हासैाँ

आदरणीय पाठक वर्ग, हाँस्नु स्वास्थ्यका लागि निकै लाभप्रद मानिन्छ । भनिन्छ, मान्छेहरु चाँडै दुःखी हुने गर्दछन् तर हाँस्न वा खुसी हुन सजिलो छैन । त्यसमाथि पनि मनैदेखिको हाँसो त गाह्रै छ । त्यसैले सँधैको तनाव, व्यस्तताका बीचको केही समयलाई मनोविनोदपूर्ण बनाउने उद्देश्यले रोचक ठट्यौली, चुट्किला र हाँस्यव्यंग्य हरु प्रस्तुत गर्ने गरेका छौ ।

 

दुईजना घनिष्ट साथिहरु एक आपसमा गफमार्दै थिय,त्यसमध्ये पहिलो हर्के ले दोस्रो कर्केलाई भन्यो|
हर्के-:हिजोमैले चारवता कमिलालाई मारे,जसमध्य दुईवटा केटा र दुईवटा केटी थिय|
कर्के-:तिमीलाई कसरिथाहा भयो केटा र केटी भनेर?
हर्के-:ल यति पनि थाहा छैन |सुन त्यसमध्ये २वटा दाह्रिकाटने र २वटा चाहि लिपिस्टिक लगाउने कार्यमा ब्यस्त थिय,क्या|हा~~~~~|हा~~~~~~|

 

खचाखच भरिएको एउटा साझाबस काठमाडौंबाट धुलिखेल हुइँकिँदै थियो । बीच बाटोमा एकजना महिला पनि धुलिखेल जान उक्त बस चढिन् । बसमा सवार मानिसहरु अलि अभद्र भै हल्ला गरिरहेको देखेर महिला यात्रुले भनिन् ।
महिला यात्रुः हैन, यो सार्वजनिक बस हो कि जङ्गली जनावरहरुको चिडियाखाना ?महिला रिसाएको थाहा पाएर एक यात्रु पछाडिबाटैः ठीक भन्नुभयो, यो जङ्गली जनावरहरुकै चिडियाखाना हो । एक बाँदर्नीको कमी थियो, तपाई चढेपछि पूरा भयो ।

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ
=अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री
 
 
 

 

=अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको

(के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै)

हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री

=अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।  

 

एउटा बच्‍चा भखर्र साईकल सिक्‍दै थियो , सिक्‍दै जाँदा खुट्‍टा छोडेर आमालाई देखाउदै : आमा !आमा मेरो खुट्‍टा छैन्‌।( मतलब खुट्‍टा छोडेर चलाएको)फेरी एक छिन पछि हात छोडेर: आमा !आमा मेरो हात छैन्‌ ।अनि फेरी अलि टाढा गएर साईकल बाट लड्‌छ अनि भन्‍छ: आमा ! आमा मेरो दाँत छैन्‌ ।
 

 डाक्टर ः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …
रोगी ः किन डाक्टरसाप -
डाक्टर ः हातमा लाउने पञ्जा भित्रै छुटेछ …
रोगी ः कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
 

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारंीलाई भन्छ

,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,

अधिकारंी ः ,, ल त्यसो भए बाजी ठ ोकौं पाच पाच हजार । ,,

०००

बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -

पाहुना ः किन र बाबु -

बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो …

०००

 

बुवा ः आजको त्रि्रो परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -

छोरा ः मेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ ः जब म उहाँको प्रश्नको जवाफ दिंदै जान्छु, उहाँ हरेक चोटि आकाशतिर

फर्केर ,,हरै शिव, हरे शिव…,, उच्चारण गर्नुहुन्थ्यो ।

०००

 

न्यायाधीश ः भगवान्को कसम खाएर सत्य कुरा मात्र बोल ः तिमीलै अपराध गरयौ कि गरेनौ -

अभियुक्त ः त्यो पत्ता लगायने काम तपाईंको हो । त्यसैको लागि त तपाईंलाई तलब दिइन्छ ।

०००

 

अक्कले ः प्रधानबाजे कुन कारणले बित्नु भएछ -

किस्नप्रसाद ः निधारमा साँपको ठुँगाइले ।

अक्कले ः हो त, ओहो … कस्तो आँखैमा परेनछ ।

०००

 

प्रेमी ः तिमीसंग परिचय गरेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …

प्रेमिका ः हामी बीचको प्रेमले सबै कुरो बिर्सर्ाादयो -

प्रेमी ः प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

०००

 

,,बिहेको औंठी लगाउने आइमाईलाई विवाहित भनेर चिन्नर्ुपर्छ ।,,

,,सामान्य औंठी लायो भने नि -,,

,,त्यस्को कुनै मतलब हुँदैन …,,

,,यदि बिहेको र सामान्य दुवै थरीको औंठी लगाई भने नि -,,

,, विवाहित हो तर त्यसको कुनै मतलब हुँदैन ।,,

 

 

 

 

एउटा सिकारी जंगलमा शिकार खेल्न
गयो । उसको जम्काभेट एक्कासी एउटा

बाघसँग भयो । सिकारीले बाघतिर

बन्दुकसोझ्यायो ।

बाघः ए सिकारी किन बन्दुक
ताकेको ? ऊ त्यहाँ सिकार गर्न मनाही

छ भनेर लेखेको छ पढिनस् ।

सिकारी: (सूचना पढिसकेपछि) ए
सरी मैले त सूचना देखेकैं थिइन
सिकारी अगाडि बढ्यो । तर बाघ

पछाडीबाट गर्जिन थाल्यो ।

बाघः पख मनुवा, अब म तिम्रो
सिकार गर्छु ।

सिकारीः तिमीले यहाँ अघि सिकार
गर्न मनाही छ भनेको होइन

?
बाघः तिमी पो पढेलेखेको छौं र
सूचना बुझ्छौं, मैंले त पढेकै छैन ।

मैंले सिकार गर्दा केहि फरक पदैंन
 
 
 
 

 

दीपक र राजु कुरा गर्दै दीपकः राजु मेरो बाबा त यस्तो चीसो ठाउँमा बस्नु हुन्छ कि त्यहाँको पानी सधैं जमेको हुन्छ। राजुः मेरो बाबा त त्यो भन्दा पनि चीसो ठाउँमा बस्नु हुन्छ। वहाँ बसेको ठाउँमा त हावा पानी मात्र हैन बोलेको बोली पनि जमेर अर्को मानिसले सुन्न सक्दैन रे। दीपकः त्यसोभए गफ चैं कसरी गर्ने त? राजुः सबैजना वरिपरी बसेर बीचमा स्टोभ बाल्ने अनि कराई बसालेर गफ गर्न थाल्ने।

 

दुईजना प्रेमीहरुले आत्मा हत्या गर्ने सल्लाह गरेछन् । पहिले केटा हाम फालेछ, केटीले आँखा बन्द गरेर भनेछ, ऐ फर्क प्रेम अन्धो हुन्छ, केटाले प्यारासुट खोलेर हावामा उड्दै भनेछ, प्रेम कहिल्यै मर्दैन…।

 

एक केटीलाई प्रेम प्रस्ताव राखेछ…

केटीले भनेछ:  म त तिमी भन्दा एक वर्ष जेठी छु ।

केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु । 

 

 

 

 

  

 

स्कुलमा शिक्षकले हरिलाई सोधेछ…

शिक्षक: तिम्रो बुबा कति वर्षको हुनु भयो?

हरि : सर, म जति वर्षको भएँ त्यत्ति नै मेरो बाबा पनि त्यत्तिनै वर्षको हुनुभयो ।

शिक्षक: यो कसरी संभव हुन्छ ?

हरि : सर, उहाँ बुबा हुनुभएको म जन्मे पछि त हो नि ।