र कसैलाई आफु संगै राखेर श्रीमानहरुको कार्यक्षेत्र विभाजन गरि दिने र जन्मिएका बच्चाहरुहरुको वाबु पत्ता लाई दिने काम पनि श्रीमतीले गर्दा रहेछन ।

मेरो जीवनको पूर्वाद्र्धको धेरै लामो समय संखुवा-सभाकै सेरोफेरो रहन सहन उकाली ओराली भाज्याङ्ग चौतारीको भिर पाखा पखेरामा समर्पित भएकोले यो जिल्लासंग मैले मेरो जीन्दगी भरी नै भावनात्मक सम्वन्ध रहि नै रहने छ मैले धेरै नै नजीकबाट यो जिल्लालाई नियाल्ने मौका पाएको छु प्रत्यक वस्ती वस्ती गाँउ गाँउ र खोलानाहरु चहारेको छु । हरेक वस्तीको सामाजिक परिवेश संग घुलमिल गरेको छु साच्चै भन्ने हो भने मेरो लागि यो जिल्लाको वस्तीहरु पराई वस्ती भए पनि मैले रैथानेको उपमा पाएको छु । कानून शाखामा कार्यरत कर्मचारी भएको नाताले जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय व्यत्तित्व देखी लिएर कनिष्ट ब्यक्तित्व सम्म घुलमेल र सहवास उठवस भएको नाता सम्वन्धले गर्दा धेरै साथीसंगीहरुको प्रीय भएर रहेँ । दाम नभए पनि मान सम्मान इज्वत र माया वेसरी पाएको थिए जिल्लावासीहरुबाट ।

राष्ट्रको सम्पूर्ण कर्मचारी तन्त्र नै भ्रष्टाचारले जेलिएको वेला प्रजातन्त्रको आगमन पश्चात पनि सर्वसाधारणहरुले सरकारी कामको झाझटिलो प्रथाबाट उन्मुत्ति नपाई रहेको वेला दुइचारवोटा अपवादवाहेक अन्य शाखाहरुवाट पनि सर्वसाधारणहरु पिडित भएको गुनासोहरु कहिल्यै पनि सुन्न पाएनौ । अझ भनौ ०५०-५२ को काल त साच्चै भन्ने हो भने निष्पक्ष स्वच्छ चुस्त न्याय प्रशासनको लागि त स्वर्णीम काल नै भने पनि हुन्छ । यसकालको नेतृत्वकर्ता हुनु हुन्थ्यो प्र जि अ शुशीलजँगवहादुर राणा । मेरो निजामती सेवाको कार्यअवधिको अनुभवमा वहाँ जस्तो स्वतन्त्र निश्पक्ष निडर र सही प्रशासक राज्यले विरलै मात्रै पाएको हुन्छ । वहाँजस्तो स्वच्छ निष्कलँक प्रतिभावान व्यत्तिसंगको सहकार्यमा मलाई वहाँले गरेको विश्वास र माया मेरो जीवनकै अमुल्य सम्पत्ति सम्झेको छु आफ्नो कार्यालयमा मात्र हैन जील्ला भरीका अन्य कर्मचारीहरुको छड्के जाँच तथा भ्रष्टाचार उन्मुलनको लागि पनि मलाई वारम्वार सहयोगी वनाएर साथै हिडाउनु हुन्थ्यो । कार्य क्षमताको मूल्याङकनको आधारमा कार्यालय प्रमुखहरुको प्रीय पात्र हुदा शक्ति र महत्वकाँक्षाले यती उन्मत्त हुइदो रहेछ म पनि झण्डै झण्डै अनियन्त्रीत भै सकेको थिए ।

देखावटी नजरमा मेरो जागिरे जीवन रहर लाग्दो नै भए पनि आर्थिक रुपमा म सधै असन्तुष्ट नै रहे मैले कमाएको तलवले हामी परिवार कहिल्यै सन्तुष्ट भएनौ । आर्थिक रुपमा सधै अभावै अभाव रह्यो सानो जागिर वढ्दो महँगी हुर्कदो पारिवारिक परिवेष आफ्नो फुर्मासिलो स्वभाव आदि कारणले गर्दा जागिर र मेरो सामु उभिएको परिस्थिति मेरो लागि चुनौती भै सकेको थियो । मैले जे देखे जे निर्णय गरे त्यो सहि थियो वा गलत जुन प्रश्नको जवाफ म संग आज दशकौ वर्ष पछि पनि अनुत्तरित छ । मैले जागिर छोडेर विदेसिने प्रण गरे । वर्तमान र जागिरको महत्वको वारेमा दसा्रउदै मेरा धेरै शुभेक्ष्ाक साथीहरुले जागिर कुनै हालतमा पनि नछाड्न सल्लाह दिए यति सम्मकी जागिरे जीवन र साधारण जीवनको इज्वत इमान सम्मान नै फरह हुने सम्म वताए तर मलाई मान सम्मान इज्वत भन्दा पनि मेरो वाटो र विचारले अन्तै मोड लिइ सकेको थियो । मैले जुन कार्यालयमा जुन वस्ती टोलहरुहरु दशकौ विताए जो संग मेरो यति गाडा अन्तर सम्वन्ध वसेको थियो हिजो सम्म हाइ हाइ गर्नेहरु हिजो सम्म मुटु जोडिएकाहरु मेरो राजिनामाको कुरा पछि नै अनायासै परिवर्तन भए मलाइ देखने वितिकै मुन्टो फर्काउन थाले दशकौ लामो सम्वन्धको विछोडमा एउटा शुभ यात्रा जस्तो औपचारिक शव्द सम्म समर्पित गरेन म प्रति । म छउाजेल भर पुर फाइदा लिए जव मेरो भोग सिद्धियो रछान जतिको पनि महत्व भएन मेरो उनीहरुको लागि । तिनीहरुसंग मेरो मन त दुखेन तर मेरो भावनात्मक आवेश यति मात्र हो कि मान्छे स्वभावले स्वार्थी हुदो रहेछ भन्ने कुरा थाहा पाउन पनि मैले दशकौ कुर्नु पर् यो । अव त मलाई त्यो ठाउमा कति पनि वस्न मन लागेन । अध्ययनको कारण जनाएर तुरन्त राजिनामा लेखे सायद कार्यालय प्रमुखमा शुशिल जंग राणा भइ दिएको भए मेरो राजिनामा कुनै हालतमा स्वीकृत हुने थिएन तर मैले राजिनामा स्वीकृत गराएरै छाडे मैले पाउने उपदान संचित विदाको चेक तथा सँचयकोषको सिफारिस पत्र लिएर मेरो जीवनको नयाँ गोरेटोको सैया गुम्तीहरु पार गर्ने अठोटका कल्पना गर्दै सरासर कोठामा आए । शान्ती आफ्नो परिवारको अनिश्चित भविष्यबाट निराश अनुहार लिएर मिली जुली निशान लाई काखमा लिएर कोठामा नै वसी रहेकी थिई म कोठामा पुग्ने वितिकै वुवा अफिसबाट आउनु भो भन्दै हतार हतार तीनै जना मेरो काखमा जम्मा भए तर ती अवोध नावालकहरुलाई के थाहा आज वावालॆ अफिसबाट आउदा खेरी नै हामी सवैको लागि अनिश्चित भविष्य पनि लिएर आउनु भएको छ भन्ने कुरा । मिलीजुली निशान अन्तै खेल्न लागे शान्ती र म मलिन र उदास अनुहार लिएर हामीले पहिल्याउने गोरेटोको नक्सा कोर्न लाग्यौ ।

अस्तुः


प्रकरण १
जनवरी १५ इजरायल तेल अभिभ


कारमेन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा यस्तो लाग्थ्यो भूमध्य सागरको तटीय जलबायुले यसपाली झरीको निम्तो अली छिटो दियो क्यार! (इजरायलमा हिउदमा बर्षा हुन्छ) झरी पर्ने क्रम बढ़दै गए पछि उत्तरी भेग तथा जेरुसलमतिर त तापक्रम शून्य बाट ताल सम्म झर्ने गर्छ। यहाँ तेल अभिभमा पनि हल्का बर्षा भएपछि धेरै जाड़ो बढ्छ, आज पनि बिहान देखि टाउको दुखने चिसो सिरेटो चलेको थियो।

छिन छिनमा बदली रहने मौषमसंग जीवनलाई तुलना गर्दै आएको उसले धेरै बर्ष भैसकेको थियो । आज पनि झरीको यो चिसो रात उसको मन सायद यस्तै परिवर्तित समय र जिन्दगीका जोड़ घटाऊ हरुको तुलना मै अल्झी रह्यो ।
धेरै दिन देखि मैले उसको व्यबहारमा अनौठो संगले परिवर्तन आएको देखेको छु। स्वभाबिकता बाट उ पर पर हुँदै गएको थियो ।उसको हिडाई बोलाई र प्राय हरेक कुराहरु बिचित्रको भएको थियो ।
एक झोक्का चिसो सिरेटो जिस्काएझै गरि उसको तन्मयता लाई भंग गर्दै भाग्छ । अहो! झ्याल खुल्लै रहेछ, उठेर झ्याल बंद गर्न नपाउदै अचानक ओइरिएको असिनाका तिन चार ढिक्काहरु कोठा भित्र सम्म पस्छन् ।

समयको कुन बिन्दुमा उसको सपनाले अर्कै रूप लियो, वा जिंदगी अन्तै तिर मोडियो, त्यों पनि उसले बिर्सिसक्यो । तर प्रेम बाट मोडिएर हिडेको नया बाटो वा समझौता को स्वीकारोक्ति नै उसको जीवनको सब भन्दा ठुलो भूल थियो भनेर उसको आत्माले निर्क्यौल निकालेको छ।
उसलाई थाहा छ त्यो निर्क्यौलको यतिखेर कुनै अर्थ छैन, तर किन उ त्यो अतीतमा अल्झिरहेको छ त? जीवनको उत्तरार्धपछि यता यो प्रश्न उसले अाफैसंग धेरै पटक साेधिसकेकाे छ उ किन त्यति निष्ठुर भयो त?त्यसाे त उसकाे निष्ठुरताका कारण जात धर्म समाज वा अरू केहि हुन सक्थे, तर तिनको अमूर्त स्वरूपभन्दा पनि मेराे माया कति क्षीण रहेछ, उ विश्लेषण र ात्मग्लानि एकैसाथ गर्छ।

माया खुसि हुदा धेरै राम्री देखिन्थी, रिसाउदा पनि राम्री नै देखिन्थी,उनीहरू छुट्टिने बेला त झन माया उसलाइ हेरिरहु झैं लागेको थियाे । बिछाेडिएपछिका धेरै दिनसम्म उसले तस्वीरबाट अाखा हटाएन रे। म अनुमान गर्छु अहिले उ ती क्षणहरू सम्झिरहेको हुनसक्थ्याे, किनकि उसको मुहारमा पाेखिएका मुस्कान र अनाैठा भावहरूको विषयमा मैले उसंग धेरैपटक प्रश्न गरेको थिएँ, र अहिले त नसाेधिकनै ती बिम्बहरू पढ्न म अभ्यस्त भैसकेको थिएँ।

असिनाका ढिक्काहरू विस्तारै पग्लिदै जान्छन, र उ साेच्छ मन शायद य्स्तै हुन्छ, हिउँझैं जम्नु, पग्लनु, पानीजस्तै बग्नु वा वाफ भएर उड्नु अनि अस्तित्वहीन हराउनु…………
अब स्पष्टै भनुँ, म यतिखेर त्यही जेरूसलायम सेल जहाव को जाेहारिस बुढाेको प्रसंगमा छु र अब याे प्रसंग शायदै दाेहाेरिने छ । म त्यही बुढाेको सुसारे उसका परिवर्तित दिनचर्याहरू कष्टपुर्वक झेलिरहेको थिएँ। त्यही साँझ उसको स्वास्थ्य अचानक बिग्रेपछि उसको मानसिक अवस्था कहिल्यै स्थिर भएन, सीधा अर्थमा मलाइ सधैं प्रेम, धर्म वा इतिहासका कथाहरू सुनाउने मेराे मालिक पागल भयाे,उसको मनाेवेग असन्तुलित भयाे।

तपाई को ध्यान खिचने र प्रसंग मा प्रवेश गराउने मेरो भित्री लोभ बाहेक यहाँ नेर मायाकाे प्रसंगकाे कुनै औचित्य थिएन न ता उसको कारन ले नै मेरो बुढो साथीमा मानसिक विचलन देखिएको नै थियो। इजरायल मा धेरै बुढा बूढी अल साइमर ले ग्रस्त छन। बुध्यौली मा प्रवेश गर्दा धेरै कुराहरु बिर्सदै जानु स्वाभिविक हो । इजरायली हरु यो अवस्था लाइ अल साइमर का बिरामी भन्न मन पराउछन तर यो अवस्था को वास्तविकता एग्रेस्सिव अल साइमरका बुढा बूढीको स्याहार गर्ने केयर गिभर लाइ मात्र थाहा हुन्छ उनिहरु लाई के थाहा?

(छोरा छोरी हरु प्राय बा आमा लाई हेरेर बसने चलन यहाँ छैन)

त्यस पछि का प्राय हरेक रात उ कराई रहन थाल्यो त्रान्कुलैज़रका मात्र हरु बढ़ाइए, तर उसको बिचालन शांत भएँन। हरेक पटक उसको डाक्टर संग भेटदा उसले निंद्रा को औषधि बदल्थ्यो वा मात्रा बढ़ाऊथ्यो,। एक पटक ता क्लोनेक्स नामक औषधि दिन थाले पछि त खान पिन छाडेर उ चौबिसै घंटा लट्ठ भै रह्यो । तर निंद्रामै बर्बराऊने क्रम भने रोकीएन ।उ आंख बंद गरेको अवस्थामा पनि पियानो बजाएको जस्तो हातका औलाहरु चलाई रहेको हुन्थ्यो, कहिलेकाही गीत पनि गाउथ्यो ।
मानिसको चेतना लाइ के ले अल्झाईराखेको हुन्छ? उसको मस्तिष्क का सबै स्नायु एकै पटक चुडीऐ जस्तै गरि उसले आफन्त, छोरा-छोरी, म सबै लाई बिर्सिएको थियो यहाँ यसलाई क्रिटिकल अल साइमर भनिन्छ ।
यस्तो अवस्था को बिरामी लाई हेर बिचार गर्नु डरलाग्दो पनि हुन्छ , ये बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको!एक बर्ष पुग्दै थियो सबैले नाछाड़ने नै सल्लाह दिन्थे ।

उ त त्यही नै थियो,केवल उसको बीमार ले उसको हालत बिगरेको मात्र हो भनेर मैले त्यही कम संग समझौता गरि रहे।
उसको चिड चिडाहत लाई साम्य पार्न म कहिले आफु लाई डाक्टर,उसको नाती अथवा छिमेक को रूप मा आफु लाई उभ्याउथें र त्यही अनुरूप फकाऊथें त्यस्तो बेला उ अनायास मलाई नै सोध्थ्यो -

मेरो केटो क्रिश चाहिं खोई त ?

त्यस पछि त धेरै पटक उसको स्वास्थ्य नाराम्रारी बिग्रियो । कतिपटक अचानक शक्ति गुमे जस्तो गरेर वेहोस हुने, ढलने र कहिले मृत्युको मुखमा पुगेको शिकार जस्तो डर लग्ने गरि चिच्याउने गर्न थाल्यो, त्यास पछि त्यों घर मा कहिले राम्रो गरि पियानो बज़ेन बरु रात भर घरै थर्कने गरेर विभिन्न खाले नाम हरु पुकारेका आवाज़ हरु छिमेकी ले समेत सुन्थे ।
उसले खाना खानु पनि छाडेको थियो ।

तरल पदार्थ दिन शुरू गर्नु भन्दा पहिले धेरै पटक म उसलाई सम्झाउने र फकाउने गर्थें- खाना नखाए तागत आउदैन तागत नभै कसरी बचिंछ? पहिले जस्तै उठ्नु पर्छ बगैचा घुम्न जानू पर्छ अनि यो सुंदर संसार हेर्नु पर्छ।
बगैचामा आउने रोज़ी,सुसाना,लिलाख हरु संग गफ गर्नु पर्छ,तिमी त अझै तन्नेरी नै छौ नि साथी !

उ मेरो कुरा को बिश्वास गर्दैनथ्यो,दिमाग खुस्किए पनि उसलाई स्पष्ट संग के थाहा हुन्थ्यो भने- यो केटो मेरो बृद्ध संवेदना खिचेर मलाई खुवाउन कर गर्दैछ । उसलाई म उस्माथि मजाक गर्दैछु भन्ने पनि लाग्थ्यो। उ रिसाउथ्यो, झर्कंथ्यो, तैले मसँग ठट्टा गरेको,तै खा?उ कहिले काही त झम्टुला जस्तो गर्थ्यो ।

त्यस पछि पनि कति पटक मैले उसलाई व्हील चेयर म राखेर घुमाउन भने छाडिन, कहिले उ घर फर्कन मान्दैनथ्यो वा यो मेरो घर होइन /यो बाटो होइन भनेर हैरान बनाऊथ्यो । म पनि उसले जता जता भन्छ उतै डुलाई रहन्थे, थाके पछि उ भंथ्यो -सोफा उलम संसार को अन्तिम बिन्दु कहा हो, तिमीलाई था छ? हामी त्यही जानू पर्छ म त्यहाँ पुगे पछि अकास तीर चढछु । तिमी अगला लिएर घर फर्क ।
त्यस पछि भने मलाई हासो उठथ्यो उसलाई लाग्दो रहेछ यही कतै बाट स्वर्ग माथि उक्लन सकिन्छ । यूटा कुरा प्रष्ट थियो उसलाई बाचने इच्छा पटक्कै थिएन,मैले उसको नैराश्यता को बारेमा पनि डाक्टर संग सोधेको थिए, उनी भन्थे औषधिले मानिसको प्रतिरोधलाई उत्तेजित वा सक्रीय बनाउने कोशिश गर्न सक्छ तर जिजिबिषा लाई जगाउन सक्दैन,जिजिबिषा मर्नु अत्यन्त घातक हुन्छ ।


प्रकरण २
मे २९ २००८ बिहीबार


गर्मी को मौषम शुरू भै सके को भए पनि अस्पताल म रात बिताउनु चिसो महशुस हुन्थ्यो। वेलिन्सोन अस्पताल को साशा टावर म हरेक रात कुर्न थालेको लगभग २ हप्ता नाघी सकेको रहेछ,उसलाई कृत्रिम स्वाश प्रश्वाश अझ दिई नै राखिएको थियो ।म हरेक रात त्यहा रहन्थे,र बिहान घर फ़र्कन्थे । संबिधान सभा को चर्चा गणतंत्र को घोषणा जस्ता ताता राजनीतिक गतिबिधि ले नेपाल को राजनीतिवृत्त रंगिएको थियो र सो को कुतुहलता मेटन म भुई तल्लाको कंप्यूटर कक्ष मा कही क्षण हराउथे,सधै साँझ आठ बजे देखि दश एघार बजे सम्म यो क्रम चलिरहन्थ्यो।
अरु पनि थुप्रै बिरामी हरु थिए तिन का केयेर गिभर हरु पनि कोही राती त कोही दिउसो ड्यूटी बस्थे छेउ मा एउटी फिलीपीनी थिई -जूलियट ,उसको र मेरो बिरामी एकै पटक भर्ना भएका थिए कुरा गर्ने साथी भएका थियौं र उता अलि पर छेउ मा भने अर्की रसियन युवती थिई,अंग्रेजी र हिब्रू दुबै नज़ान्ने, तर कुरा गर्न भने एकदम उत्सुक रहंथी बेलुकी पख सम्म त उसका आफन्त हरु हुन्थे तर साँझ भने पुन मेरो बुढो साथी र म एक्लै रहन्थ्यौं  ।

चुपचाप, सुनशान केवल अक्सिजन ट्यूबको र उसको शरीर मा जोडिएको सेंसर मशीनको एक्नासे आवाज़ मात्र रातभर गूंजी रहन्थ्यो, कहिलेकाहि हातको इशारा ले उ केही व्यक्त गर्न खोज्थ्यो उसको धड़कन अस्थिर थियो, त्यो सांझ पनि उ सधै जस्तै पल्टी रहेको थियो । उसका सबै आयामहरु बंद भएका थिए।

धूमिल हुदै गएको आवाज़ र इशारा ले चिकित्सक संग उ एकैपटक भंथ्यो मलाई तिमीहरु कति दुःख दिई रहन्छौ?
बचाउने हरेक कोशिश ले मेरो अन्तिम पल हरु अझ कष्ट कर अझ कष्टकर बनाएको छ । मलाई सजिलो गारी जान देओ उसका आँखा बात आंसूहरु बगिरहेका हुन्थे ।

दश बजे सम्म म इंटरनेट मै थिएँ, त्यास पछि भने म माथि गए उसलाई हेर्न २ हप्ता देखि उ धेरै नै गंभीर भैसकेको थियो । मनिटर ले उसको स्थिति बिग्रदै गएको संकेत गरि रहेको हुन्थ्यो। बेला बेलामा उसको नाडी निकै तल झरेपछि अलार्म बज्थ्यो नर्सहरु आउथे।

सफा गर्ने खानेकुरा वा औषधि दिने सबै काम हरु नर्सहरु ले गर्थे, हाम्रो काम चाही उसलाई अप्ठेरो भएको मह्सुश हुदा डाक्टर वा नर्स लाई ख़बर गर्ने र कुरेर बस्ने थियो । इजरायलमा घरै पीछे फरक फरक काम को अनुभव गर्दै आएकोमा यो अनुभव पनि भोगियो ।
क्रमश मधुरो मधुरो हुदै गएको उसको आवाज़ पूर्णत बंद भयो न त इशारा गर्ने चेतना नै उसमा रह्यो । म कहिले काहि बिस्तारै उसको गालामा स्पर्श गर्थे । एकै पल को निमित्त उ आँखा खोलेर फेरी अवचेतन संसार मा निदाउथ्यो र अब त त्यसो गर्न पनि उसले छाडेको थियो ।

मेरो एक बर्ष पुग्न अब धेरै बाकी थिएन, र एक बर्ष पुगेपछि थप तलब सुबिधा पाइने चलन छ। कम्तिमा त्यति चाहि बाचोस भनेर म सधै जस्तो प्रार्थना गर्थे,मान्छे कति स्वार्थी हुन्छ, मेरो स्वर्थिपना लाइ म यतिखेर आफै स्वीकार गरिरहेछु ।

त्यो दिन मैले बेलून किनेर उसको बेडको छेउमा झुंडयाए, यो देखेर फिलीपीनी मरी मरी हास्दै भन्दै थिई धंदा नमान अझै एक महिना त बाच्छ होला

पालैपालो परिवारका सदस्य हरु आउथे । उसको यो अवस्था भएकोमा दुखेको महशुश गर्थे ।अणि सांझ फ़र्कन्थे त्यस पछिका हरेक पल हरु तटस्थ भए ,जतिखेर हेर्दा पनि उस्तै -आवाज़ चाल महशुश शून्य …….।

मात्र उ बाचि रहेको छ भनेर चाही मनिटरमा देखिन्थ्यो ।
उ उस्तै निदाई रहेको थियो लगातार अलार्म बजे पछि डाक्टर अनि नर्स हरु भित्र पसे हामी बाहिर निकियौं,एकै छीन पछि अलार्म को आवाज़ बंद गरियो,र उसको मुहार बिस्तारै छोपीयो ।

त्यो मध्य रात उ सधै सधै को लागी निदाई सकेको थियो ।

बाहिर बिभिन्न प्रकार का झिलिमीली बत्ती र प्रकाश हरुले उसै गरि उज्यालो छरी नै रहेका थिए तर मैले त्यो पल अत्यन्त चक्मन्न गाढा अँध्यारो महशुश गरें ।


प्रकरण ३
मई ३० शुक्रबार


पालैपालो उसका संतान हरुले उसको पार्थिव शरीर अगाडी उसको आत्मा को चीर शान्ति को कामना गरे यहूदी धर्म अनुसार एकै छीन अन्तिम संस्कार को प्रार्थना गारी सके पछि, सभा सकियो ।

दिन धल्कदै गए पछि आकाश माँ लतपतिएका हल्का बादल हरु लाई चिरेर सूर्यको तातोपना र चमक अझै बिस्तारित नै देखिन्थ्यो ।

यहूदी हरु को जस्तै टाउको मा कचौरा जस्तो किपा नामक टोपी लगाएर म पनि त्यों अन्तिम यात्रामा सहभागी भएको थिए। मेरो बुढो साथी लाइ म यतिखेर व्हील चेयेर मा धकेलि रहेको थिइन ।किनकी बाच्दा कहिल्यै हात नदिने हरुपनि झुम्मिएर उसको यात्रा लाइ साथ दिई रहेका थिए, उसको निष्प्राण देह लाइ बडो जतनले डोरयाई रहेका थिए, म रित्तै थिएँ ।
अहो अब न त उसलाई डोर्याऊन पर्छ न त अगाला धकेल्न न त रातभर बर्बराएर उसले मेरो निंद्रा नै बिथोल्न आउछ, मेरा सबै समस्या हरु उसको अवसान संगै शुन्य भएका थिए ।

तर फेरी म किन अनौठो संग दुखी वा खिन्न भएजस्तो महशुश गरिरहेको थिएँ? के अल्झिएको थियो ? कही हराए जस्तो वा केही निभेजस्तो एक प्रकार को अनुभव ले म एकोहोरिएको थिए ।
मैले देखें त्यों परिसरमा थुप्रै चिहान हरुका लाम थिए कलात्मक ढुंगा मार्बल वा संगमरमर ले समेत सजाइएका सुंदर चिहानहरुका लहर पार गर्दै हामी उसको गंतव्य को अन्तिम बिन्दु तिर लम्कियौं मैले सम्झिएँ – बेत केनेसेट माँ पानी उसको विशेष आशन थियो सबै भन्दा अगाडी मंच जस्तो उच्च ठाउमा अशक्त भएर हिडनै नसक्ने अवस्थामा पनि उसलाई बिस्तारै त्यहिं नै राखिंथ्यो, म बिस्तारै मद्दत गर्थे ।

र आज उसलाई चिहान तिर लगिदै थियो । कहिलै नफ़र्कने गरि… हामी त्यहाँ पुग्यौं जहाँ बाट अब मेरो बुढो साथी कहिलै फर्कने छैन ।उ सधै सधै का लागी अस्ताई सकेको थियो  ।न त उसले रोमंचक मूडमा मयाका सम्झना हरु अब सुनाउनेछ न त उसले यहूदी धर्म अनि जेरुसलम का बयान नै सुनाउनेछ।
छेउमा उभीने हरु भन्दै थिए तिमी गयोऊ अब हामीलाई कसले आशीर्वाद दिन्छ ?
मैले उसलाई स्याहार गतेको ठीक एक बर्ष भैसकेको थियो ।जहाँ मैले उसको घृणा रिस हासो आंसू दुःख अनि मानसिक बिचलन का अनेकौ रूप हरु नजिक बाट देखें, पाछिलो समय मा उसको मानसिक संतुलन हराए पछि मलाई अत्यन्त कठिन भएको थियो। त्यही बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको । उ धेरै झर्काने र रिसहा स्वाभाव को भएको थियो ।

१ बर्ष पुरयाऊछू र छाडी दिन्छु भन्दै झेली रहें झेली रहें तर एक बर्ष पुग्न २ हप्ता अगावाई उसले नै संसार छाडेर गयो (शायद त्याही थाहा पाएर पो हो की! एक पटक त म आफै संग झास्किएँ)
यस्ता कैयौं घटना हरु समय ले लिएर आउछ, हामी संग जोड्छ अनि अनि फेरी कथा जस्तै त्यों सकिन्छ र नयाँ प्रकरण हरु शुरू hudai जान्छ तिन को के गणना ? मैले त्यो तथ्य लाइ पनि बुझेकै थिएँ र प्रकृति को नियम लाई पनि, तर धरती भित्र पुरिदा को अन्तिम घड़ीमा भने मैले आफुलाई सम्हाल्न अत्यन्त गार्हो भएको महशुश गरें। थाहै नपाई आखा हरु रसीला भए र केहिबेर सम्म अरुको नज़र बाट छोप्दै पर पर क्षितिज तिर हेरे जस्तो असफल बहाना गरि रहे । यतिखेर सम्म सूर्य ढल्कने क्रममा थियो, छेउमा बादल को पातलो धरसा रंगीएर रातो रातो भएको थियो ।

संगै रोई रहेकी उसकी छोरीले यो सबै देखि रहेकी थिई र मलाई इशारा गरि क्रिश! आऊ तिमी पनि बा को आत्मा को चिर शान्ति को लागी यो एवेन चढाऊ।
आत्मा फेरी फेरी सांसारिक मायामोह मा नफर्कियोस भनेर चिहान माथी पत्थर को नमूना चढ़ाउने चलन रहेछ । मैले पनि चुप चाप एउटा सानो टुक्रा ढुनगों उसको समाधि माथि राखिदियें ।उसकी छोरी धेरै बेर सम्म आबा लाइ छोपिएको माटो सुम्सुम्याउदै रोई रहेकीथिई ।

फर्कने बेला आमी मौन थियौं सबैका आंख रसीला थिए मौनता लाई मैले नै भंग गरे,र भने सूली! तिमीले आबाका लागि बोलेका अन्तिम शब्दहरु के मेरो लागि अंग्रेजी माँ लेखी दिन सक्छौ? म त्यस लाइ मेरो भाषामा उल्था गर्नेछु ।

उसले स्वीकृति को इशारा गरी।

घरमा पुगे पछि उसले अंग्रेजीमा फेरी एक पटक पढेर सुनाई पढ़दा पढ़दै उ भावुक भएको मैले स्पष्ट देखे ।

आबा

तिम्रो हत्केला र निधार मा चुम्बन गर्न र स्नेह को अंगालो मा बाधिन तिम्री छोरी फेरी आई पुगेकी छ ।

तिम्रो श्रद्दाका लागि पोखिएका यी आंसू हरु र अन्तिम बिदाई को पीडा ले भारी भएका मन हरु सम्बत्सर को यो महान आकार लिएर तिम्रो स्वर्ग को पक्ष मा उभिऐ जस्तै लाग्छन।

तर तिमी जे थियौ,त्याही हुनु को निमित्त स्वर्ग भन्दा धेरै माथी स्वत बिराजित हुने छौ । तिमी प्रति को अगाध प्रेम ले म यसो भनी रहेकी छैन ।…… आबा, तिम्रो महानताको सत्य संग्लो पानी जतिकै स्पष्ट छ। हेर त, यो शोक सभामा झुकेका प्रत्यक माथहरु यतिखेर सम्म पनि तिम्रो हात को स्पर्श महशुश गरी रहेका छन । जसरी गल्ली चोक बगैचा र बेत केनेसेट आउदा जादा उनी हरु को शिर मा हात राखेर तिमी आशीर्वाद दिने गर्थ्यौ ।

तिम्रो सूक्ति ऋचा मन्त्र अनि आशीर्वाद का शव्द हरु पुष्प ले ढकीएको नश्वर देह बाहिर यो प्रांगन भरी अझै पनि गुन्ज़िरहेको सुन्छु र हावाका यी मंद बहावहरुमा पनि तिम्रो माया को मिठो आभास महशुश भई रहेको छ
र यो आभास यति जिवंत छ जहाँ मृत्यु का सबै माप परिधि र परिभाषा हरु रद्द भएका छन
त्यसैले त म भनिरहेकी छू ।

आबा
तिमी बाची रहेका छौ बाची रहने छौ
हामी संगै हामी भित्रै
सधै सधै का लागि !

छोरी सुलामित

समाप्त ।



स्मरणः प्रीय वाइद…………॥

नयन्द्र चेम्जोङ्ग
मौना वुधुक ३ धनकुटा
हालः तेल अभिभ इजरायल ।


जुन शुखद भविष्यको अनुभुतीको कल्पना गरेर शुरु गरेको मलेसियाको यात्रा अघिल्लो दिनको कष्टकर यात्राको स्मरणले मेरो मनको अन्तरवेदनामा एउटा पिडादायक यात्राको स्मरणको बावजुद म आफ्नो भावनामा डुवेर वर्तमान र भविष्यको मेरो जीवनको गन्तव्यको योजनाहरु कोर्दै थिए हामीलाई ल्याएर राखिएको घरमा वसेका मान्छेहरुले ूचिया खाने हो ू भनेर सोधे हामीले हतार हतार ूखानेू भनेर त भन्यौ तर हामीलाई थाहा थिएन चियाको पनि पैसा तिर्नु पर्छ भन्ने कुरा । सवै नेपालीहरु संग चिया किनेर खाने पैसा नै थिएन जे जति साथमा भएका पैसाहरु थिए त्यो नेपाल देखि नै लुटिने क्रममा नै सिद्धिदै गइ रहेको थियो । यो अवस्था सम्ममा त हामी िसंगो शरिर मात्रै पुगेका थियौ । मलाई चियाको तिस्रना भन्दा पनि अलिकती भए पनि भोक मेटिन्छकी भन्ने लागेको थियो तर फेरी तेस्तै भयो हामी एक कप चियामा पनि नविक्ने भयौ हातमा आइ सकेको चिया पनि छाड्नु पर् यो । मनमा चियाको तिस्रना लिएर नै हामीलाई लिन आएको भ्यान माथि फेरी चड्यौ पौने घण्टाको भ्यानको यात्रा पछि हामी एउटा होटलमा पुग्यौ अझै पनि मलाई राम्री याद छ होटेलको नाम ूजी सेभनू थियो । हामीलाई होटलको एउटा कोठामा छाडेर त्यो भ्यान त्यस ठाउ वाट हिड्यो । जंगलको वसाई जंगलकै खुवाईले शरीर पनि जंगल जस्तै दुर्घन्धीत भै सकेको रहेछ । नुहाइ दुहाइ सफा सुघर गरे पछि यसो झ्यालबाट वाहिर चियाएर हेरेको त अहा ! कति राम्रो सुन्दर शहर ! बिचमा समुन्द्र पारी पटी सानो टापु बिचमा पानी जहाजहरु ओहोर दोहोर गरी रहेका कुनै सानो त कुनै अजंगको ठुलो कल्पना गर् यो सायद त्यो ठुलो चाही मालवाहक हुनुपर्छ नेपाल चौतारीको दोश्रो अङ्कमा मैले स्मरण गरेका मेरा श्रद्धय दाइले म सानो छदा पानी जहाजको वारेमा किम्वदन्ती जस्तै गरेर भनेका कथाहरुको झलझली याद आयो । साथीहरु बाट गाइ गुइ कुरा चल्यो हामी मलेसिया पुगी सकेको रहेछौ ।

पेनाङ्ग अत्यन्त सुन्दर ठाउँ । पारी पटी टापुमा एउटा सुपर मार्केट रहेछ ूकम्तारू मलाई अहिले समझना छैन सायद त्यो ५४ तलाको हुनु पर्छ आखा टटाउने गरी हेरी रहे त्यो घरलाई । सारै रमाइलो वस्ती रहेछ त्यो । हामी खाना खाएर वसी राखेको थियौ २ जना नेपालीहरु आएर परिचय गर् यो हामीलाई काम लगाई दिने नै उनीहरु रहेछ खुशी लाग्यो । केही क्षणको आराम पछि नै हामीलाई त्यो साथीहरुले कामको लागि त्यही देखिएको टापुतिर लगे । हामी त अबैध बाटोबाट नै छिरेका थियौ पुलीसको डर मान्दै मान्दै बाटो लाग्यौ । ूतिमीहरु निकै भाग्य मानी रहेछौ मलेसिया छिरेका दिन देखि नै काम पायौू काम लगाइ दिन लागेको साथीहरुबाट आश्वास्वन आयो मेरो मनले मन मनै भन्यो ूभाग्यमा नभइ मलेसिया आइन्छ त ।ू घरबाट हिड्दा खेरी जे जस्तो कल्पनाको संसारमा डुवुल्की मारेर हिडे पनि गन्तव्यस्थल सम्मको संघर्षमय यात्राको दर्दनाक परिस्थितीहरु करिव करिव भुली सकेको थियौ । काम गर्ने छेउमा नै वस्ने कोठा दिएको थियो । झोला राख्यौ बेलुकी देखी काममा जानु पर्ने भयो नया ठाउँ नया काम हामीले खासै कामको चासो गरेनौ । पैसामा हामी अन्धो भएको थियौ बेलुकी खाना खाए पछि हामी काममा जान तयार भयौ रात भरी काम गर्नु पर्ने हामी तीनजना एउटै काममा भर्ती भइयो काम चाहि रातभरी तरकारी पसलमा सव्जी केलाउने रहेछ । वाहिरी देशबाट आउदो रहेछ सब्जीहरु हामी सात जना थियौ सब्जी केलाउने मात्रै रातभरी साग केलाएर वेच्यौ म घरायसी कामका खासै वानी नपरेको मान्छे धित मर्ने गरी सव्जी केलाए । विहान नौ वजे तिर काम सकिने रहेछ । काम सकेर कोठा गएको म कहिले दिउसो सुत्ने वानी नपरेको मान्छे दिन भरी निन्द्रा नलागेर राती मलाई काम गर्नको लागि एकदमै समस्या परि रहेको थियो । एउटा चाइनिज थियो उमेरमै दात झरेको दिउसो दिउसो कोठामा आएर थर्काउथ्यो वेसरी गालि गरेर जान्थ्यो । हामी केही पनि बुझ्दैनथ्यौ दिउसो दिउसो सधै गालि खान्थ्यौ । त्यो किन कराउथ्यो केही पनि थाहा पाउदैनथ्यौ । रातभरी काम गर्नुपर्ने दिनभरी निन्द्रा नलाग्ने भएको कारणले गर्दा मलाई काम गर्न एकदमै कस्ट भै रहेको थियो नै त्यसमा पनि मलाई त्यो सब्जी केलाएर वस्ने काम त्यति धेरै मन लागि रहेको थिएन । अलिकती भाषाको पनि समस्या भै रहेको थियो । लाए अराएको कामहरु नबुझ्दा पनि बेला बेलामा गालि खानै परि हाल्यो ।

एवं रितले दिनहरु धेरै लामो समय सम्म बितेन काम गर्न अलि अल्सी भयो भनेर हो कि क्याहो पाँच छ दिन काम गर्ने बितिकै साहुले पाकेको पैसा हातमा राखि दिए पछि म असमाजस्यमा परे कता कता खुशी पनि लागि रहथ्यो त्यो काम छाड्नु परेकोमा । अरु भन्दा पनि मलाई त्यो रात्री नोकरी खानलाई खासै मन थिएन । मलेसियाको पहिलो जागिर वाट समयमै हात धुनु परे पनि दुइ दिनको अन्तरालमा नै काम पाएँ एउटा साथीको सहयोगले । जागिर खाज्दै गयौ दुइ जना एउटा ठुलो बंगुर फर्म रहेछ मैले त्यती धेरै वंगुरको हुल त कहिले पनि देखेको थिइन बंगुर फर्मको छेउमा नै सानो फर्निचर कारखाना रहेछ फर्निचरमा दुइ जना बंगलादेसीहरु थिए काम गर्नको लागि जो संग मैले काम गर्नु पर्ने भयो । यता फर्ममा चाहि एक जना ताप्लेजुङ तिरको लिम्बु दाई हुनु हुन्थ्यो मलाई वेसरी माया गर्ने वंगलादेशीहरु संग काम गर्न परे पनि सुत्नको लागि चाहि त्यो दाईकोमा नै जान्थे । वरी परी वंगुरहरुको वीचमा सुत्नु पर्ने भएको कारणले मलाई त्यो ठाउको वातावरण अन्यन्तै असहज लागि रहेको थियो तर पनि मलेसिया हो पैसा कमाउन आएको रातभरी हजारौ वंगुरहरुको दुर्गन्ध र कोलाहलको बिचमा निदाउने प्रयास गर्थे । फर्निचरमा पनि अत्याधुनिक हतियार हुदो रहेछ त्याहा त काँटी ठोक्नको लागि पनि पेस्तोल जस्तो हुदो रहेछ काँटीहरु गोली झैँ लोड गरेर हान्नु पर्ने शुरुको दिनमा सिक्दा खेरी नै काटीले साहुको गाला झण्डै उडेको जागिरवाट हात धुनु चाहि परेर धन्न । काम पनि ठिकै हो तर त्यो चाइनिजले गाली चाही वेसरी गर्ने तेसले म संग कहिले नरम वोलेन सारै अपशव्द प्रयोग गरेर गालि गर्ने अहिले १२ वर्षको अवधि पछि पनि मलाइ त्यसको हिसाव लिनपाए हुन्थ्यो जस्तै लाग्छ । दश दिन जति भएको थियो काम गरेको त्यसको गालि मलाई निकै नै अपच भै राखेको थियो पाकेको पैसा लिएर हिडे फेरी त्यहा कहिले पनि काममा नफर्कने गरी । जाने कहाँ वस्ने कहा केही थाहा थिएन । फेरी पनि पहिले कै साथीहरुकोमा नै सरण लिन गए । दुइ चार दिन पछि एउटा रेण्टुरेण्ट रहेछ एकसय पाँच वर्ष पुरानो सायद नाम ुसेन्च्युरीु हो जस्तो लाग्छ । जव जव काममा लाग्थे दिनको हिसाव पहिले नै शुरु गर्थे त्यस पछि महिना वर्ष हुदै हिसाव गर्दा कम्तीमा पनि पाँच वर्षको हिसावले दंग पर्थै म ।

बास्तवमा त्यो रेष्टुरेण्ट मेरो लागि जेल जस्तै थियो । काम गर्नु पर्ने समय वेलुकी मात्रै भए पनि मेरो खाने वस्ने सवै त्यहीँ भित्र नै हुन्थ्यो । दिक्क लाग्थ्यो तै पनि पैसाको लागि हो विदेश आएको दुःख त गर्नै पर्छ भन्ने विचारले संघर्षहरु गर्ने जमर्को त गरे चारै दिनमा नै हिसाव गरेर त्यहा बाट पनी छुट्टी मिल्यो । अब तेस पछि भने मेरो मन निकै आतिन थालि सकेको थियो दुइ चार दिन काम गर् यो काम खोज्दा खोज्दै कमाएको पैसा सकि हाल्ने । पुलिसको पनि उत्तिकै डर मान्नु पर्ने । कामहरु कतै पाई रहेको थिइन हतासिएको मन लिएर बिदेशिएकोमा थोरै भए पनि मनमा पछुतो लिदै एक दिन एउटा सानो पार्कमा वसी रहेको थिए एकजना हेर्दै भद्र देखिने मानिस परै बाट म वसी राखेको ठाउमा आएर हास्दै हाल खवर सोध्यो म भ्रममा परे यो मान्छेले मलाई कहाँ चिनेछ जस्तै लाग्यो मैले पनि ूठिकै छू भनॆ । उ पनि संगै वसेर म संगै कुरा गर्न थाल्यो बडो रमाइलो संग गफ भयो चौरीमा । ूतिमीलाई काम चाहिएको छ हो ू मैले ूहोू भने ूम संग धेरै काम छ कस्तो काम गछौ ू मैले भने ूकाम जस्तो पनि गर्छु ।ू ूठीक छ काममा अहिले जाने हो ू मैेले खोजेको र चाहेको कुरा हुने भयो म दंग परे । काम हेर्न हिड्ने सल्लाह भयो उ अघि अघि म पछि पछि कामको लागि दुइ जना संगै हिड्यौ एउटा होटलमा लगेर गयो । सोचे काम त होटलमै हो की क्या हो हैन होटलबाट काम सप्लाई गर्दछ क्यार जे होस दंग थिए । होटलको एउटा कोठामा दुइजनै भित्र पस्यौ । उ आफैले ढोकाको चुकुल लाए पछी हामी दुवै जना खाटमा वसेको मात्र थियौ त्यो मान्छेले त उसले लगाएका सवै लुला फुकालेर नाङ्गै भएर म माथि अभद्र एवं असहज कृयाकलाप पो गर्न थाल्छ वा । म असमाजस्यमा परे खास के भइ राखेको छ मैले वुझ्नै सकि रहेको थिइन एकातिर काम नपाएको पिडा अर्को तिर आफुसंगै आएका साथीहरुले महिना को तलव पठाउन लागि सकेकोमा डाह मलाई असह्य नै भए सकेको थियो । सरकारी सेवामा मैले झण्डै दश वर्ष काम गरे । सरकारी सेवाको नोकरीमा मलाई कैले मोह लागेन । मैले मेरो खुवी र विवेक र संघर्षले जितेर पाएको त्यो पगरी मलाई झलझली याद आयो मेरो जो समकालीन साथीहरु थिए जसले नोकरी छाड्ने वेलामा धेरै मेरा सुभेक्ष्ाक साथीहरुले जागिर नछाड्न सल्लाह दिएको थियो उनीहरुको सुझाव र सल्लाहलाई ह्रदय देखि नै पुनस्मरण गर्दै सलाम गरे । मेरो वढ्दो महत्तकांक्षाले नोकरी त छाडे नै तर त्यस पछि विदेश यात्राको क्रममा भोग्नु परेका दुर्गती तथा असहज परिस्थितीको दुर्नियति संगको लडाइमा म आफै हार्न लागि सकेको थिए । शुरुका दिनहरुमा नै म मेरो लक्ष प्रति सफल हुन सक्दिन कि भन्ने त्राहीले म आर्जित भै सकेको थिए । जे होस म त्यहाबाट उम्किएर भाग्नको लागि त्यो हिजडासंग युद्धनै गर्नु पर् यो ठेलम ठेल भयो ढेाका खोलेर वाहिर आए पुलिसलाई खवर गरु भने आफै पन्द्रै दिनमा नेपाल फर्कने पिर फेरी त्यही पार्कमा आएर वसि राखेको थिए । त्यो मान्छे त फेरी हातमा एउटा चिसो कोकाकोला लिएर मेरो छेउमा त्यही आउछ बा कोकाकोला फ्यात्त फ्याकेर मैले नबुझिने गरी गनगनाउदै हिड्यो । तिर्खाएको शरीर मान्छेप्रति घृणा जागे पनि त्यो कोकाकोला खाइदिए । वास्तवमा त्यो दिनको घट्नाले मलाई मेरो मलेसियाको संघर्षसिल जीवन भन्दा पनि मैले मेरो जीवनमा आइपर्ने यस्तै यस्तै आत्म सम्मानमा लाग्ने चोटग्रसत दर्दनाक व्यथा तथा दुर्घट्नाहरुहरुले मेरो मन एक किसिमले आर्जित भै सकेको थियो । मन अमिलो पार्दै बेलुकी कोठामा फर्किए साथीहरुलाई केही पनि भनिन भोली पल्ट अर्कै साथिको सहयोगमा काममा गयौ दुइ दिन मात्र काममा गएको वेल्डीङ्गको काम गर्दा गर्दै फलामबाट निक्लिएको झिल्काले मैले नेपालबाट लगेको सुटको पेन्ट डरेर काम नलाग्ने नै भयो ।

मलेसिया मेरो पहिलो विदेश यात्रा भएकोले होला मैले अवस्य पनि म भन्दा अग्रज दाजुभाइहरुबाट सहयोग सद्भाव र मायाको धेरै अपेक्षा गरेको थिए उनीहरुबाट नव आगन्तुकहरुलाई उचित सल्लाह र संरक्षणको पनि आशा गरेका थिए तर त्यस्तो हैन रहेछ पुराना ले नयालाई शोषण गर्ने परिपाटी क्षेत्रीय विभेद पुर्वेली र पश्चिमेली नेपाली नेपाली वीचको श्रम शोषण यस्ता यस्ता कुराहरुबाट श्रृजित नेपाली मजदुर दाजुभाइहरुको परम्परागत शैलीले मलाई नेपाली समाजबाट कतै टाडा गएर काम गर्ने मनस्थिति भै सकेको थियो । हामी सबै नेपाली हौ हाम्रो रगत नेपाली हो हाम्रो देश नेपाल हो हामी एक दिन नेपाल जानु पर्छ हामी हाम्रो उज्जल भविष्यको लागि दुइ दिनको लागि यहाँ आएको हो भोली त्यही समाजमा गएर वाँच्नु पर्छ भन्ने भावना मैले भेटेका कुनै नेपालीहरुमा पनि पाईन एउटा विदेशी कम्पनीमा काम गर्ने मालिकले कामको विश्वास गरेको भरमा आफ्नै हैसियतका नेपाली दाजुभाईहरुलाई अमानविय दुव्र्यवहार गर्नु विदेशी संस्थाका केही फिरिङ्गीहरुले उचालेको भरमा नेपाली दाजुभाइहरुवाट भएको काम कारवाही र गल्तीलाई तिनीहरुकै इशारामा दाजुभाइहरु माथि खेलवाड तथा हस्तक्षेप गरेर फिरिङ्गीको मन जिते भने संसार जित्नेछु भनेर भ्रम पाल्ने संकिर्ण सोचाइका अवुझ नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई मैले त्यति खैरे सल्लाह दिएको थिए र आज पनि दिन्छु पाँच वर्ष त हो नी नेपाल फर्कन पर्छ कि पर्दैन

….पर्ख ।

आदरणीय पाठक बृन्द म आज भन्दा वाह्र वर्ष अगाडिको मेरो जीवनको उचाड चडावहरुको वारेमा स्मरण गर्न गै रहेकोले मैले धेरै कुरा हरु स्मरणमा छैन कुनै तरहले म संग एउटा पाकिस्तानीको सम्पर्क भयो कामको लागि जाने भयौ सायद काम लाइ दिए वापत दुइसय रिङ्गिट तिर्नु पनेै्र सर्तमा हो जस्तो लाग्छ । त्यो पाकिस्थानी वस्ने ठाउ हेरेर आए भोली पल्ट काममा जाने सर्त भयो । ठिकै छ भोली पल्ट बेलुकी राती ९ वजे तिर काममा हिडेको बिचैमा पानी जहाजबाट ओर्लने वितिकै पुलिसले समातेर राख्यो म संग काम गरेर राखेको पैसा एक सय रिङ्गिट थियो हामी दुवै जना विच सहमती भयो पचास पचास वाडने उ पनि पैसा पाएकोमा खुशी म पनि जेल वस्नु नपरेकोमा खुशी दुवैले हात मिलायौ र विदा भयौ । मलाई पुलीसले पक्रने वितिकै त्यो पाकिस्तानी फरार भएछ रातीको झण्डै दश वजि सकेको थियो अन्तिम वस लागि रहेको रहेछ म भ्ममा परे त्यो पाकिस्तानी गै सक्यो वा मलाई कुरी राखेको छ जे होस वसमा चडे वस बाट ओर्लेर एउटा ट्याक्सी लिएर हिडे आधा वाटोमा पुगे पछि मैले मलेयु भाषामा दश रििगंट भन्नु पर्ने नजानेर छ रििगंट भनेछु क्षमा माग्दा मागदै त्यसले मेरो कुरा नै नसुनी पहिले चडेकै ठाउमा ओरालेर छ रिङ्गिट लिएर हिडयो यो सबै रमिता अर्को ट्याक्सीले हेरी रहेको रहेछ त्यसले आएर मलाई सोध्यो तेरो धर्म के हो त्यो मान्छे हेर्दै मुसलमान जस्तो थियो मैले पनि आफुसंरक्षण हुने इरादाले भने ूमुस्लीमू त्यसले खुशी हुदै अंगालो हालेर भन्यो ूत्यो ड्राइभर हिन्दु हो हिन्दु सवै त्यस्तै हुन्छ आइज त पनि मुस्लीम म पनि पनि मुस्लीम म लान्छुू भने पछि बाटोमा हामी दुवै मुसलमानहरु मीठा मीठा कुरा गर्दै गयौ । जे होस गन्तव्य पुगेर नै छाड्यौ ।

नयाँ ठाउँ काम पनि हिजो सम्म पाएको मध्य अलि नौलो किसिमको रवर कम्पनीमा जाना साथ ज्यालाको कुरा भयो । साहु चाइनिज रहेछ काम गर्ने सहमति भयो एक किसिमले रमाइलो नै लागि रहेको थियो । हप्ता हप्तामा ड्युटी वदल्नु पर्ने तर काम चाही सजिलो नै हो काम शुरु भयो । पाकिस्तानीहरु रहेछ काम गर्ने ६ जना जति । भाषा र खान्की नमिले पनि दुख सुख सहयात्री भएर काम गर् यौ हामी दुवै पक्ष विरानो मुलुकमा थियौ तै पनि बिदेशी भाषा र बिदेशी खानालाई नै मित्रताको बन्धनको गाँठो वनाएको थियौ । सारै मिल्थ्यौ मेरो दुख सुखमा वेसकन साथ दियो लाग्थ्यो विरानो मुलुकमा मैले मेरो रगत र मातृभुमी नेपाल र नेपालीहरुबाट विदेशमा पाउने माया र सहयोगको जुन अभावको आवस्यक्ता महशुस गरेको थिए त्यो पुरा पाएको छु मैले त्यति खेर एउटा विरानो मुलुकको पराइहरुवाट । मलाई अहिले पनि दुइ जनाको नाम राम्ररी याद छ एक जना अकवर र अर्को वाइद । अकवर भन्दा पनि अर्को वाइद चाहि मलाई धेरै माया गर्ने सायद त्यो चाही अली सोझो र इमान्दारी पनि थियो जस्तो लाग्छ । संसारमा जति पनि युद्ध तथा काटमारहरु हुन्छन प्राय सवै धर्म कै नाममा भएको पाइएको छ तर वाइदले जहिले पनि रगतका र मानवको नातालाई मात्र जोड दिएको पाए मैले तर किन हो त्यो वाइद हामी सँग धेरै दिन काम गरेन चाडै नै त्यो ठाउ बाट काम छाडेर गयो जाने वेलामा वाइदले मलाई एक मिनेट सम्म अंगालोमा वाधेर गालामा म्वाइ खाएर धेरै वेर आिलंगन गररे र भन्यो ू हेर यति थोरै दिनमा नै तिम्रो र हाम्रो विच यति घनिष्ट दोष्त भयो तिमी जहाँ भए पनि म तिमीलाई सधैं नै सम्झन्छु अनि मिमीले पनि सम्झ है ू मैले पनि मलिनो अनुहार वनाएर जवाफ दिएको थिए ूवाइद तिमी मेरो दाइ हो यदि तिमी जहाँ गए पनि राम्रो काम पायौ भने मलाई पनि खवर गर है म पनि तिमी सँगै काम गर्न चाहान्छु ूतर वाइद गए पछि कहिले फर्केर आएन सायद आजको जस्तो मोवाइलको जमाना भएको भए हाम्रो मित्रताको गाठो अझ धेरै कसिन्थ्यो कि धेरै लामो समय सम्म वाइदको यादले मलाई निकै सतायो । मित्रता र मायाको अगाडि कुनै भौगोलिक सिमाना जातिय विभेद सांस्कृतिक एबं भाषागत भिन्नता भन्ने कुरा गौण हुदो रहेछ । वाइद संगको क्षणिक मित्रताले मलाई यस्तै सन्देश दिएर गएको छ ।

वास्तवमै वाइद संगको वसाई र सम्वन्ध तोडिए पछि वाँकी पाकास्तानी कामदारहरुसँग मेरो सौहार्द वातावरण वन्न सकेन कहिले कामको विषयमा कहिले खानाको विषयलाई लिएर विवाद चलि रहने गथ्र्यौ उनीहरु धेरै जना र ठुलो डालिलो मान्छे पनि भएकोले म धेरै हेपिए पिडित भए वाकी निर्दयी पाकिस्तानीहरुबाट । मैले शारीरीक रुपमा पनि साच्चै फुच्चे पाएको छु उनीहरुको सामु आफुलाई । अकवर पनि उनिहरुकै लहै लहैमा लागेर म एक्लो नेपालीलाई अभद्र व्यवहार गर्न अग्रसर भै रहेको थियो । विवाद र मन मुटाव चरम विन्दुमा नै पुगी सकेको थियो कम्पनिमा अर्को एकजना पनि थियो तर उ चाही मलेसियन नै हो तर हिन्दु । वाइदको वरावरनै माया पाएको छु मैले उ वाट पनि तर त्यो माया वाइदसंगको जस्तो अन्तर आत्मा बाट प्रस्फुटन भएको माया थिएन केवल जातिय र धार्मीक आस्था र विश्वास मात्रै । उनीहरु सुतेको ठाउमा म जादिनथे अगाडि देखी हाले भने पनि मलाई घुरेर हर्थे । एक पटक म काम सकिएर मेसिनकै छेउमा विसाएर सोफामा ढल्केर वसि रहेको थिए एउटा सानो पानी खाने जगको बिषयमा म सँग निहु खोज्दै अकवर मेरो अगाडि आएर मलाई गालि गर्न थाल्यो म पनि डराएर वस्ने कुरो त भएन मैले पनि मुख मुखै लाग्न थाले त्यसले त मलाई रिसको आवेशमा सारै सानो देखेछ क्यार मेरो घाटीँ समाएर लछार पछार गर्न थाले पछि भने म त झन रिसको पारखी रिस कसरी उठाउनु पर्छ भन्ने कुरामा राम्रो सँग परिपक्क अनुभव भएको मान्छे न हुँ त्यो छ फिटको पाकिस्तानी मुसलमान मेरो आँखाको अगाडि ओझेल नै परि सकेको थियो वसेसै छेउमा सामान ओसार पसार गर्ने अन्दाजी २० के।जि। जति तौल भएको गाडा थियो उठाएर अक्वरको इहलिला समाप्त हुने गरी टाउकोमा वजारेको धन्य अकवरको अल्लाहले अकवर प्रति रक्षा गर् यो अकवर मरेन हातले छेकेछ क्यार हात भाचियो मात्रै । त्यती भए पछि मेरो रिस त मर् यो तर केही समय भित्रै म ठुलो विपत्तीमा परि सकेको थिए म अन्य पाँच जना पाकिस्तानीहरुद्धारा घेरि सकेको थिए । अक्वरको संभावित मृत्युको क्षण म तिर फर्कि सकेको थियो म भाग्न थाले उनीहरु कुदाउन थाले अकवर घाइते भएर लडि रहेको थियो उनीहरु धेरै अग्ला भएकोले मलाइ समाउन अलि अप्ठेरो भइ रहेको थियो होला तिनीहरुको हातमा लौरो पनि थियो मेरो झगडा गर्न सक्ने हिम्मत त थिएन तर जसरी हुन्छ अर्को हिन्दु साथीकोमा गएर शरण लिन सके ज्यान सम्म चाहि जोगिन्छ कि भन्ने आश सम्म चाहि थियो अन्तमा काम गर्दै गरेको साथीकोमा कुदेर सरण लिन पुगे मलाई मृत्यु संगको युद्धमा लडाइ जितेर आए जस्तै अनुभव भै रहेको थियो साथीको छेउमा आइ पुग्ने वितिकै म धेरै शक्तिशाली भै सकेको थिए उनीहरु म तिरै कुदाउदै आइ रहेको थियो त्यही मौकामा एउटा पाकिस्तानीको पेटमा एक लाति हान्न भ्याएको चाहि स्मरण छ तर त्यो मान्छे सारै ठुलो थियो सायद त्यसले मेरो वज्र थाहा पाएन होला जस्तो लाग्छ । जे होस कुटपिटको हिसावमा म नै माथि परे ।

हिन्दु साथीको रोहवरमा त्यो दिनलाई मिलापत्र भयो सबै भोली विहान कुरा छिनो फानो हुनेगरी दुइजना चाहि अकवरको हात उपचार गर्नको लागि हस्पिटल तिर लागे । म चाहि मेसिन कै छेउमा सुते । निन्द्रा परेन मलाई वाइदको याद आइ रह्यो सायद वाइद भइ दिएको भए यस्तो हुदैन थियो । भोली पल्ट साहुको सामुन्य कुराहरु भयो । सबै पाकिस्तानीहरु कामबाट निकालिने भए । अक्वर पनि भाचिएको हात वेण्डेज गरेर आएछ तर पनि मैले त्यस पछि त्यसको मनमा कुनै रिस र राग पाइन । काम गर्ने म मात्र एक्लो हुने भए । काम छाड्न परेकोमा उनीहरु धेरै नै खिन्न थिए तर म पनि खुशी थिइन मलाई त्यो दुखदाइ घट्ना भन्दा पनि जुन एउटा एक्लो बिदेशी जीवनको कस्टकर संघर्षमय यात्रामा मेरो रगत र माटोको साइनो जोडेको नेपाली दाजुभाइहरु भन्दा धेरै टाडा र फरकको मात्र मानवरुपी नाताबाट माया स्नेह र सरण पाएको थिए कष्टकर यात्राको अवधिमा नै सितल छहारीको विसौना थियो त्यो सदाको लागि टुट्न गै रहेको थियो जसको कारण थिए म । सवै जना पाकिस्तानीहरु झोला वोकेर निक्लिए मलाई लागि रहेको थियो अक्वर वोल्दैन होला तर झोला बोकेर अक्वर सिधै मेरो छेउमा आएर अंगालो हालेर आखा भरी आसु पार्दै भन्यो ूभाइ तिमी संग न त मेरो हिजो नै दुस्मनी थियो न त आज नै छ न त भोली नै हुने छ गल्ती र आवेशमा जे भयो तिमी पनि विस्र म पनि विस्रन्छु कहि कतै भेट भयो भने साथी भनेर वोलाउनु हैू भन्दै धेरै वेर अंगालोमा वाधिएर विदा भयो । जुन दिन म त्यो कम्पनीमा काम गर्न जादै थिए तिनीहरु सवै जनाले मलाई त्यसरी नै हेरेका थिए तर आज ठिक उल्टो छ उनै पाकिस्तानीहरु झोला वोकेर लाइन लागेर हिडे कामको खोजीमा मलाई फर्केर हेर्दै हात हल्लाउदै विदा भए तिनीहरु कहाँ गए कुन ठाउमा काम पाए थाहा भएन तर मेरो मनको अन्तर वेदनाले यस दर्दनाक दुखद घट्नाको वारेमा वाइदलाई चिठी लेख्ने धोको कहिले पुरा हुन सकेन जुन मैले चाहेको थिए …॥

प्रीय वाइद

धेरै धेरै माया तिमीलाई । तिम्रो र मेरो छोटो वसाईको अवधिमा हामी वीचको सामिप्यले धार्मिक सांस्कृति र भौगोलिक फरकपनको खाडल जसरी पुर्न सिकाएका थियौ त्यसलाई फेरी खाडल वनाउने दुष्कार्य तिम्रै सहपाठी अकवरबाट भएको छ यसमा म निर्दोष छु । तिम्रो मित्रताको भावनाले मलाई सराप दिने छैन तिमी जहा रह सुखी रह तर हामीलाई तिम्रो जस्तो भावनामा समर्पित रहने धेरै साथिहरुको आवश्यक्ता थियो र अनन्त सम्म रहि रहनेछ छ तिमीलाई केवल दुइ शव्द मात्र……

रगत एउटै जाति पनी फाटो यही थियो
आखिर बाठो मुङ्गलान छिर् यौ लाटो यही थियो ॥

जन्मभुमि भाषाहरु जाति फरक भए पनी
आखिर हाम्रो कर्मभुमि माटो त्यही थियो ।

आकंक्षा र विचारहरु लक्ष फरक भए पनी
आखिर हाम्रो गन्तव्य र बाटो त्यहि थियो ॥

दुइ दिनको मिलनमा धर्म जाति विसे्र पिन
आखिर तिम्रै विचार सत्य पाटो त्यही थियो ।

युगौ सम्म जोडि दिने नाता अमर भए पनी
सम्झे रगत एउटै हुन्छ खाटो त्यही थियो ॥

रगत एउटै जाति पनी फाटो यही थियो ।
आखिर बाठो मुङ्गलान छिर् यौ लाटो यही थियो ॥

अस्तुः

-प्रभा आचार्य

एकदिन संजोग्बस घरमा पहुनाहरु आए । पाहुनाहरुको लागी पनी खाना पका भनेर सासूले भन्नु भयो मैले खाना थपेर पकाए । ती पाहुनाहरू एक जना हाम्रै अधियार खेती गर्ने धने बिस्वकर्मा दाई र अर्को हाम्रै खेती को जग्गा माँ बसेर हाम्रो लुगा बालिमा सिलाउने सन्त दमाई दाई हुनुहुन्थ्यो । साँझको यस्तै आठ बजेको हुदों हो सासूले पाहुनाहरू भोकाए चाडो खाना खुवाऊ भनेर आदेश दिनु भयो । मैले पनी सोही अनुसार खाना चाडो पकायेर भांसाघरमा काठको पीराहरु संगे ठीक पारेर खाना पस्किवरि ती दुवै दाइहरुलाई खाना खान औनुहोस भनी बोलाएँ । ती दुवै जना दैहरू बाहिर कलबाट हात धुएर भांसा घरभित्र पसे । मैले बस्न ठीक पारेको ठाउँमा इशारा गर्दै दुवैजनालाई बस्न भनी संकेत गरें ।

तर … …दुवैजनाले एकै ठाउमा बस्न असहज माने झै गरे, म अचंभित भएँ किन यिनिहरू बस्न अप्ठ्यारो मानिरहेछन भनेर आश्चर्य मान्दै हैन के भयो? बस्नुहोस्न भनेर फेरी आग्रह गरें अनि पो धने बिस्वकर्मा देले मुख फोर्नु भयो” नानी म यसरी नजिक बसेर खाना खादीन फेरी छोई छाई हुन्छ नि” भनेर पीरा अलिक पर सारेर बस्नु भयो । उता सन्त दाइले पनी धनेदाईको बिचारलाई शिरोपर गारी झुकेको शीर बनाई ”हो नानी म धने देको नजिक बसेर कहाँ खान्छु र ?” भनेर आफुलाई हृदयाभित्रबाट म सानो जातको हूँ मैले यसो गरेमा अनर्थ हुन्छ भन्ने भाव प्रष्ट पार्दै काठको पीर अलिक पर सारेर दुवै जना खाना खान ब्यस्त भए.

 म भने मनभरी, दिमागभरि प्रश्न चिह्न बोकर उनीहरूले आफु आफु बिच बर्गीकरण गरेकोमा आश्चर्यचकित हुदै आफै भित्र टोल्हाउदै सोंचिरहेंआफुले आफुलाई ठुलो ,सानो ,नीच ,उच् ,छुत्त्याउन थाले पछि समाज,देश ,गाऊं,र अरुले ता त्यासी पनी यस्तै बर्गमा सधैं छुट्याई रहन्छ नि अनि कहिले हाम्रो समाज ,गाऊ,देशको उन्नति होला र ? अनि मान्छेको यस्तो सोचाइम कहिले परिवर्तन आउला? भनेर कल्पिन थालें । यत्तिकैमा धने दाइले नानी खाई अलीकती भात ल्याऊ भन्ने वाक्यले म झस्कियें अनि दुवै जनालाई थपिदिन तिर लागें ।

सस्मरण
लक्की नम्बर ९
नयन्द्र चेम्जोङ

 
हिजोआज नेपाल चौतारी मासिक पत्रीकाको नियमित प्रकाशनले निकै ब्यस्त पाएको छु मैले म आँफैलाई । पत्रीका बाहेकको काममा प्राय दिनभरी नै कम्प्युटर खोलेर बिभिन्न वेब साइट हरु चाहर्नु नै मेरो दिनचर्या बनेको छ । डिसी नेपाल डट कममा गयर ताजा समाचारहरुको जानकारी, मनोरञ्जन र संगितको आनन्द लिन पाएको क्षण बेलाबेलामा मैले म आँफैलाई भुल्ने गर्छु । तर आज मलाई समाचार संगीत केही सुन्न र हेर्न मन लागेको छैन । मलाई अत्यन्तै मन पर्ने अर्को वेबसाइट हो गुगल अर्थ । त्यस भित्र गयर आफ्नो गाउ घर, आफुले घुमेका ठाउँहरुको द्रिश्यलोकन गर्नु, बिगतका समयहरुमा भय गरेका घटना तथा समयहरुको स्मरण गर्नु पनि मैले आफुलाई पूर्ण सन्तुस्टी पाएको छु म आँफैलाई । जब म गोगल अर्थमा गयर नेपाल,इजरायल, कोरिया,फिलिपिन, थाइल्यान्ड, मलेसिया जस्ता आफुले घुमेका मुलुकहरुको गाउबस्तिहरुमा गएर हराउन थाल्छु, अनायासै अतितका घटनाहरु जिन्दगीका पानाहरु पल्तिन थाल्छ, म एकोहोरिन्छु, आज पनि त्यसरिनै एकोहोरिएको छु, म कल्कनामा डुबेको छु, मेरो नयनको स्मृति पटलमा झलझली ति यादहरु आइरहेको छ,,,,,,,,,,,,,,,,,,,,,, ।

 
घरदेखी अली पर एउटा सानो खन्युको रुख थियो । सांझ झमक्कै परेकोले गाई गोरुहरु किलामा बढी सकेर त्यो खन्युको रुख अवारीपरी घुम्दै उफ्री उफ्री दाइहरु सबैले चिच्याएर “बिनायो कङ कङ जाउं साइली माइली मलाया हङकङ” भन्दै एकै स्वरमा गाउँनु भयो । दाजुहरु सबैले स्वरमा स्वर मिलाएर मच्ची मच्ची गाए । मैले पनि उफ्रन र घुम्न त सघाए तर मलाई त्यतिखेर त्यो गीत कण्थ थिएन । झमक्क सांझ परेको कारणले गर्दा दाइहरु भन्दा ठुलो स्वर निकालेर गाउँन नपाएकोमा मन खिन्न बनाउदै भए पनि दाजुहरुसंग घरमा आएं । तर म अली सानै देखी दाईहरु भन्दा जिताहा, घमन्डी स्वभाब भएको कारणले ठुलो स्वरले कराएर गाउँन नसकेकोमा भने ठुलै आत्मग्लानी भए तापनि घरमा पुग्ने बितिकै मलाई त्यो गीत कन्ठै भएपछी मनमा अली शान्ती भयो । अब फेरी पनि त्यो खन्युको रुखमा गएर दाइहरु भन्दा ठुलो स्वरले चिच्याएर गाएर जित्ने मनशाय लिएर म त्यो दिनको पर्खाइमा रहेँ ————- ।

 
समय र परिस्थितीले त्यो दिन कहिले पनि फर्खेन । हामी ठुलो हुंदै, हुर्कदै गयौ । त्यो बुढो रुखले आफु बुढो भएर पनि हाम्रो गित सुन्नकै लागि धेरै बर्ष कुर्यो । अन्तमा,हरेक बसन्त र शिशिरको संघर्श को बाबजुद आँफै ढलेर दाउरा चिरिन पर्यो । बालकपनको भावना, चाहना एउटा स्मरणकै रुपमा रह्यो, बालककालमा हामी दाजुभाइहरु जती आत्मियता र नजिगपन रहेर बस्यौ, खेल्यौ त्यो एउटा मिठो सपना भएर सजिरहने छ । झन्डै पाँच बर्षको पनि उमेर नभएकोले त्यतिखेरको मलाया, हङ्कङ कस्तो छ ? भन्ने त थाहा थिएन तर गाउघर तिर रिकुटेहरु आउँदा जाँदा मलायाको रिकुटेरे भनेको सम्म चाँही सुनेको थिए । दाइहरुले स्वरमा स्वर मिलाएर मलाया हङ्कङ जाने प्रण गरे तापनी दाइहरुबाट त्यो इरादा पुरा भएको अहिले सम्म जानकारीमा छैन तर त्यो खन्युको रुख मुनी घुमेर दाइहरु सँग स्वरमा स्वर मिलाएर गाउँने धोको पुरा नभए पनि समयन्तरको क्रमले मैले सन १९९५ तिर मलेसिया ( हामीले गित गाएको समयमा मलाया नै भन्ने गरिन्थ्यो ) यात्रा गर्ने अवसर पाए ।


मैले कहिल्यै बिदेश यात्राको कल्पना गरिन । न त कुनै डक्टर, इन्जिनियर हुने नै कल्पना गरे । जे जती जिबनका पाइलाहरु अगाडि बडे एउटा दिशाहिन भएर भाउतारिएको माझि बेगरको ढुङ्गा झैं पाएको छु मैले मेरो जिबन । मलाई लाग्छ, शायद मेरो जिबनको असफलताको कारकनै त्यही नै पो हो कि ? बड्दो महत्वकांक्षा र सानो जागिरले धान्न नसकेको व्याबहारिक जिबनको दिग्दारिको कारणले म पनी आफ्नो नाबालक बच्चाहरु र श्रीमतीलाई छाडेर धनको अभिलाषा र चाहनामा उर्लिएको मेरो खहरेरुपी मनको बेगलाई बग्न दिदै मैले पनि बिदेसिने प्रण गरे ।
एकजना जागिर खांदा चिनेको साथी थियो टिका सुब्बा, उसैको संपर्कबाट एकजना मान्छेसँग चिनाजान भयो । उसले मलेसियातिर मान्छे लाने काम गर्दोरहेछ । त्यतिखेर अहिले जस्तो नेपाली काम्दारहरु बैध कामदारको रुपमा प्रबेश गर्न पौदैनथ्यो । जसको सहयोगमा जसको सहयोगमा म पनि मलाया जाने तारतम्य मिलाउन थाले । म ठ्याक्कै मिती तोकेर त भन्न सक्दिन यात्रा अगाडि हुनु पर्ने जती पनि पूर्व तयारीहरु हुने सिलसिलामा बिदेश जाँदा सुट सिलाउनु पर्छ भन्ने गाउंघरतिरको मन्यतालाई मैले पनि अङ्गिकार गरे पहिलो बिदेश यात्राको क्रममा शान्तिको करमा सुट पनि सिलाए । त्यो सुट मलाई साच्चै नै भारी भइरहेको थियो । सुट सिलाउन लगाएको मान्छेबाट नै सिकेर भए पनि टाइ बाध्न चाँही सिकें बैङ्कक यात्राको लागि तय भयो । नयाँ अनुभब थियो बिदेश यात्रा तर हामी सबै मजदुर्को रुपमा कमा गर्न मलेसिया जांदै थियौ । जे होस दुई घण्टा पैतालिस मिनेटको उडान पछी हामी थाइल्यान्डको राजाधानी बैंङ्कक अवतरन गर्यौ । धेरै गर्मी रहेछ बैङकक त हामी धेरै बेर बसेनौ । एउटा भ्यान रिजर्भ गरेर हामी दक्षीणी थाइल्यान्डको एउटा सानो बजार हाडजाइ मलेसियाको बोर्डर तर्फ प्रस्थान गर्यौ । बैङ्कक पुग्यौ मात्र बैङ्कक कस्तो छ ? के छ ? केही थाहा पाउन सकिएन । उही मान्छेको अगाडि गफ गर्दा बैङ्कक पुगेको छु भन्ने मात्र भयो । लगभग हजार किलोमिटरको दुरी पार गरे पछी हामी हद्जाय पुग्यौ । हामीलाई थाहा थिएन, कसरी मलेसिया जाँदै छौ भन्ने कुरा । अबैध रुपमा प्रबेश गर्नु पर्ने भएकोले केही समस्या हुन सक्छ भन्ने पूर्व अनुमान चाँही नगरेको हैन । एजेन्टले एउटा मैनाको स्वर र लवजमा एतिमात्र भनेको थियो कि बोर्डर् पार गर्नको लागि अलिकती हिंड्नु पर्छ नत्र भने केही समस्या हुँदैन । उसले त्यही भाषा बोलेको थियो जो सबै एजेन्टले बोल्छन कलान्तरमा गएर मैले पनि बोलेको छु । बोर्डर पार गर्न समस्या जनायर हामी त्यो ठाउमा एक हप्ता जती बस्यौ ।

 

बस्नको लागि होटेल थियो,खानको लागि एउटा सानो छाप्रे होटेलमा बन्दोबस्त गरी दिएको थियो एजेण्टले । यती जना मान्छेहरु मलेसियाबाट पक्राउ परेर फर्किएरे, यतिजना थुनामा परेका छन रे, यस्ता धेरै कुरा हरु पनि हामीले नसुनेका होइनौ तर पनि चाडो भन्दा चाडो मलेसिया पुग्ने इरादाको अगाडि यि माथिका नेपाली दुर्दशाको कथाहरु हामीले हावाले उडाएर ल्याएकै हल्लाका रुपमा लियौ । दसैंको समय भएको कारणले शान्ती, मिलिजुली र निशान को याद्ले धेरै नै सताउथ्यो । एकातिर जहान परिवार सँगको बिछोड अर्को तिर अधुरो गन्तब्यको अवस्थाको बाबजुद तनाब र आबेशले मान्छेलाई कसरी शरीरिक र मनसिक रुपमा बिक्षिप्त बनाउदो रहेछ भन्ने कुराको प्रत्यक्ष अनुभब गरेको छु मैले त्यतिखेर ।

एकदिन अचानक एजेण्टबाट आज हामी मलेसिया जाँदै छौ भन्ने खबर आएपछी मलेसिया पुग्ने जुन एउटा सपना थियो त्यो साकार हुन लागेको खुशीयालिमा हामी फुरुङ हुँदै पोका पन्तेउरा ठीक पारेर मन प्रफुल्ल पार्दै तयार भयौ । मैले फेरी पनि त्यो सुट त लगाइन तर टाइ चाँही बाधें । नेपालबाट हिंड्ने बेलामा एजेण्टले हामी मलेसिया जाँदा भिजिट भिशामा जाने हो भन्ने जानकारी दिएपछी मैले सुटको तारतम्य मिलाएको थिएं । सुट-टाइ,जुत्ता, चस्मा चाँही टुरिस्टको प्रतिक हो भन्ने भावना मेरो बाल मस्तिस्कमा छाप परी सकेको थियो । जब हामी झोला बोकेर निक्लियौ, आरामदायी मिनिवस वा भ्यानको प्रतिक्षामा तर एउटा सानो गिटी बालुवा बोक्ने मिनी टाटा ल्याएर पर्खिरहेको रहेछ हामीलाई । बालुवाको साटो हालियो हामीलाई त्यो मिनी टाटामा । शायद एजेण्टले कतै बालुवा बोकी राखेको गाडीलाई केही क्षेणको लागि भाडामा ल्याएको थियो क्यार । मिनी टाटामा हामीलाई पछाडि पट्टी खांदेर राख्ने बितिक्कै स्थिती प्रतिकुल भएको अनुभब गरे र त्यो घटिंको टाइ बिस्तारै फुकालेर झोलामा हालें । अरु साथीहरुले त भनेनन शायद म अली जोक्कर जस्तो देखिए कि भन्ने आँफैलाई लागेको थियो । बेलुका साँझ झमक्क परी सकेको थियो । झन्डै १५ मिनेटको यात्रापछि एउटा सानो घरको कोठामा बाहिर बाट ढोका बन्द गरेर राख्दै एउटा मान्छेले सुख्खा भात र एउटा एउटा उसिनेको अन्डा खानको लागि ल्याएर दियो । हाम्रो पेट त अघाएन खाना थप्न पनि नमिल्ने रहेछ साच्चै भन्ने हो भने हामीले आधा गास नै खायौ र चित बुझाएर बस्यौ तर साह्रै मिठो मानेर खायौं ।

 

कतिखेर जाने ? कहिले मलेसिया पुग्ने भनेर हामीमा मानसिक तनाब त छदै थियो नै । झन्डै २ घण्टाको बसाइ पछी बेलुकी ९ बजेको समय तिर फेरी एउटा मिनी टाटा आएर हामीलाई त्यसरी नै लग्यो । कारीब ५ मिनेटमात्र अगाडि बडेको थियौ गाडीबाट ओरालेर जङ्गलतिर साइट लगाएर अलिपर लगे । एकजनाले हाम्रो घडी, खल्तिमा भएको पैसाहरु सबै छमेर अली पर सम्म बाटो देखाएर लिएर हिड्यो । छेउमा नै समुन्द्रको भंगालो आएको रहेछ, हामी नेपालीहरुनै १२ जना जती थियौ । त्यहां २ वोटा डुङ्गामा त पाकिस्तानी र बङ्गलादेशी समेत गरेर ६० जना जती खादेर राखेको रहेछ । हामी सबैलाई हतार जतार गर्दै दुङ्गामा चडाइयो, शायद सुरक्षाको कारणले होला हामीलाई ठाडो सिर गरेर बस्न दीएको थिएनन । रातिको झन्डै १० बजी सकेको समय थियो । समुन्द्रको बिचमा त्यो डुङ्गा कतिको रफ्तारमा कुदी राखेको छ ? थाहा छैन तर मेघ गर्जन र हुरी बतास सहीत पानी परी रहेको थियो । अन्धकार निस्पट्ट छ, कतै टाढा बस्ती जस्तो लाग्छ बत्तिहरु बलेको देख्दा थाहा छैन हामी कता गइ राखेका छौ ।

                                 

                                    त्यो खुल्ला आकाश कालो बादलले मडारिएर ढाकेको छ । बेला बेलामा समुन्द्रको छालले हामीलाई छोपेर ल्याउदा पानी अनुहार भरी पर्थ्यो, त्यसै बेला देखी हो मैले समुन्द्रको पानी नुनिलो हुन्छ भनेर प्रत्यक्ष अनुभब गरेको । कर्कलाको पातमा अडिएको पानीको थोपा झै अनुभब गरेको छु मैले त्यती खेरको मेरो जिबन । कारीब १ घण्टाको जोखिमा यात्रापछि हामीलाई एउटा अनकन्टार जङ्गलको बिचमा लगेर सबैलाई दुङ्गाबाट झार्न थालयो, साथीहरुलाई यसो फर्केर हेरेको मात्र थिए, उनिहरुलाई त पछाडिबाट लात्ताले हान्दै झार्दै रहेछ, म पनि हतार हतार गर्दै झरे त्यो दुर्दशा ब्यहोर्नु नपरोस भनेर । एकजना दाई हुनुहुन्थ्यो पाँचथरतिरको दुङ्गाबाट हाम फाल्दा पानीमा डुब्नु भयो खोजेर निकाल्योउ तर सिसा वा ढुङ्गाले वहाँको खुट्टा काटेकोले वहाँ गम्भिर चोटग्रस्त हुनुभयो । शायद त्यो ढुङ्गा त्यहांबाट फर्क्यो होला त्यसपछी हामीलाई अरु नै मान्छेहरुले नियन्त्रणमा लिए । झन्डै रातको ११ बजिसकेको थियो, तिनिहरुसँग ओकेटोके, हातहतियार तथा टर्चलाइटहरु पनि थिए । हामीलाई थाहा थियन तिनिहरु को थिए ? तिनिहरुकै निर्देशनमा हामी हिंड्न थाल्यौ । लाग्थ्यो, उनिहरु चाँही गोठाला हुन, हामी चाँही दिनभरी चरनमा चरेर सांझ आफ्नो बासस्थान गोठमा फर्केको पशु । एउटा सानो गोरेटो थियो शायद गरीब मुलुकका मानबरुपी पशुहरुलाई तसकरी गर्ने मुल गौंडा थियो त्यो । बाटो बिरायर हिंड्ने मानबरुपी पशुहरुलाई गोठालाले शाही बाटोमा ल्याउन लाठि लगाएको आवाज पनि बेलाबेलामा सुनिन्थ्यो । भोको पेट थकित शरीर र मलिन अनुहार लियर झन्डै १ घण्टाको हिडाइ पछी हामी एउटा ठुलो ओडारमा पुगेर बस्यौ । कता कता गाडीको आवाज आउन थाल्यो, रातको ठीक १२ बजी सकेको थियो अब केही समयमा नै हामीलाई लिनको लागि गाडी आउछ भन्ने आशामा थोरै भय पनि मन हल्का भयो गाडी आउने भयो भनेर तर केही क्षण पछी नै हामीलाई जस्ले त्यहा सम्म लिएर आयो तिनिहरु मध्य १ जनाले “स्लिप-स्लिप” भनेर अर्डर दिन थाल्यो । हामी रणभुल्लमा पर्यौ, ओडारमा सुत्नु पर्ने त्यो पनि राती ? घरबाट हिंड्ने बेलामा एउटा सानो टावल लिएर गएको थिए त्यही टावल ओछ्याएर झोला सिरानी लाएर रातभरी सुत्यौ । निन्द्रा त कहाँ लाग्नुर ? जसो रात बितायौ । हामी कहाँ छौ केही थाहा थिएन । बेला बेलामा गाडीको आवाज आएको सुनी नै रहन्थ्यो, गाडी चल्ने ठाउँ पुग्नको लागि धेरै छैन भन्ने अनुमान चाँही गरेका थियौ । बिहान उज्यालो भयो, वरिपरि पानी पनि छैन,सबै साथीहरु थकित देखिन्थे मैले अघिनै घाइते हुनु भएको कुरो गरेनी पँचथरतिरको दाई भनेर वहाँ पनि दुनियाँ देश खाएर बाँकी रहेको शेषलाई मलसिया पुर्याउन हिंडेको मान्छे सुती राखेको ठाउबाट जुरुक्क उठेर पिसाब फेर्न थाल्नु भयो साथै आफ्नै पिसाबले आफ्नै मुख धुनु थाल्नु भयो मेरो लागि नौलो भए पनि वहाँको लागि यो नौलो रहेनछ सबै जना साथीहरु उस्लाई आश्चर्यको भाबले हेर्न थाले मलाई चाँही कतकता घिन लागि रहेको थियो । बिहानको १० बज्यो कोही पनि आउँदैन, जङ्गलमा नै यसो घुम्न निस्केको जङ्गलको बिचमा कसैले खेती गर्दो रहेछ, सानो कटेरो थियो शायद खेती गर्दा मान्छेहरु बस्ने गर्छ क्यर त्यहां । जे होस मान्छे आउने जाने गरेको ठाउँ नै रहेछ हामी पुगेको ठाउँ । केराको झाङ्हरु र अन्नबालिहरुमा शायद जुनेलोहरु होला देख्दात आफ्नै गाउंमा नै जस्तो लाग्यो । कारीब २ बजे तिर २,४ जना मान्छेहरु चामल र माछा लिएर आए । अघिल्लो दिनदेखिको भोको पेत साह्रै मिठो मानेर खायौ । टिनको डिब्बामा भरेको माछा खाएको पनि मेरो जिबनको पहिलो अनुभब थियो त्यो । म त्यसै त माछामासु सँगै सती जान सक्ने मान्छे थपी थपी खाएं खाना खाइ सके पछी त्यो ठाउंमा गाडी आउछ भनेर ढुक्क थियौ हामीहरु तर दिनको पाँच बजेतिर हामीलाई हिडाइयो, हिडाइयो हैन हामी कुद्न पनि थाल्यौ ।

                  हामी ६० जनाको लस्कर जङ्गलमा उकालो-ओरालो, खोला-नाला तर्दै कुदाइयो । उनिहरुले त्यो जङ्गलको बिचमा कस्ले कहाँ सम्म लाने भनेर समायोजन गरेको हुदो रहेछ । बिच जङ्गलमा आए पछी अर्को मान्छे भेट भयो शायद उ त्यहा बांदर कुरेर बसेको हुनुपर्छ या त्यो पनि मानब तस्करिको शेयरदार हो हाम्रो खोजी नितिको बिषय थियन त्यो समयमा । उसले पनि केही पैसा लिय पछी फेरी उसले त्यस ठाउँबाट फेरी गाइड गर्न थाल्यो । हामी करिब ५ बजे देखी कुद्न थालेको कारीब ७ बजे सम्म पनि कुदिनै राखेको थियौ । आकाशमा शायद बोर्डर सुरक्षा हेलीकोप्टरहरु तथा जहाजहरु उडी नै राखेको थियो । जब जहाज हाम्रो माथि भएर उड्थ्यो, हामीलाई गाइडले सानो झाडि वा रुखको पोथ्रामा लुक्न लगाउथ्यो । करिब ४ घण्टाको लगातार हिडाइ र कुदाइ पछी हामीलाई एउटा सिरुघारिमा लगेर लुकाएर राखियो त्यो सिरुको घांस २ मान्छे भन्दा पनि अग्लो रहेछ, हामी खरायो बसे जस्तै गरेर लुक्यौ किनकी सिकारीहरु आकाशमा सिकारको खोजिमा फन्को मारी नै रहेको थियो । करिब १ घण्टा लुके पछी हामी तिस जना जतिलाई एउटा मिनी टाटामा राखी माथिबाट बर्षादी ओडाएर प्रिथ्बी राजामार्ग भएर भित्रिने जिउदो ममचाकै हालमा हामी पनि मलेसिया भित्रिने तरखरमा थियौ । साह्रै कस्ट थियो, सास फेर्न एकदमै गाह्रो भाई रहेको थियो, टुक्रुक्क बसाइ, दाँयाबाया चल्न पनि नहुने, त्यो कस्टकर २ घण्टाको यात्रा पछी हामी एउटा सानो काठको घरमा पुग्यौ । एकजना आएर हामीलाई गन्न थाले, हामीले वन, टु, थ्री गर्दै गन्न थाल्यौ ।

 

म नम्बर नौ म परे खुशी पनि भए किनकी मेरो लक्की नम्बर पनि नौ नै हो सम्झे खाना भाग लाउनको लागि हामीलाई गनिएको हुनुपर्छ । भोको पेट र थकित शरीरअले भोजनको अपेक्षाका आँखाहरु यताउता दौडौदै थियौ, हामी थाहै नपाई भसक्कै निदाएछौ । बिहान उठ्दामात्र थाहा भयो हामी त खानाको लागि हैन कतै जङ्गलमा हरायौ, टुट्यौ, झर्यौ कि भनेर पो गनिएको रहेछ मेरो लक्की नम्बर नौ प्रती पनि आस्था टुट्यो । घरबाट बाहिर निक्लिएर हेरे, सानो बस्ती थियो, भर्खर घाम झुल्की रहेको थियो । अब मलेसिया पुग्न कती समय लाग्छ ? हामी कहां छौ ? केही थाहा थिएन । मन अझै पनि आती रहेको थियो । अघिल्लो दिनको कस्टकर यात्राको झझल्कोले मन सम्हालिन सकिरहेको थिएन,मन एठन परेझै भइ रहेको थियो । मन छटपटाइ रहेको रहेको थियो ।

              मेरो जिउ पुरै कामी रहेको थियो । मलाई हार गुहार गरेर चिच्याऊन मन लागि रहेको थियो । मैले आफुलाई सहाराबिहिन भैई रहेको पाएको थिएं । मलाई कसैको सहायताको जरुरत छ भन्ने कुराको अनुभब भैइ रहेको कुराको कल्पनामा डुबिरहेकै थिए अचानक बाहिरबाट कोठाको घन्टिको आवाज आउछ, झसँग भएर ढोका खोल्छु त भुवन जि पो आईरहनु भएको रहेछ । मनमा आनन्द आयो । हतार हतार कम्प्युटर सट डाउन गर्छु र भन्छु, भुवन जि ! नेपाल चौतारीको यस अंकमा मेरो पनि स्मरण लेख छ, छाप्न पर्छ है ! भुवन जि मुसुक्क हासेर भन्नु भयो “नसकिने भो, अब नकुरा गरौ ।”