काठमाडौं, मंसिर २ - ‘जब म -नेपालका) हिमाल र पहाड देख्छु, तिनले मलाई खुसी र प्रेरणा दिन्छन्,’ त्रिभुवन विमानस्थलमा सोमबार अवतरण गर्नुअघि प्राकृतिक सौर्न्दर्यले आफूलाई स्वागत गरेको सम्झ“दै भारतीय पर्ूवराष्ट्रपति एपीजे अब्दुल कलामले भने ।
तमिलनाडुमा जन्मेका ७७ वषर्ीय कलामले नेपाल आउ“दा बाल्यकाल याद आएको बताए । बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयले सोमबार सा“झ आयोजना गरेको ‘समाज परिवर्तनका आयाम’ मन्तव्यमा ‘मिसाइल म्यान’ भनेर चिनिने भारतका एघारौं राष्ट्रपति कलामले सन् २०१८ सम्ममा नेपाललाई विकसित देश बनाउन सकिने अवधारणा व्यक्त गरे ।
नेपालको विकासका लागि उनले पा“चवटा एकीकृत विकास योजना अघि सारेका छन् । तिनमा कृषि तथा खाद्यान्न प्रशोधन, शिक्षा र स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, तीन हजार गाविसका लागि ऊर्जा, यातायात र सञ्चार आदिमा पर्ूवाधार विकास र पर्यटन विस्तार छन् । यो दसवर्षो योजनाका लागि र्सार्वजनिक, निजी र प्राज्ञिक तीनै क्षेत्र जुट्नुपर्ने उनको सुझाव थियो ।
अन्तरिक्ष वैज्ञानिक कलामका ३ सय ८० अमेरिकी डलर प्रतिव्यक्ति आयलाई २ हजार डलर पुर्याउने, शतप्रतिशत साक्षरता, युवालाई रोजगारी, नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवालगायत लक्ष्य छन् ।
ती उद्देश्य पूरा गर्ने उपाय के त - ‘विङ्स अफ फायर’ आत्मकथाका लेखकले त्यो पनि सुझाएका छन् । उनका अनुसार जडीबुटी उत्पादन र औषधि निर्माण, सुगन्धित फूल उत्पादन, पर्यावरण पर्यटन, हिमाल आरोहण र स्वास्थ्य पर्यटन, ठूला जलविद्युत्, सफ्टवेर उद्योगलगायतबाट ती उद्देश्य हासिल हुन सक्छन् । नेपालका १ करोड ६० लाख युवा परिचालित गर्नुका साथै प्रत्येक नागरिकले योगदान गरे ती सपना पूरा हुने सन् २०२० -भिजन २०२० को रूपमा चर्चित) मा भारतलाई विकसित मुलुक बनाउने अभियानमा लागेका उनले भने ।
‘भारत मात्र होइन, छिमेकी पनि समृद्ध हुनर्ुपर्छ,’ याक एन्ड यती होटलको हलमा हा“सिरहेको आफ्नै तस्बिरमुनि उभिएर उनले भने । उनले नेपाल आउन पाएकामा खुसी व्यक्त गरे ।
घुम्रिएको तीलचामले कपाल भएका अविवाहित कलाम भारतमा स्वप्नजीवी मानिन्छन् जसले आप्mना विचारमार्फ युवाहरूमा प्रेरणा सञ्चार गराएका छन् । काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न आएका उनले सुख र शान्तिको खोजीलाई जीवनको उद्देश्य बनाएका छन् ।
यही खोजी अभियानअर्न्तर्गत काठमाडौंमा एक गुम्बाका भिक्षुस“गको भेटको प्रसंग सुनाउ“दै उनले शान्ति, सहृदयता र प्रस्ट विचार भयो भने मानवजाति र विश्वको उन्नति हुने बताए ।
Filed under: समाचार सन्दर्भ | No Comments »










